होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा एमालेले माधव नेपालसहितका नेतालाई आममाफी दिने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको खातिर बाटो बिराएका नेतालाई क्षमा दिने निर्णय गरको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई पार्टी एकताको प्रयासमा निरन्तर छलफल भइरहेकाले कारबाही नहुने उनले संकेत गरे । माधव नेपालसहित […]
धनगढीः नेकपा एमालेका उपाध्याक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता गराउन काठमाडौँ पुगेका सुदूरपश्चिम प्रदेशसभाका सांसदले रावलको राजीनामा फिर्ता हुने बताएका छन्। काठमाडौं पुगेर रावललाई भेटेका सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्कबहादुर कुँवरले भने, ‘नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई सँगै राखेर हामीले कुराकानी ग¥यौं। पार्टी एकता गर्नको लागि आफूले […]
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पिपुल्स भोलिन्टयर्स (पीभी) घोषणा गरेका छन् । एमालेको आठौं महाधिवेशनले विघटन गरेको पीभी फेरि ब्युँताइएको हो । बिहीबार युवा संघ नेपालको भक्तपुर भेलाबाट एक हजार एक सदस्यीय पीभी घोषणा गरिएको हो । नेता नेपाल आफैंले शिव श्रेष्ठ श्रवणको संयोजकत्वमा पीभी घोषणा गरेका हुन् । पीभीको इन्चार्ज सन्जीप […]
काठमाडौं, ७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सत्तापक्षले महाभियोग लगाउन खोजेको विषय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी बैठकमा खुलाए । उनले चेतावनी दिदै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई महाभियोगको सपना नदेख्न समेत भने । महाभियोगका लागि संसदमा अंकगणित मिलाउने तयारी भइरहँदा ओलीको भनाई आएको हो […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन पनि भनेको छ । निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेको भन्दै मन्त्रालयले यो अवधिमा कोरोना […]
काठमाडौँ — राष्ट्र बैंकले अहिलेसम्म नेपालका सबै बैंक तथा वित्तीय संस्थाका प्रणालीहरू सुरक्षित रहेको जनाएको छ । अपरिचित व्यक्तिबाट यहाँका १५ वटा बैंकको सिस्टम ह्याकिङ गरी पैसा चोरी गर्ने चेतावनी आएकोमा बैंकले सर्वसाधारणलाई सुरक्षा व्यवस्थाप्रति ढुक्क हुन आग्रहसमेत गरेको छ । इनिसियल सेक्युरिटी एसेसमन्ट रिपोर्टका आधारमा अहिलेसम्म सबै सिस्टम सुरक्षित रहेको राष्ट्र बैंकका डेपुटी गभर्नर […]
विराटनगर । मोरङको उर्लाबारीमा नेकपा एमालेको ओली समूहले आयोजना गरेको कार्यक्रम स्थलमा तोडफोड भएको छ । बिहीबार नगरस्तरीय विस्तारित बैठकका लागि तयार गरिएको हलमा तोडफोड भएको हो । उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा नगरस्तरीय विस्तारित बैठक बोलाइएको थियो । बैठक अघि कार्यक्रम स्थलमा भएको कुर्सी तोडफोड भएको ओली समूहका नगर संयोजक उमाकान्त गौतमले जानकारी दिए […]
काठमाडौं । नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । आजै जवाफ पठाइने एक नेताले बताए । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए । उनीहरुलाई पार्टीले स्पष्टीकरण सोधेको छ, जसमा विपक्षी गठबन्धनसँग साठगाँठ गरेको आरोप लगाइएपनि फ्लोर क्रसबारे […]
७ साउन, काठमाडौं । चीनका एक प्राध्यापकले नेपालमा भारतप्रति नरम (प्रो–इन्डियन) नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएपनि नेपाल–चीन सम्बन्ध ठोस रुपमा अगाडि बढ्ने टिप्पणी गरेका छन् । फुदान विश्वविद्यालयको सेन्टर फर अमेरिकन स्टडिज का प्रोफेसर झाङ जिअदोङले चिनियाँ सरकारको मुखपत्र ग्लोवल टाइम्समा एक लेख लेख्दै नेपाली कांग्रेसले नेपालको परराष्ट्र नीतिलाई भारत अनुकुल दिशामा लैजाने पर्यवेक्षकहरुको बुझाइ […]
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । सरकारी अधिकारीहरुले दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ३८३ जना कोरोनाभाइरसबाट सङ्क्रमित नयाँ थपिएका छन् । अघिल्ला केही दिनको तुलनामा यो सङ्ख्या धेरै भएकाले भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको हो । सोही अवधिमा सङ्क्रमण मुक्त भएकाहरुको सङ्ख्या पनि थपिएका सङ्क्रमितहरुको […]
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा साउन २४ गतेबाट बिदामा बस्दैछन् । कार्यकाल सकिनुभन्दा एक महिनाअघि बिदामा बसेर आफ्ना उत्तराधिकारीलाई कार्यवाहक जिम्मेवारी दिने सैन्य परम्पराअनुसार थापा बिदामा बस्न लागेका हुन् । ४३ औं प्रधानसेनापति पूर्णचन्द्र थापाले जेठ २३ मै पत्रकारहरुलाई साक्षी राखेर नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको घोषणा गरेका थिए । त्यसको करिब दुई महिनापछि अर्थात् […]
७ साउन, काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धी विवादहरुको सुनुवाई साउन १५ गतेपछि मात्रै गर्ने भएको छ । कोरोना महामारीका कारण अधिकांश सेवा कटौती गरेको सर्वोच्च अदालतले आगामी साताको शुक्रबार(साउन १५) गतेपछि मात्रै सबै सेवा खुला गर्ने निर्णय गरेको हो । ‘निषेधाज्ञा र अरु कारणले कटौती भएका अदालतका सेवाहरु विस्तारै खुल्ने क्रममा […]
विषाक्त मदिरा सेवन गरेपछि बिरामी परेका चार जनाको मृत्यु भएको घटनामा अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी सदरमुकाम फर्किएको छ । गलकोट नगरपालिका–७ मल्म पुगेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीको पाँच सदस्यीय टोली घटनास्थलको स्थलगत अनुसन्धान गरेर फर्किएको हो । प्रहरीले घटनामा मृत्यु भएका र गम्भीर बिरामी परेका मजदुरले सेवन गरेको मदिरा र खानाको नमूना लिएर […]
चितवन– भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् । उनको टाउकोमा गोली लागेको र नजिकै खोकासमेत भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृतावस्थामा फेला परेका हुन् । उनको टाउकामा गोली लागेको जस्तो घाउ देखिएको छ । नजिकै गोलीको […]
७ साउन, सुर्खेत । सामान्य विवाद हुँदा सल्यानमा दाइले भाइको हत्या गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका-५, खैरागारका १४ वर्षीय कपिल परियारले १३ वर्षीय सन्दीप परियारको हत्या गरेका हुन् । दुई बालकले आपसी झगडा गर्दा भाइ सन्दीपको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार घटनापछि कपिललाई प्रहरीले […]
काठमाडौँ — नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी दिँदै ती संस्थाका उच्च अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको पाइएको छ । ह्याकरले बुधबार राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने उल्लेख छ । सोही पत्र राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल […]
धनगढी उपमहानगरपालिका–३ मा जमेको पानी मोहना–अत्तरिया छ लेन सडकमा अवस्थित कल्भर्टबाट वडा नं २ मा निकास गर्दा सो वडाका केही स्थान डुबानमा परी जलमग्न भएका छन् । केही दिनको लगातारको वर्षाका कारण वडा नं ३ का विभिन्न क्षेत्र डुबानमा परेपछि उक्त पानी वडा नं २ बाट निकास गरेपछि वडा नं २ का शिखर टोल, मालिका […]
हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ। वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्रयाक्टरमा खोप ढुवानी गर्नुपरेको हो। गत असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्र्याक्टरमा ढुवानी गरेर ज्येष्ठ नागरिकका लागि दोस्रो मात्रा खोप लगाएको छ। भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सदरमुकाम जोमसोमबाट लोमान्थाङ ढुवानी गर्न पाण्डाखोलाले असजिलो पारेको […]
काठमाडौं । साउन अर्थात भक्ति-आराधनाको महीना । शरीर शुद्ध गरेर उपवास बस्ने प्रचलन छ । खासगरी महिलाहरु आफ्ना श्रीमानको दीर्घायु र सु-स्वस्थ्यको कामना गर्दै उपवास बस्छन् । विवाहितको मात्र के कुरा, अविवाहित समेत हुनेवाला श्रीमानका खातिर ब्रत बस्छन्, पूजापाठ गर्छन्, मन्दिर धाउँछन् । तर, के पुरुषहरु पनि यसरी नै श्रीमतीको दीर्घायु र सुखी जीवनको कामना […]
७ साउन, काठमाडौं । चीनसँग खरिद गरिएको भेरोसेल खोप लिएर नेपाल वायु सेवा निगमको विमान आज काठमाडौं आइपुग्दैछ । बुधबार राति गएको जहाज आज आइपुग्ने निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए । सो जहाज आजै फेरि खोप लिन बेइजिङ जाने छ । यसअघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज […]