होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कांग्रेस महाधिवेशन : ३८ जिल्लामै खटिए निर्वाचन अधिकृत (सूचीसहित)
समाचार

कांग्रेस महाधिवेशन : ३८ जिल्लामै खटिए निर्वाचन अधिकृत (सूचीसहित)

  • नागरिक रैबार
कांग्रेस महाधिवेशन : ३८ जिल्लामै खटिए निर्वाचन अधिकृत (सूचीसहित)

११ भदौ, काठमाडौं । कांग्रेस केन्द्रीय निर्वाचन समितिले ३८ वटै जिल्लामा मतदान अधिकृत खटाएको छ ।

क्रियाशील सदस्य (नयाँ र नवीकरण) को नामावली सार्वजनिक गरेसँगै आगामी भदौ १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशनसमेतको निर्वाचन गर्न केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा प्रतिनिधि खटाएको हो ।

केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले मतदान अधिकृतहरु शुक्रबार नै जिल्ला जाने बताए । मतदान अधिकृतलाई पार्टी विधान, निर्वाचन निर्देशिका, मतदाता सूची र प्रमाणपत्रसहित खटाइएको समिति संयोजक यादवले बताए ।

विज्ञापन

यता, क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने माग राख्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुले सानेपामा धर्ना दिँदै आएका छन् । बाँकी ३९ जिल्लाको सदस्यता पनि आइतबारसम्म सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।

प्रदेश एक, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केहि जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको हो । प्रदेश दुईका कुनै पनि जिल्लाको सदस्यता सार्वजनिक गरिएको छैन ।

क्रियाशील सदस्यता सार्वजनिक गरिएको जिल्लामा प्रदेश १ अन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर र झापा रहेका छन् ।

त्यस्तै बागमती प्रदेशअन्तर्गत दोलखा, रामेछाप, सिन्धुली र भक्तपुरको सदस्यता सूची बुझाइएको छ भने गण्डकी प्रदेशमा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याञ्जा, म्याग्दी र नवलपुरको सदस्यता सार्वजनिक गरिएको छ ।

लुम्बिनी प्रदेशमा नवलपरासी, रुपन्देही, पाल्पा, रुकुम पूर्वी र रोल्पाको क्रियाशील सदस्यता सावजनिक गरिएको छ भने कर्णाली प्रदेशका रुकुम पश्चिम, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशमा बझाङ, डोटी, दार्चुला, बैतडी र कञ्चनपुरको क्रियाशील सदस्यता सार्वजनिक गरिएको कांग्रेसले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार