होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २६ पुस। नेकपा बाजुराको आज हुने जनसभामा नेकपाका कार्यकर्ताले चलाएकोे मोटरसाईकलले ठक्कर दिदा बडीमालिका नगरपालिका ८ कि एक जना महिला घाईते भएकि छन् । आईतबार दिउसो साढे १२ बजेतिर दुनिहाटबजारमा नेकपा ओली समर्थकका कार्यकर्ताले चलाएको से १ प ९५९८ नम्बरको मोटर साईकलले ठक्कर दिदा बडीमालिका नगरपालिका ८ कि लियुटी थापा घाईते भएकि हुन् […]
२६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रधानमन्त्रीले सभामा सम्बोधन गर्ने तय भएको पुष्टि गरेका छन् । उनले दिउँसो १ बजे सम्बोधन गर्ने छन् । आजको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उल्लेख गरिएको छैन । तर, प्रधानमन्त्री […]
काठमाडौँ — दुई छिमेकी देश भारत र चीनमा उत्पादन भएका कोभिड–१९ विरुद्धका खोप नेपालमा छिटो ल्याउन सकिने सुझाव विज्ञले दिएका छन् । चीनको खोपले अन्तर्राष्ट्रियस्तरमा अन्तिम मान्यता पाइनसकेकाले भारतमा बनेका खोपको भर पर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ । ‘कोभिडविरुद्धको खोपका लागि हामीले भरोसा गर्ने एउटै सम्भावना भारतसँग छ,’ वरिष्ठ जनस्वास्थ्यविद् डा.शरद वन्तले भने, ‘सही तरिकाले प्रयास […]
निःशुल्करूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न रु ४० पर्ने गरेको छ । जिल्लाको मध्यक्षेत्र सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखामा नमूना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी गर्न महङ्गो मूल्य तिर्नुपरेको गुनासो आएको हो । बैंकमा खाता सञ्चालनका लागि निःशुल्क उपलब्ध हुनुपर्ने नमूना दस्तखत कार्डको फोटोकपीबाट काम […]
म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनीयरिङको पठनपाठन शुरु भएको छ । शिक्षा विभागले शैक्षिकसत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा व्यावसायिक धारतर्फको इलेक्ट्रिकल इञ्जिनीयरिङ विषयमा पठनपाठन सञ्चालनको अनुमति दिएको थियो । दुर्गम क्षेत्रका विद्यार्थीले पनि गाउँमै प्राविधिक शिक्षा हासिल गर्ने अवसर पाएका छन् । गाउँमै बसेर कक्षा ९ देखि इलेक्ट्रिकल इञ्जिनीयरिङ विषय […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा चार पूर्वप्रधानन्यायाधीशहरूमाथि चर्को रोष व्यक्त गरे । देशव्यापी दौडाहाका साथ कार्यकर्ता भेलालाई सम्बोधन गरिरहेका उनको शनिबारको आक्रोश पूर्वप्रधानन्यायाधीशहरूमाथि केन्द्रित भयो । युवा संघको भेलामा उनले ‘एकपटक अदालतमा जागिर खाएको भरमा बाहिर आएर जथाभावी बोल्न नहुने’ भनी टिप्पणी गरे । ‘पोहोर, परार जागिर खाएको थिएँ र अहिले पनि […]
काठमाडौँ — अदालतमा विचाराधीन मुद्दामा बोल्न नहुने भनेर प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा बोल्ने पार्टीका नेताहरूलाई सचेत गराउँदै आएका कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनको पक्षमा अभिव्यक्ति दिएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शनिबार काठमाडौंको नारायणथानमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै । तस्बिरः रासस अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सदर गरेमा सबै राजनीतिक दलले भाग लिने […]
२६ पुस,काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको किताब उपहार पठाएका छन् । प्रतिनिधिसभा विघटन संविधानसम्मत रहेको जिकिर गर्दै ओलीले संविधान पढ्न सुझाव दिएपछि जवाफमा शर्माले संविधानको किताब उपहार पठाएका हुन् । प्रवक्ता शर्माले संविधानसँगै भोकका कारण मृत्यु भएका सूर्यबहादुर तामाङ, आइसोलेसनमा उपचार नपाएर मृत्यु भएका राजु सदा र […]
२६ पुस २०७७ काठमाडौं । कोरियाली कम्पनीले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायल नेपालमा पनि गरिने भएको छ । इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई) कोरियाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप नेपालका शिक्षण अस्पताल महाराजगञ्ज र धुलिखेल अस्पतालमामा क्लिनिकल ट्रायल गर्ने तयारी गरिएको हो । हिमालय टेलिभिजनका अनुसार खोप ट्रायल गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को […]
धनगढीः धनगढीबाट छुटेको ट्रक डडेल्धुरामा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। धनगढीबाट अछामका लागि हिँडेको ना ६ ख ३८१७ नम्बरको ट्रक डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारीमा दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले चालक अन्दाजी ३५ वर्षीय ओमप्रकाश पन्तको मृत्यु भएको बताए।यस्तै ट्रकका सहचालक १८ वर्षीय मदन साउँद घाइते भएका […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी दिएको छ ।महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार आज देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली रहेको छैन।यसैगरी, महाशाखाले हाल देशका केहि भूभागमा आंशिक बदली रहेको र बाँकी भूभाग सामान्यतयाः सफा रहेको जनाएको छ । आइतबार दिउँसोः प्रदेश १ र प्रदेश २ मा […]
धनगढीः कैलालीको धनगढीमा जनता समाजवादी पार्टी नेपालले सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ। निरंकुश प्रधानमन्त्री मुर्दावाद, संवैधानिक मूल्य मान्यताको रक्षा गर, टीकापुर राजबन्दीहरुको रिहाइ गर भन्दै शनिबार धनगढीमा विरोध प्रदर्शन गरेको हो।
२४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलले पूर्वमाओवादी नेताहरुलाई ‘हेग’ पुर्याउने धम्की नदिन चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित अछाम–काठमाडौं सम्पर्क मञ्चको भेलामा नेता रावलले द्वन्द्वकालीन विषय उछालेर कार्यकर्ताको भावना भड्काउने दुस्प्रयत्न नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे । ‘तत्कालीन माओवादीमा काम गर्ने सबै योद्धा साथीहरुलाई हेगमा पुर्याउनुपर्छ भन्ने लाग्या […]
२४ पुस, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेममा विभाजित भएपछि राजधानी बाहिर पहिलो कार्यक्रमका रुपमा धनगढीलाई रोजे । नेकपा ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको आमसभामा सहभागी धनगढी पुगेका उनले करिब ४५ मिनेट सम्बोधन गरे । सुदूरपश्चिमको दुःख पीडाबारे मलाई थाहा छ भन्दै सम्बोधन सुरु गरेका उनले विकास […]
२४ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाउँदा पक्राउ परेकाहरूलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएको भन्दै प्रहरीले पक्राउ गरेका सात युवा रिहा गर्नुपर्ने उनको माग छ […]
२४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलको प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिएका छन् । शुक्रबार धनगढी पुगेका ओलीले प्रचण्ड माधव समूहका नेताहरुलाई भगौडाको संज्ञा दिएका थिए । त्यसको केही घण्टापछि काठमाडौंमा आयोजित कार्यक्रममा रावलले त्यसको जवाफ दिए । अछाम काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै रावलले भने, […]
नागरिक रैबार/बाजुरा २४ पुस। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम शुक्रबार मार्तडीमा सम्पन्न भएको छ । संघको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम पश्चात बसेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको प्रथम भेलाले बाजुराका ९ वटै पालिकामा युवा संघका पालिका स्तरीय इन्चार्ज समेत तोकेर जिम्मेवारी […]
नागरिक रैबार/बाजुरा २४ पुस। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम सकिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका विच राष्ट्रिय युवा संघ नेपाल बाजुराले जिल्ला कमिटीका सदस्यहरुको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम सकेको हो । युवा संघमा आवद्ध जिल्ला कमिटीका सदस्यहरुलाई युवा संघ नेपालका केन्द्रिय सदस्य […]
२४ पुस, काठमाडौं । नेकपा ओली समूहका नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले केपी ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दाबी गरेका छन् शुक्रबार काठमाडौंमा आयोजित नेकपा ओली समूहको काठमाडौं जिल्ला कमिटीद्धारा आयोजित जनप्रतिनिधि भेलामा बोल्दै नेता पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दाबी गरेका हुन् । सूर्य चिन्ह कसको […]