होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेताहरु बोल्छन्, पत्रकारहरुले सुन्छन् । नेताहरुले सुनाउँछन्, पत्रकारहरुले सुनिदिन्छन् । नेताले बोलेका र सुनाएका कुराबाट मुलुकको राष्ट्रिय राजनीतिका गतिविधिहरु, त्यसका दशा र दिशाहरुबारे जानकारीहरु प्राप्त हुने गर्छन् । नेताले बोलेका, सुनाएका कुराहरु पत्रकारका लागि खबर, समाचार र विश्लेषणका विषयवस्तुहरु बन्ने गर्छन् र ती प्रचार प्रसार हुन्छन् । आम प्रचलन यही हो l तर, कहिलेकाहीँ यस्तो […]
काठमाडौं । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शासन गर्ने वैधानिकता सकिएको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित प्रतिनिधिसभा विघटन र संवैधानिक अन्योल विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शासन गर्ने वैधानिकता र वैधता सकिएको बताएका हुन् । नेकपाले निर्वाचनबाट प्राप्त जनादेश गुमाएको उनको भनाई छ । जनादेश […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (दाहाल–नेपाल) पक्षका नेता भीम रावलले यो मुलुक कसैको कम्पनी नभएको बताएका छन् । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा बुधबार आयोजित कार्यक्रममा बोल्दै नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओली नक्कली राष्ट्रवादको मुकुन्डो भिरेर जनतालाई भ्रममा पार्न व्यस्त रहेको आरोप लगाए । सुदूरपश्चिम प्रदेशको बोलन्या थलीबाट आफ्ना धारणा राख्दै रावलले हरेक समयमा […]
काठमाडौं: प्रहरीले आफ्ने नवजात शिशुलाई फाल्ने एक आमालाई पक्राउ गरेको छ। बुधबार काठमाडौंको महाराजगञ्जस्थित पवित्रनगरस्थित झाडीमा शिशु फाल्ने २० वर्षीया महिलालाई पक्राउ गरेको हो। महाराजगञ्ज क्षेत्रमा डेरागरी बस्ने ती अविवाहित महिला र शिशुको अहिले कान्तिबाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
धनगढी: नेकपा(प्रचण्ड–नेपाल) समूह सुदूरपश्चिमका इन्जार्च भीम रावलले अब देशको प्रधानमन्त्री केपी शर्मा ओली नरहेको बताएका छन्। बुधबार धनगढीमा बोलन्या थलीको कार्यालयमा आयोजित कार्यक्रमा उनले प्रधानमन्त्री ओली आफैले प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री पदमा बस्नु संविधान विपरित भएको टिप्पणी गरेका हुन। ‘नेपालको संविधान अनुसार प्रधानमन्त्रीको मृत्यु भएमा, राजीनामा दिएमा, अविश्वासको प्रस्ताव पारित भएमा र प्रतिनिधि सभाको […]
काठमाडौँ- नेपाली सेनामा सेवा प्रवेश गरेको १६ वर्षमा नै पेन्सन हुने व्यवस्था फेरि कायम गरिएको छ ।यसअघि १६ वर्षमा नै पेन्सन पाइने व्यवस्थालाई २० वर्ष बनाइएकोमा फेरि १६ वर्षमा नै झारिएको हो । यो व्यवस्था कार्यान्वयनमा आएसँगै अब फलोअर्स र सिपाहीको पेन्सन, सेवा प्रवेश गरेको १६ वर्षमा नै हुने भएको छ।नेपाली सेनाले सैनिक सेवा नियमावली […]
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ । शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त एपमा बुधबार मध्यान्ह तीन लाख ११ हजार १५३ जना प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म २७ प्रतिशतको […]
७ माघ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संसद विघटनका विषयमा दलहरुले गरिरहेका गतिविधिबाट अदालत प्रभावित नहुने बताएका छन् । संसद विघटनविरुद्धको मुद्दामा बुधबारको सुनुवाइमा रिट निवेदकले उठाएको प्रश्नमा प्रधानन्यायाधीश जबराले बाहिरको कुराले आफूहरु प्रभावित नहुने बताएका हुन् । रिट निवेदक कन्चन कृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा संसद पुनर्स्थापना हुँदैन भनिरहेको बताए । […]
एजेन्सी । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको […]
७ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकासलाई सहजीकरण गर्न जनताको अदालतमा जाने बताएका छन् । पेरिसडाँडामा आयोजित आदिवासी जनजाति महासंघ नेपालको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संविधानको मूल मर्म विपरीत संसद विघटन भएकाले जनअदालतमा जाने बताए । ‘जनताको अदालतमा गएर संवैधानिक निकायहरुलाई सहजीकरण गर्नुपर्ने अवस्थामा आइपुगेका छौं । यो दुर्भाग्यपूर्ण […]
विराटनगर — प्रदेश १ को प्रदेशसभाको बुधबार सुरु भएको हिउँदे तथा सातौं अधिवेशन २ मिनेट बसेर अनिश्चितकालका लागि स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारीले बैठक आह्वानका लागि पठाएको पत्र सुनाएलगत्तै प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । दिउँसो २ बजे ११ मिनेटमा सुरु भएको बैठक सभामुख भण्डारीले पत्र सुनाएर […]
काठमाण्डाै – नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (निवृत्तिभरण) सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ । पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको सङ्ख्या ह्वात्तै बढदै गएपछि सैनिक मुख्यालयको पटक–पटकको अनुरोधमा सरकारले सैनिक सेवा नियमावली, २०६९ तेस्रो संंशोधन अघि बढाएको हो । रक्षा मन्त्रालयको उक्त प्रस्ताव अहिले मन्त्रिपरिषद्मा पुगेको […]
काठमाण्डाै – भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप (बिहीबार) भोलि नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ह्रदयेश त्रिपाठीले भारत सरकारले उपलब्ध गराएको १० लाख डोज खोप भोलि नेपाल आइपुग्ने जानकारी दिनुभएको हो । कार्यक्रममा मन्त्री त्रिपाठीले खोप कार्यक्रमका लागि कानुनी, प्रशासनिक र […]
स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले मङ्गलबार हुन लागेको बालविवाह रोकेको छ । बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए । रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ की १५ वर्षीया बालिका, उनकी ४५ वर्षीया आमा, सोही […]
काठमाडौं । फेसबुकको म्यासेन्जरमार्फत महिला साथीलाई अश्लील भिडियो, फोटो तथा सन्देशहरु पठाएर यौन उत्पीडन गरेको आरोपमा एक युवकलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । २० वर्षीय महिला साथीलाई म्यासेन्जरमार्फत त्यस्ता भिडियो, फोटो र सन्देशहरु पठाएर यौन उत्पीडन गर्नुका साथै हैरानी दिएको आरोपमा सल्यानको साविक कलागाउँ गाविस–२ घर भई हाल कुमख गाउँपालिका–४ बस्ने ३६ वर्षीय […]
जनता समाजवादी पार्टी नेपालले संसद् विघटनको विरुद्धमा आज सबै जिल्लाको सदरमुकाममा विरोधका कार्यक्रम आयोजना गरेको छ । संसद विघटन विरुद्धको दोस्रोचरणको आन्दोलन अन्तर्गत आज अन्तिम दिन जिल्लाका सदरमुकाम तथा मुख्य शहरमा विरोधसभा सम्पन्न गरेर थप कार्यक्रमबारेमा पार्टीले आवश्यक निर्णय लिने जसपा नेपालका नेता डा.सुरेन्द्र झाले बताए । पार्टीका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र […]
७ माघ, काठमाडौं । कोरोना संक्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान ३५ जना पत्रकारहरूलाई प्रदान गरिने भएको छ । अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीको साझा संस्था एनआरएनए अष्ट्रेलियाको सहयोग एवम् नेपाल पत्रकार महासंघसँगको सहकार्यमा लेखनवृत्ति पत्रकार सम्मान प्रदान गर्न लागिएको हो । महासंघका अनुसार उनीहरुलाई नगद १० हजार र सम्मानपत्रसहित सम्मान गरिने छ । यी हुन् सम्मानित […]
धनगढीः नेकपा प्रचण्ड-नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज एवंम् स्थायी कमिटि सदस्य डा.भीम रावल धनगढी पुगेका छन। नेकपा विभाजनपछि रावल दोस्रो पटक मंगलबार गृह प्रदेशको अस्थायी राजधानी धनगढी पुगेका हुन्। मुख्यमन्त्री त्रिलोचन भट्टले रिक्त रहेका मन्त्रालयमा मन्त्री नियुक्ती गर्ने तथा प्रदेश सरकार विस्तार एवंम् पुनर्गठनको गृहकार्य गरिररहेका बेला रावल धनगढी पुग्नलाइ अर्थपूर्ण तरिकाले हेरिएको छ। रावलसँगै […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका ३ जना मन्त्रीलाई हटाएर राज्यमन्त्रीसहित ७ जना नयाँ मन्त्री थप्नेगरि नेकपा प्रचण्ड–नेपाल समूहले गृह कार्य अगाडि बढाएको चर्चा चलेको छ। सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने तयारी मुख्यमन्त्रीले थालेको चर्चा […]
नागरिक रैबार/ बाजुुुुरा ७ माघ। गौमुल गाउँपालिकाले ओखर र स्याउको क्षेत्र विस्तार गरेकाे छ । आर्थिक बर्ष २०७५/०७६ सालमा गौमुल गाउँपालिकाको वडा नं. १ अन्द्राडीमा परिक्षणका लागि लगाईएको एक बर्षिय हाईडेन्सिटि स्याउ सफलता पुर्वक फलेपछि फलफूलको क्षेत्र विस्तार गर्न लागेको हो । गाउँपालिका समुन्द्रि सतहबाट १३०० मि. देखि करिब ३५०० मि. सम्म फलफुलका लागि खेतियोग्य […]