शनिबार, माघ १०, २०७७
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावललाई कोरोना सङ्क्रमण
स्वास्थ्य-जीवनशैली

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावललाई कोरोना सङ्क्रमण

  • नागरिक रैबार
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावललाई कोरोना सङ्क्रमण

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार मन्त्री रावललाई पिसिआर जिन एक्सपर्ट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.डम्बर खड्काले जानकारी दिए ।

“कोरोना पुष्टि भएपछि मन्त्री रावलको स्वास्थ्य अवस्था विशेषज्ञ चिकित्सकबाट जाँच गराइएको थियो”, उनले भने, “चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि मन्त्री रावललाई काठमाडौँ पठाइएको छ ।” कर्णाली प्रदेश अस्पताल सुर्खेतले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री रावलको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार