होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
हाल उल्लेखनीय मौसमी प्रणाली छैन । देशभर मौसम सामान्यतया सफा छ । बुधबार देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। बिहीबार देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागहरुको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रबार […]
सभामुख,मन्त्री र सांसदहरुले बुधबार कोभिड १९ विरुद्धको खोप लगाउने भएका छन् । बानेश्वरस्थित सिभिल अस्पतालमा गएर खोप लगाउन सरकारले आग्रह गरेको छ । कोरोनाविरुद्धको खोप बिहान १० बजेदेखि खोप लगाउन सकिने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव लगाउनमा काँग्रेस र जनता समाजवादी पार्टी नेपालले सघाउने संकेत दिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहले त्यसअनुसारको तयारी थालेको छ । सरकार बनाउन तत्कालै सहयोग नगर्ने भनिए पनि अविश्वासको प्रस्तावमा सहयोग गर्ने सङ्केत दिएपछि नेकपा प्रचण्ड–माधव समूहले त्यसको तयारी थालेको हो । जसपा नेपालका कार्यरिणी समितिका एकजना सदस्यले रातोपाटीसँग […]
नागरिक रैबार/बाजुरा १८ फागुन। हिमाली गाउँपालिकाको विच्छ्यामा फोटो खिच्ने क्रममा लडेर गम्भिर घाईते भएका प्रेस युनियनका केन्द्रिय सदस्य पत्रकार दयाराम पंडितलाई थप उपचारका लागि हवाईजहाज मार्फत नेपालगंज लगिएको छ । आइतबार दिउसो पुर्वी उतरी भेगको हिमालि गाँउपालिका १ बिच्छाको घट्टेबगर खोलामा फोटो खिच्ने क्रममा लडेर गम्भिर घाइते भएका पत्रकार पंण्डितलाई मंगलबार दिउसो थप उपचारका लागी […]
मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् । प्रेस सङ्गठन मोरङद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । कार्यक्रममा नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने बताए । उनले बहुमत सदस्य आफूहरुका पक्षमा रहेको जिकिर […]
१८ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् ।राष्ट्रपति भण्डारीले मंगलबार एक वक्तव्य जारी गर्दै आगलागी प्रभावितहरुका लागि यथाशीघ्र राहत तथा पुनर्स्थापनाको पहल गर्न सरकारसँग आग्रह समेत गरेकी छन् । राष्ट्रपति भण्डारीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘ हावाहुरी र खडेरीको मौसममा हुने आगलागी जस्ता […]
१८ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली बनाएको छ । टोलीमा उदय चलाउने ‘दीपक’ सदस्य छन् । सरकारले समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन गरेको सार्वजनिक भएकै दिन भूमिगत पार्टीका महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गरेर आफूहरुको तर्फबाट पनि […]
१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन् । मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उनले भने ‘अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस्, डेढ दुई वर्षपछि चुनाव आउँछ । दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।’ तर अहिले पनि आफूलाई हटाउन सजिलो […]
जनकपुर । धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउतको गाडीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घूसवापत सेवाग्राहीसँग लिएको ८ लाख रुपैयाँ बरामद गरेको छ । सोमबार साझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीले छापा मार्दा गाउँपालिको अध्यक्ष राउतको गाडीबाट घुस वापतको ८ लाख रुपैयाँसहित गाडी र चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिएको हो । […]
१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ताको साथ लिएर वनसँग सम्बन्धित नीतिहरु बनाउने बताएका छन् । वनको अधिकतम सुरक्षा र विकास गरी अधिकतम प्रतिफल लिने कुरामा सन्तुलन कायम गर्ने पनि उनले बताए । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद् भेलाको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वनको सुरक्षा, संरक्षण तथा जीवजन्तुको […]
१७ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति बनाएको छ । मंगलबार सरकारले २ सदस्यीय वार्ता टोली गठन गरेपछि विप्लव समूहले पनि वार्ता समिति बनाउने तयारी गरेको छ । विप्लव समूह स्रोतले भन्यो, ‘सरकारले समिति बनाएपछि हाम्रोतर्फबाट पनि समिति बन्छ ।’ सम्भवतः समूहका प्रवक्ता खड्गबहादुर […]
बैतडी: बैतडीमा घट्ने अधिकांश घटनाको कारक तत्व मदिरा रहेको बताइएको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय बैतडी र इलाका प्रहरी कार्यालय पाटनको संयुक्त आयोजनामा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सो कुरा बताइएको हो। जिल्लामा हुने गरेका आपराधिक क्रियाकलापहरू मध्ये ९० प्रतिशत घटना मदिराका कारण हुने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूको गुनासालाई सम्बोधन […]
१८ फागुन, काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान […]
१८ फागुन, काठमाडौं । गत साता विश्वभर कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या बढेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सोमबार दिएको जानकारीअनुसार सात सातापछि पहिलोपटक विश्वभर कोरोना संक्रमणमा वृद्धि भएको हो । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेसले सोमबार एक ब्रिफिङमा बोल्दै विश्वभर कोरोना संक्रमण बढ्नु दुखद् भए पनि अनौठो भने नरहेको बताए । उनले […]
धादिङ — एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो । ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् । एक्स्काभेटर चालक भीमबहादुर बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए । काठमाडौंबाट सल्यानटार […]
दाहाल–नेपाल पक्षले सरकार बनेपछि मन्त्रीको आश्वासन दिने गरेका छन्, ओलीका तर्फबाट भने मन्त्री र पैसामध्ये एउटा रोज्न प्रस्ताव आउने गरेको सांसदहरु बताउँछन् । ‘हाराहारीमा सांसद हुँदा जोडबल भई नै हाल्छ । ल है सहयोग गर्नुहोस् त भनिहालिन्छ नि !’ काठमाडौँ — दाङ क्षेत्र नम्बर ३ का सांसद हीराबहादुर केसी शुक्रबार बिहान ९ बजे नेपालगन्ज विमानस्थलबाट काठमाडौं ओर्लिए । […]
काठमाडौँ- प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली देश दौडाहा निस्किएका छन् । विभिन्न विकासे पूर्वाधारको शिलान्यास, उद्घाटन तथा पार्टीका भेलामा प्रधानमन्त्री ओलीले व्यस्त भएका हुन् । आइतबार आफ्नो निर्वाचन क्षेत्र झापा-५ पुगेर विभिन्न पूर्वाधारको शिलान्यास तथा उद्घाटन गरेका प्रधानमन्त्री ओली सोमबार पोखरा पुगेका थिए । पोखरामा प्रधानमन्त्री ओलीले पार्टीको गण्डकी प्रदेशस्तरीय […]
१७ फागुन, काठमाडौं । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्नबाट रोकेको जिकिर गरेका छन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले दिएको फैसलामा बहुमतप्राप्त दलले सरकार बनाउनै पर्ने उल्लेख भएकाले अहिले प्रधानमन्त्रीले राजीनामा दिन नमिल्ने बताएका हुन् […]
१७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले आफूहरुकै पक्षमा निर्णय गर्ने दाबी गरेका छन् । सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसलापछि ओली समूह पाहा पछारिए झैं पछारिएको बताए । तैपनि ओली समूहका नेताहरुले हामी […]
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै निर्वाचन आयोगले नेकपाबारे निर्णय गर्ने बताएका छन् । उनले निर्वाचन आयोगले केही दिनभित्रै गर्ने उक्त निर्णय आफ्नो पक्षमा आउने दावी समेत गरे । सोमबार सोमबार नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको […]