होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
७ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव समूह)का अध्यक्ष माधव कुमार नेपालले केपी ओली र माधव नेपाल उस्तै–उस्तै हुन् भन्दा आफूलाई पोल्ने बताएका छन् । बुधबार बिहान सम्पादकहरुसँगको छलफलमा नेपालले भने, ‘केपी ओली र माधव नेपाल उस्तै हुन् भन्दा मलाई पोल्छ ।’ आफूले गल्ती गरेको भए स्वीकार्न तयार रहेको बताउँदै नेपालले भने, ‘गल्ती […]
७ माघ, विराटनगर । प्रदेश १ को सातौं अधिवेशनको पहिलो बैठक आज बस्दैछ । नेकपाको विभाजनपछि बस्न लागेको बैठकमा नेकपा प्रचण्ड–माधव पक्ष र ओली पक्ष एकअर्काविरुद्ध उत्रिने सम्भावना छ । ओली समूहले प्रचण्ड–माधव समूहका १६ जना सांसदलाई बैठक कक्षमा प्रवेश गर्न नदिने बताउँदै आएको छ । प्रचण्ड–माधव पक्ष भने बैठक कक्षमा प्रवेश गर्ने र मुख्यमन्त्री […]
७ माघ, काठमाडौं । संसद विघटनका मुद्दामा बहस गर्न अधिवक्ताहरुलाई आधा घण्टाको समय तोकिएको छ । प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबारको इजलासमा बहसका लागि आधा घण्टाको समय निर्धारण गरिएको जानकारी दिएका हुन् । अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलाई बहसका लागि समय दिँदै प्रधानन्यायाधीश जबराले भने, ‘डासाबलाई आधा घण्टा, आजदेखि हामीले समय निर्धारण गरेका छौं ।’ बहस […]
सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा निकायले तयारी अघि बढाएका छन् । निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तयारी तथा समन्वय समितिसमेत गठन गरिसकेका छन् भने नेपाली सेनाले सरकारले दिएको जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएको छ । नेपाल प्रहरीले निर्वाचनका लागि १२ अर्ब रकम आवश्यक […]
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगो बालेर सुत्दा विभिन्न जिल्लामा मानवीय क्षति भएको भन्दै सचेत हुन सर्वसाधारणमा अनुरोध गरेको छ ।प्राधिकरणले घरमा जाडो भयो भनेर झ्याल ढोका थुनेर आगो बाल्दा निसास्सिएर मानिसको ज्यान जान सक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेको छ । प्राधिकरणका प्रमुख अनिल पोखरेलले विभिन्न जिल्लमा आगो बालेर बस्दा वा […]
धनगढीः कैलालीमा रोकेको ट्रकमा अटो रिक्सा ठोक्किएर भएको दुर्घटनामा परेर २ जना घाइते भएका छन। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी ताल नजिकै सडकमा रोकेको से १ ख ९२३ नम्बरको ट्रकमा सुदूरपश्चिम प्रदेश ०१००१ ह ३५९३ नम्बरको अटो ठोक्किदा चालकसहित २ जना घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब […]
काठमाडौं : नेकपाका युवा नेता विष्णु रिजालले केपी शर्मा ओली जहाजको नभइ बयलगाडाको पाइलट रहेको भन्दै व्यङ्ग्य गरेका छन्। प्रेस संगठनको कार्यक्रममा बोल्दै नेता रिजालले परिस्थितिले उच्चस्तरको संघर्षको माग गरेको पनि बताए। ‘ओलीले टेम्पुको होइन, जेटको पाइलट हो भनेका थिए एकताका बेलामा,’ उनले भने, ‘तर एउटा पाइलट त बयलगाडाको पो परेछन्।’ लोकतान्त्रिक आन्दोलनमा ओलीको भूमिका नभएको […]
नागरिक रैबार बाजुरा ६ माघ सदरमुकाम मार्तडीस्थित दुनीहाटबजारबाट प्रहरीले पसल चाेरि गरेकाे अाशंकामा एक जना महिलालाई पक्राउ गरेकाे छ । पक्राउ हुनेमा बडीमालिका नगरपालिका वडा नं. ८ कि जुना रावल रहेकाे कुरा हाटबजारका व्यापारी तथा घटना स्थलमा उपस्थिति स्थानीयले बताएका छन् । निज महिलालाई बाँनिया हाेटेल नजिकबाट मंगलबार साँझ पक्राउ गरि थप अनुुुसन्धानका लागि जिल्ला […]
६ माघ, काठमाडौं । नेपाल प्रहरीले आसन्न मध्यावधि निर्वाचनका लागि संगठनलाई कम्तिमा साढे १२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमानित खर्च विवरण गृह मन्त्रालयमा पेश गरेको छ । २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा भएको खर्चको आधारमा नयाँ विवरण तयार पारेर खर्च विवरण पेश गरिएको हो । मन्त्रालयका एक अधिकारीले बताएअनुसार म्यादी प्रहरी भर्नाका लागि साढे ५ […]
६ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ९५६ नमुना परीक्षण गर्दा १२९ महिला र २१९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ । उनीहरुमध्ये २ लाख ६२ हजार […]
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित राडी बजारमा नेकपा प्रचण्ड–माधव पक्ष र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपका कारण सो क्षेत्र मंगलबार दिनभर तनावग्रस्त भएको छ । झडपपछि प्रहरीले अश्रु ग्याससहित १७ राउन्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । तर, अझै स्थिति पूर्ण नियन्त्रणमा नआएकाले थप सुरक्षाकर्मी मगाइएको जिल्ला प्रहरी प्रमुख […]
अचेल टोलटोलमा, बस्तीबस्तीमा, शहरमा, सञ्चारमाध्यम, सामाजिक सञ्जालमा अनि चिया पसलमा कमरेडहरुको चर्चा छ । एकीकरणका बेलादेखिकै बिवाद बल्झदै फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुस ५ गतेको असंबैधानिक कदमपछि खुलेआम दुई कित्तामा बाँडिएको छ– एक सरकारवादी नेकपा, एक सडकवादी नेकपा । दुवै नेकपाहरु गाउँगाउँ–बस्तीबस्तीसम्म पुगेका छन् । गाउँमा एक हुल आउँछ, केही मान्छे जम्मा […]
नागरिक रैबार/बाजुरा ६ माघ। साँफे-मार्तडी सडक खण्ड अवरुद्ध भएको करिव ६ महिनापछि सदरमुकाम मार्तडीमा आज ३ वटा बस पुगेका छन् । साँफे-मार्तडी सडक खण्ड अन्तरगत बार्जुगाड, ताँप्रीसेरा, बल्दे, दवारी, तिपाडा, ओलेना र पानीनाउला सम्मको भत्केको सडकमा बस सेवा सूचारु हुने गरी सडक विभागले सडक निर्माण गरेपछि आज मार्तडीमा ३ वटा बस पुगेका हुन् । […]
६ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुन:स्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् । प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास्स गन्हाएको टिप्पणी गरे । ‘यो राजतन्त्र पुन:स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको […]
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले ‘ओरिजिनल’ एमाले केपी ओली नभएर आफू नै भएको बताएका छन् । मंगलबार प्रेस संगठनको राष्ट्रिय भेलालालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले अहिले आफूलाई असली एमाले भनेर भ्रम छरिरहेको बताए । माधव नेपाल प्रचण्डको कार्यकर्ता बन्न गए भन्ने ओलीको भनाइलाई प्रतिवाद गर्दै नेपालले ‘ओरिजिनल एमाले माधव नेपाल हो, […]
६ माघ, काठमाडौं । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टर सविन भण्डारीमाथि आक्रमण भएको छ । कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले उनीमाथी हातपात गरेको शिक्षण अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासले बताए । दासले भने, ‘मिस कम्युनिकेसनका कारण यहाँ ठूलो हातपात भयो ।’ निमोनियाको कारण बुटवलबाट शिक्षण अस्पतालमा रिफर गरिएका […]
६ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामचलाउ मात्रै भएको भन्नुपर्ने अथवा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । आफू निकट पत्रकारहरुको भेलालाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले भने, ‘आफैंले संसद विघटन गरेपछि संसद रहेन, संसद नरहेपछि प्रधानमन्त्री पनि रहँदैन । त्यसैले उहाँले कि पद छोड्नुपर्छ […]
काठमाडौँ, ६ माघ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरे । प्रधानमन्त्री […]
संसारका केही देशमा कोरोना रोकथामका लागि खोप कार्यक्रम चलिरहेको छ । यसैबीच विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले आफ्नो साप्ताहिक रिपोर्ट सार्वजनिक गरेको छ, जसअनुसार विश्वका १३ देश र आइल्यान्ड (टापू) अहिले कोरोनामुक्त भइसकेका छन् । यहाँ अहिले कोरोनाको कुनै पनि केस छैन । यद्यपी, विश्वका १ सय ३१ देशहरुमा कोरोनाको संक्रमण स्थानीय स्तरमा फैलिसकेको छ […]
रोल्पामा जंगलबाट घाँसको भारी बोकेर घर फर्किदै गरेकी एक महिलामाथि गोली प्रहार भएको छ । रोल्पा नगरपालिमा वडा नम्बर ९ फाल्जाकी ४५ बर्षीया बरु पुनमाथि सोमबार बेलुका साढे ७ बजेरित जंगलवाट घाँसको भारी बोकेर घर फर्किने क्रममा गोली प्रहार भएको हो । जंगलदेखि बाख्रा चरायर घर घाँसको भारीसहित घर फर्किने क्रममा स्थानीय ३७ वर्षीय हस्तबहादुर […]