मङ्लबार, बैशाख ७, २०७८
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • राष्ट्रपति र उपराष्ट्रपतिले पनि कोरोनाविरुद्धको खोप लगाउने
राजनीति

राष्ट्रपति र उपराष्ट्रपतिले पनि कोरोनाविरुद्धको खोप लगाउने

  • नागरिक रैबार
राष्ट्रपति र उपराष्ट्रपतिले पनि कोरोनाविरुद्धको खोप लगाउने

काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीशले पनि कोरोना विरुद्धको खोप लगाउने भएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले राष्ट्रपति, उपराष्ट्रपति लगायतका उच्चपदस्थ अधिकारीहरुले फागुन २३ गते कोरोनाविरुद्धको खोप लगाउने जानकारी दिएका हुन् ।

सांसदहरुले भने बुधबारबाटै यो खोप लगाउन सुरु गरेका छन् । बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर सांसदहरुले खोप लगाउन थालेका हुन् ।

फागुन २३ गते प्रतिनिधि सभा बैठक बस्ने भएकाले त्यसअगावै कोरोनाविरुद्धको खोप लगाउन संसद सचिवालयले प्रबन्ध मिलाएको थियो । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीशलाई भने उनीहरुकै कार्यालयमा पुगेर खोप लगाइने मन्त्रालयले जनाएको छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार