होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सप्तरी । सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अपाङ्गता भएका एक व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरेका छन् । तिलाठी कोइलाडी गाउँपालिका–४ का प्रल्हाद मण्डललाई प्रजिअ आचार्यले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । शारीरिक रूपमा पूर्ण अशक्त रहेकाले १९ वर्षीय मण्डललाई घरमै पुगेर नागरिकता दिइएको उनले बताए । उनी हिंड्न समेत नसक्ने व्यक्ति […]
राष्ट्रियसभा सदस्य विमला राई पौडेलले कक्षा १२ को परीक्षा स्थगित हुँदा लाखौं विद्यार्थीको भविष्य चौपट भएको बताएकी छिन् । बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै राईले अघिल्लो वर्ष नै हुनुपर्ने परीक्षा अहिले फेरि स्थगित हुँदा लाखौं विद्यार्थीको भविष्य चौपट भएको उल्लेख गरिन् । उनले भनिन्– ‘कतिपय बाहिर जाने योजना बनाएका विद्यार्थी पनि थला परेका छन् । हुन […]
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । उनले आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका छन् । उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरिन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने […]
धनगढी : महाकाली नदीमा तुइन तर्ने क्रममा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित समिति दार्चुलाबाट धनगढी पुगेको छ। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठित छानबिन समिति धनगढी पुगेको हो। समितिले अहिले सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीसंग छलफल गरिरहेको छ। दार्चुलाबाट मंगलबार फर्किएको टोलीले महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट […]
२७ साउन, पाल्पा । प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका-७ बस्ने ४२ वर्षीय बिष्णु बहादुर खत्री र सोही ठाउँ बस्ने ४० वर्षीय रविल मिया रहेका छन् । रिब्दीकोट गाउँपालिका-५ कुसुम खोला देउराली भन्ने स्थानबाट उनीहरुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका उनीहरुको साथबाट ६ फिट ४ ईन्च लम्बाई, […]
काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ । सो प्रकरणको छानबिनका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सचिवालयका डीआईजी वसन्त लामाको संयोजकत्वमा छानबिन समिति बनाएका थिए । समितिले गरेको छानबिनपछि प्रश्नपत्र लिक भएको पुष्टि भएको […]
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान घिसिङ नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा घिसिङलाई कार्यकारी अधिकृतमा नियुक्त गरे पनि निर्णय भने गोप्य राखिएको छ। मन्त्री भुसालको प्रस्तावमा नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सम्मानजनक ढंगले जल तथा ऊर्जा आयोगमा पठाइएको छ। शाक्यको सम्मानजनक बहिर्गमनका लागि प्राधिकरणमा […]
कास्की– मादक पदार्थ सेवन गरेर श्रीमतीको हत्या गरेको आरोपमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार माछापुच्छ्रे गाउँपालिका वडा नं –२ बाझाखेत बस्ने ६५ वर्षीय श्रीराम कामीलाई ५५ वर्षीया श्रीमती श्रीमाया कामीको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार मंगलबार बिहान […]
सत्तारुढ जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिको विषयमा भएको प्रचारबारे प्रश्न उठाएका छन् । घिसिङको नियुक्ति स्वागतयोग्य नै भएता पनि नियुक्तिमा कसको प्रस्ताव, कसको समर्थन र कसको सहयोग र असहयोग थियो भन्न जरुरी नरहेको भट्टराईको भनाइ छ । सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै डा. भट्टराईले भनेका छन्, ‘कुलमानको […]
२७ साउन, काठमाडौं । भारतको इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयबाट अध्ययन गरी फर्किएकालाई त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रमाणपत्र नदिए अदालत जाने विद्यार्थीहरुले चेतावनी दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै विद्यार्थीहरुले लेखेको पत्रमा आफूहरुलाई अन्याय भएकाले चाँडो भन्दा चाँडो समकक्षता निषेधको निर्णय फिर्ता गर्न माग गरेका छन् । ‘अन्यथा हामीसँग अदालतको मात्र […]
धनगढी : धनगढीमा निर्माण भएको सुदूरपश्चिम रक्त सञ्चार केन्द्रको उद्घाटन कार्यक्रममा अमेरिकी सेना आएको भन्दै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले चासो देखाएको छ। बर्दीधारी अमेरिकी सैनिक धनगढी पुगेर फर्किएको झण्डै एक महिनापछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिले चासो देखाएको हो। अमेरिकी सैनिक पोशाकसहित उपस्थित भएको भन्दै सांसद भीम रावल, प्रकाशमान सिंह, पुष्पा भुसाल, दीपप्रकाश भट्टलगायतले चासो राखेपछि […]
हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ साथै देशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। बुधबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेश को […]
धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव रहेको प्रहरीले जनाएको छ । दुवै […]
काठमाडौंको गणबहालबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले आरोपीहरुको साथबाट ९१ लाख ९६ हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ पर्नेमा तनुज अग्रवाल, नितेश श्रेष्ठ, नर बहादुर खड्का र अर्जुन चौलागाईं छन् । हुण्डी कारोबारका मुख्य आरोपी तनुज अग्रवाल रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता […]
काठमाडौं, २६ साउन । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा सोमबार नियुक्त भएका कुलमान घिसिङको आज अपरान्ह पदबहाली हुने भएको छ । उनी अपरान्ह पदबहालीका लागि तयारी अवस्थामा रहेको बुझिएको छ । मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो । प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई जल शक्ति आयोगमा लगिएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर […]
काठमाडौं, २६ साउन । सरकारले साँझ ८ बजेपछि रातभर सवारी साधन चल्न निषेध गरेको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै आज उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालयहरुले सूचना जारी गरी बेलुका ८ बेजे भित्र सवारी साधानहरु आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने उल्लेख गरेका हुन् । यो निषेधाज्ञा २८ साउनबाट लागू हुने जनाइएको छ । जिल्ला प्रशासन कार्यालयहरुको सुचनामा […]
२६ साउन, काठमाडौं। काठमाडौं उपत्यकामा बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि ट्राफिक प्रहरीले ‘तपाईको मास्क खै?’ सचेतना अभियान शुरु गरेको छ । अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ‘तपाईको मास्क खै?’ लेखिएको रिबनको प्रयोग गरी सचेतना अभियान शुरु गरेको हो । उक्त अभियानको ट्राफिक प्रहरी महाशाखाका एसएसपी […]
राष्ट्रियसभाको आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ स्वीकृत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेकलाई विचार गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो । उक्त प्रस्तावमाथिको छलफलमा नेपाली कांग्रेसका प्रकाश पन्त र अनिता देवकोटा तथा नेकपा (माओवादी केन्द्र)का रामनारायण विडारी र […]
रमेश सुनाम । विचार । सर्वोच्च अदालतले हालै आरक्षणसम्बन्धी एउटा गम्भीर फैसला गरेको छ । चिकित्सा शिक्षाको स्नातकोत्तर एमडी तह प्रवेशमा आरक्षणको माग गरी विनय पञ्जियारले दिएको रिट निवेदनमा सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईले गरेको फैसला विवादित बनेको छ । खासगरी, वर्चस्वशाली समुदायका व्यक्तिले यो फैसलालाई ल्यान्डमार्क करार गरेका छन् भने सीमान्तकृत […]
२६ साउन, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३, स्थित सिर्दिबास फिलिमकी एक गर्भवतीको हेलिकप्टरबाट मंगलबार उद्धार गरिएको छ । दुई दिनदेखि प्रसव व्यथा लागेकी २५ वर्षीय छिरिङ डोल्मा गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । नेपाली सेनाको हेलिकप्टरबाट गुरुङको उद्धार गरी सुत्केरी गराउन काठमाडौं पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए । ‘घरमै […]