होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बामदेव एमाले बैठकमा जाने
समाचार

बामदेव एमाले बैठकमा जाने

  • नागरिक रैबार
बामदेव एमाले बैठकमा जाने

काठमाडौं, १६ असार । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम १८ असारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी हुने भएका छन् । उनले आफू पक्षीय नेता कार्यकर्तासँग आज छलफल गरी बैठकमा जाने टुंगो लगाएका हुन् ।

गौतमले एकता अभियानको बैठक डाकी सुझावसहित पार्टी बैठकमा सहभागी हुने निष्कर्ष निकालेका हुन् । बैठकमा गौतमले भने,‘हामी अहिलेलाई बैठकमा सहभागी हुनेछौं, पछि जे गर्नुपर्छ गरौंला ।’

एकता अभियानले निकै सफलता हासिल गरेको समेत गौतमको भनाई थियो । उनले माधवकुमार नेपालसँग पनि बैठकमा सहभागिताबारे कुराकानी गर्ने बताए । एमालेमै बस्ने या नयाँ पार्टी खोल्नेबारे निर्णय लिएर बढ्न सुझाव दिने तयारी समेत गरेका छन् ।

विज्ञापन

पछिल्लो समय बामदेव गौतम एकता अभियान चलाएर बसेका छन् । तटस्थ रहेका गौतमले एमाले एकतालाई अगाडि बढाएर निकै सफलता हासिल गरेको निष्कर्ष समेत निकालेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार