होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • भीम रावल धनगढीमा, होला त सुदूरपश्चिम सरकार विस्तार ?
राजनीति

भीम रावल धनगढीमा, होला त सुदूरपश्चिम सरकार विस्तार ?

  • नागरिक रैबार
भीम रावल धनगढीमा, होला त सुदूरपश्चिम सरकार विस्तार ?

धनगढीः नेकपा प्रचण्ड-नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज एवंम् स्थायी कमिटि सदस्य डा.भीम रावल धनगढी पुगेका छन। नेकपा विभाजनपछि रावल दोस्रो पटक मंगलबार गृह प्रदेशको अस्थायी राजधानी धनगढी पुगेका हुन्।

 

मुख्यमन्त्री त्रिलोचन भट्टले रिक्त रहेका मन्त्रालयमा मन्त्री नियुक्ती गर्ने तथा प्रदेश सरकार विस्तार एवंम् पुनर्गठनको गृहकार्य गरिररहेका बेला रावल धनगढी पुग्नलाइ अर्थपूर्ण तरिकाले हेरिएको छ।

विज्ञापन

रावलसँगै मन्त्री बन्ने दौडमा लागेका प्रदेशसभा सदस्यहरु पनि काठमाडौँबाट फर्किएकाले पनि सम्भवः उनी धनगढी रहेकै बेला प्रदेश सरकार विस्तार हुनसक्ने अनुमान गरिएको छ।

प्रचण्ड-नेपाल समूहकै एकजना प्रदेशसभा सदस्यले तत्काल रिक्त रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा मन्त्री नियुक्त गर्नेगरि छलफल भइरहेको बताए।

मुख्यमन्त्री भट्ट र नेता रावलकाबीच मन्त्रिपरिषद् विस्तारका विषयमा बुधबार पनि छलफल भइरहेको ती प्रदेशसभा सदस्यको भनाइ छ।

यसअघि रावलले गत पुसमा पनि नेकपा सुदूरपश्चिम संसदीय दलको बैठक बसालेर प्रतिनिधिसभा विघटनको कदमको विरोध गर्ने निर्णय गराउँदै प्रदेशसभा सदस्यहरुलाइ एकढिक्का हुन अपिल गरेका थिए। त्यसपछि रावल काठमाडौँ फर्किएका थिए।

रावलको प्रयासपछि विभाजित देखिएका नेकपा सुदूरपश्चिमका धेरै प्रदेशसभा सदस्य प्रचण्ड-नेपाल समूहमै लागेको दाबी गरिन्छ।

सुदूरपश्चिम प्रदेशसभामा ३९ जना प्रदेशसभा सदस्य रहेकोमा पार्टी विभाजनपछि ७ जना ओली समूहमा देखिएका छन भने सभामुख र उप-सभामुख समेत गरि ३२ जना प्रचण्ड-नेपाल समूहमा छन।

नेकपा ओली समूहका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले रावलले धम्क्याएर प्रदेशसभा सदस्यहरुलाइ आफ्नो पक्षमा पारेका आरोप लगाएका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार