होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२८ पुस, काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका एकजना प्राध्यापक पक्राउ परेका छन् । आरआर क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य पक्राउ परेका हुन् । आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौन हिँसा गरेको आरोपमा प्रहरीले उनलाई कलेजबाटै सोमबार पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी […]
मदन वि.क./बाजुरा २८ पुस । बाजुराको बडीमालिका नगरपालिकाले आठौं नगर सभा तथा हिउँदे अधिवेशनको अवसरमा विभिन्न तहबाट नगरपालिकालाई सहयोग गर्ने विभिन्न साझेदार तथा सहयोगी नियकालाई सम्मान सहित प्रसंशा पत्र प्रदान गरेको छ । सोमबारबाट सूरु भएको नगरपालिकाको आठौं नगरसभा तथा हिउँदे अधिवेशनको अवसरमा बडीमालिका नगरपालिकालाई कोभिड-१९ को व्यवस्थापन, बाढी पहिरोबाट प्रभावितलाई सहयोग तथा अन्य विकासका […]
२८ पुस, कैलाली । पुस १७ गते नेकपा दाहाल-नेपाल समूहले नेकपा ओली पक्षका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा र कैलाली जिल्ला अध्यक्ष रतन थापालाई कारबाहीको लागि सिफारिस गरेको थियो । दाहाल-नेपाल समूहले आयोजना गरेको प्रदेश कमिटीको चौथो बैठकले दुवैजनालाई कारबाही गर्न सिफारिस गरेको हो । उक्त बैठकमा साबिकका इन्चार्ज भीम रावल सहभागी थिए । […]
काठमाडौँ — चौतर्फी अविश्वासबीच कांग्रेस सभापति शेरबहादुर देउवा आगामी वैशाखमै प्रतिनिधिसभा निर्वाचन हुनेमा विश्वस्त छन् । ‘सर्वोच्च अदालतभन्दा जनता ठूलो अदालत हो’ भन्दै उनले पार्टीलाई निर्वाचनको पक्षमा रहेको सन्देश ‘जबर्जस्ती’ दिन खोजेका छन् । पार्टीभित्रै शीर्षस्थ नेताहरूले वैशाखमा निर्वाचन हुने देउवाको भनाइ पत्याइरहेका छैनन् । प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुवै नहुने तर्क गर्दै त्यसपछि उत्पन्न हुने जटिल राजनीतिक […]
कोभिड–१९ को खोप कोभिसिल्डको पहिलो खेप भारतको राजधानी नयाँ दिल्ली पुगेको छ । एयरइन्डिया, इन्डिगोसहित ९ एयरलाइनसबाट ५६.५ लाख डोज देशको अलग–अलग हिस्सामा पुणेको सीरम इन्सटिटयूटबाट पठाउने काम भइरहेको छ । केन्द्रीय नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले आज दिल्लीसहति चेन्नई, कोलकाता, गुवाहाटी, शिलोङ, अहमदाबाद, हैदराबाद, विजयवाडा, भुवनेश्वर, पटना, बैंग्लुरु लखनऊ र चन्डीगढमा खोप पुग्नेछ […]
दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु भएको छ । यही पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको बाघको सोमबार उपचारका क्रममा मृत्यु भएको हो । डिभिजन वन कार्यालयमा भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्रका चिकित्सकको सहयोगमा उपचार भइरहेको बाघको मृत्यु भएको सवडिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेश भुजेलले जानकारी दिनुभयो […]
२८ पुस, काठमाडौं । दार्चुलामा भूकम्प गएको छ । आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ । बिहान ९ : ४८ बजे गएको भूकम्प ४.२ रेक्टरस्केल मापन गरिएको छ ।
२८ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ लाई नेपाल र भारतको विचमा रहेका सबै समस्याहरु हल भएको वर्षको रुपमा घोषणा गरिने बताएका छन् । भारतीय टेलिभिजन जी न्यूजलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले चीनसँग सीमा सम्बन्धी कुनै पनि विवाद नरहेको र भारतसँग भने सानो समस्या रहेको र सन् २०२१ मा त्यो पनि समाधान […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कामचलाउ प्रधानमन्त्री नभएको बताउनुभएको छ । भारतीय मिडियामा सोमबार प्रसारित अन्तर्वार्तामा उहाँले आफू कामचलाउ नभएर पूर्ण प्रधानमन्त्री भएको बताउनुभयो । ‘नेपालको संविधानमा काम चलाउ प्रधानमन्त्री हुने भन्ने नै छैन,’ ओलीले पाल्की शर्मालाई दिएको अन्तर्वार्तामा भन्नुभएको छ । आफू प्रधानमन्त्री नै भएको उहाँको दाबी छ । पाल्की शर्माले चाहिँ […]
नागरिक रैबार बाजुरा २८ पुस। जिल्लाकाे सदरमुकाम मार्तडीबाट तिपाडा जादै गरेकाे ट्याक्टर दुर्घटनामा परि एक जनाकाे मृत्युु भएकाे छ । मृत्यु हुनेमा स्वामिकार्तिक गाउँपालिका ४ का धननाथ याेगि रहेका छन् । मार्तडीबाट तिपाडा जाँदै गरेकाे नम्बर बिहिन ट्याक्टर साेमबार साँझ चाैराटी खेत नजिक दुर्घटना भएकाे थियाे । ट्याक्टर दुर्घटनामा परेर घाईते भएका ट्याक्टर मालिक समेत […]
नागरिक रैबार/बाजुरा २७ पुस। जिल्लाको बडीमालिका नगरपालिकाको आठौं नगरसभा तथा हिउँदे अधिवेशन आज सम्पन्न भएको छ । “समृद्ध नगर, खुसी नगरबासी” भन्ने मुल नाराका साथ सुरु भएको नगरपालिकाको आठौं नगर सभा सोमबार एक औपचारिक कार्यक्रमका विच सम्पन्न भएको हो । नगरपालिकाले सातौँ नगरसभा पश्चात कार्यपालिकाको बैठकबाट स्वीकृत गरेका कार्यविधिहरु पारित गर्दै आठौँ नगर सभा सम्पन्न […]
सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार मन्त्री रावललाई पिसिआर जिन एक्सपर्ट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.डम्बर खड्काले जानकारी दिए । “कोरोना पुष्टि भएपछि मन्त्री रावलको स्वास्थ्य अवस्था विशेषज्ञ चिकित्सकबाट जाँच गराइएको थियो”, उनले भने, “चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव समूह) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोगले प्रचण्ड–माधव पक्षलाई पठाएको पत्र बारे स्पष्ट पार्न उनीहरु निर्वाचन आयोग पुगेको बताइएको छ । संसद पुनःस्थापनाको विषयमा सर्वोच्च अदलतमा मुद्दा विचाराधिन रहेका छन् तर निर्वाचन आयोग चुनावको तयारी गरिहेको सन्दर्भमा पनि उनीहरुले […]
पाँचथरको कुम्मायक गाउँपालिकामा आइतबार भएको आगलागीबाट दुई घर जलेर नष्ट हुँदा रु ७० लाखको क्षति भएको छ । कुम्मायक–१ ओखलढुङ्गा बस्ने तेजबहादुर थापाको गोठबाट अचानक आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीबाट थापाको ढुङ्गा माटोले बनेको फुसको छानो भएको तीनतले घर, ढुङ्गा माटोले बनेको फुसको छानो भएको […]
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) अहिले तनावग्रस्त बनेको छ । प्रहरी र विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी घाइते भएपछि नेविसंघले विभिन्न मागसहित आन्दोलन गरिरहेको छ । परीक्षाका विषयमा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह र विद्यार्थी प्रतिनिधिबीचको छलफलका क्रममा विवाद हुँदा आईतबार साँंझ स्थिति तनावग्रूत बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा स्ववियु […]
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते हठात् प्रतिनिधिसभा विघटन गरेपछि ओली समूहबाहेक सिंगो देश सो कदमको विपक्षमा उभिएको छ। मुलुकका प्रमुख राजनीतिक दलहरू, नागरिक समाज, पूर्वप्रधानन्यायधीशहरू, नागरिक अगुवा, कानुन व्यवसायी, जनजाति अगुवासहित मुलुकका सबैजसो पेसाव्यवसायका नागरिक संसद् विघटनको विपक्षमा उभिएका हुन्। ओलीले संसद् विघटन गरेपछि उनकै अध्यक्षतामा रहेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै […]
धनुषा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई सङ्कटमा धकेलेको आरोप लगाएका छन् । जनकपुरधाममा नेकपा दाहाल–नेपाल समूहले आज आयोजना गरेको नेता–कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट देश र समाजको परिवर्तन सम्भव नभएको विचार राखे । उनले भने, “बहुमत हाम्रो पक्षमा रहेको छ” अध्यक्ष […]
२६ पुस, सुर्खेत । सुर्खेतमा एक दृष्टिविहीन शिक्षकले आमरण अनशन थालेका छन् । घरपायक सरुवाको माग गर्दै गुर्भाकोट नगरपालिका–९, बोटेचौर घरभई हाल गुर्भाकोट–११, स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत शिक्षक उत्तम विकले आइतबारदेखि नगरशिक्षा शाखा अगाडि आमरणअनशन थालेका हुन् । हाल कार्यरत स्कूल घरदेखि चार घण्टाको दुरीमा रहेको र विद्यालय आउजाउमा समस्या भएपछि उनले घरपायक […]
२६ पुस, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरिएको बिरोधमा धनगढीमा बयलगाडासहित जुलुस निकालिएको छ । ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेको र देशमा अस्थिरता निम्ताएको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहको अनेरास्ववियू जिल्ला कमिटी कैलालीले प्रदर्शन गरेको हो । धनगढीको क्याम्पस चोकदेखि पार्क मोडसम्म बयलगाडा जुलुस निकालिएको थियो । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री ओलीविरुद्ध […]
२६ पुस, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले प्रतिगमनकारी सरकारमा रहेका मन्त्री र प्रधानमन्त्रीलाई बहिस्कार गर्नुपर्ने बताएकी छन् । अखिलको जिल्लास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनलाई सशक्त बनाउन मन्त्री र प्रधानमन्त्रीलाई बहिस्कार गर्नुपर्ने बताएकी हुन् । पार्टी विभानजनपछि पनि चुनाव चिह्नको विषयमा विवाद गर्दै बसेको बताउँदै उनले नेताहरुको आलोचना गरिन् । ‘तपाईंलाई […]