होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कैलाली । कमलबहादुर शाहको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकार गठन भएको पाँच महिनाभन्दा बढी भइसके पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । मन्त्रालय भागबण्डाको सकस, बजेटको लफडा लगायतका कारण अहिलेसम्म सरकार विस्तारमा ढिला हुँदै आएको हो । मुख्यमन्त्री शाह प्रदेश सरकारको बजेट पारित भएपछि एक साता यता काठमाडौँमा छन् । स्वास्थ्य उपचार तथा राजनीतिक भेटघाटको […]
नागरिक रैबार/बाजुरा ८ साउन।बाजुराको बडिमालिका नगरपालिका ९ अनाइ खोलामा बाढी आउँदा ट्याक्टरसहति चालकलाई बगाएको छ । आइतबार राती ११ बजे तिर कोल्टीबाट मार्तडी आउदै गरेको से २ त ३२२५ नम्मरको ट्याक्टर अनाई खोलाले बगाउँदा कैलालीको जोशीपूर गाउँपालिका ६ घर भएका चालक डुवनारायण चौधरी वेपत्ता भएका छन् । ट्याक्टर भने करिव २० मिटर तल ढुगांमा अड्कीएको […]
काठमाडौँ । संघ र प्रदेश सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष सम्मिलित दुई दिने भेलाले विभिन्न १२ बुँदे निष्कर्ष निकालेको छ । साउन ५ र ६ गते काठमाडौँको चन्द्रागिरिमा भएको संघीय संसद तथा प्रदेशसभाका सभामुख र उपसभामुखबीच अनुभव आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम विभिन्न निष्कर्ष निकाल्दै सम्पन्न भएको हो । सो भेलाले कानुन कार्यान्वयनमा प्रभावकारिता […]
काठमाडौँ । अवैध रूपमा भित्रिएको करिब १ सय किलो सुन प्रकरणमा थप ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३ जना भन्सार एजेन्ट र ३ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु रहेका छन् । पक्राउ पर्नेहरूमा भन्सार कर्मचारीहरू भन्सार अधिकृत सन्तोष चन्द, खरिदार जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ तथा भन्सार एजेन्टहरू […]
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को पहिलो साता सरकारले ६ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले साउन पहिलो साता ६ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको हो । यो लक्षित राजस्वको ०.४४ प्रतिशतको उपलब्धि हो । सरकारले चालु आर्थिक वर्षका लागि […]
काठमाडौँ । लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राख्दै विरोध जुलुस सहित सिंहदरबार घेराउ गरेको छ । उनीहरूले नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न तथा समाजवादी अर्थतन्त्रको […]
मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले नेकपाका संस्थापक महासचिव पुष्पलालको सपना पूरा गर्नका लागि नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य रहेको बताएका छन् ।पुष्पलाल स्मारक समितिले मोरङमा आयोजना गरेको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । “पुष्पलालले जुन कुरालाई केन्द्र बिन्दुमा राखेर कम्युनिष्ट पार्टी स्थापना गर्नु भएको […]
काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले सेनाको संख्या घटाउने नभइ एयरफोर्स बनाउनु पर्नेमा जोड गरेका छन् ।नेपाली सेनाको संख्या घटाउने बहस भइरहँदा अध्यक्ष थापाले एयरफोर्स खडा गर्नुपर्ने धारणा राखेका हुन् । ‘नेपाली सेनाको संख्या घटाउनु पर्छ भन्नेहरु आत्मसमर्पणवादी हिनताबाट ग्रसित छन्, नेपालको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै सेनालाई थप साधन श्रोत दिई चुस्त दुरुस्त राख्नु पर्छ, […]
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीमा अनुशासनको पाटो निकै कमजोर रहेको बताएका छन् । केन्द्रीय कार्य समितिको बैठकमा उनले पहिलो पटक प्रत्यक्ष चुनाव लड्दाको अनुभव सुनाउँदै यस्तो बताएका हुन् । पार्टीका नेता कार्यकर्तालाई बेलैमा अनुशासनको लगाम नलाए भविष्यमा विकराल अवस्था आउने चौधरीको भनाइ छ । टिकट पाएपछि पार्टीका सबै साथी एक ठाउँमा […]
७ साउन, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा आजबाट सर्वाेच्चमा निरन्तर सुनुवाइ हुँदैछ । सभामुखको पनि समर्थनमा असार २१ गते थापा मुख्यमन्त्री नियुक्त भएपछि असार २२ गते एमाले संसदीय दलका नेता कार्की वर्तमान सरकार गठन अवैधानिक भएको भन्दै आफ्नो नेतृत्वमा सरकार गठनका लागि परमादेश […]
काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको एकपछि अर्को नेपाल भ्रमण हुँदैछ । चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आउन लागेको हो । नेकपा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवसको दिन साउन ७ गते बिहान ११ बजे छिमेकी मित्र रास्ट्र जन गणतन्त्र […]
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । आज बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि आजै सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ । गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आवको मौद्रिक […]
काठमाडौँ । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिष्टहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् । आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले समाजवादी मोर्चा बनाउनु राम्रो भए पनि एक-दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताए । उनले नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा […]
नागरिक रैबार/बाजुरा ६ साउन । नेकपा एमाले निकट बाजुराकाे युथ फाेर्स विभाग प्रमुखमा युवा नेता अमृत जाेशीलाई ताेकिएकाे छ । राष्ट्रिय युवा संघ नेपाल बाजुराकाे हिजाे बसेकाे दाेस्राे पूर्ण बैठकले जाेशीलाई बाजुरा जिल्लाकाे युथ फाेर्स विभागकाे प्रमुखकाे जिम्मेवारी ताेकेकाे सचिव विस्न कार्किले बताए । त्यस्तै साेहि विभागकाे उपप्रमुखमा अर्जुन कविन्द्र बाेहरालाई जिम्मेवारी दिईएकाे हाे । […]
नागरिक रैबार/बाजुरा ६ साउन।नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन युवा संघ नेपाल बाजुरा जिल्ला कमिटीले पूणर्ता पाएको छ । साउन ६ गते (हिजो) राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराका अध्यक्ष मिलन जंग अयडीको अध्यक्षतामा र केन्द्रिय कमिटी उपाध्यक्ष महाराज गुरुङको प्रमुख आतिथ्यता र नेकपा एमाले बाजुराका सचिव भरत थापा र राष्ट्रिय युवा सघ नेपाल […]
नागरिक रैबार/बाजुरा ६ साउन। नेपाली काँग्रेसका संस्थापक सभापति पहिलो जन निर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बाजुराले वृक्षारोपण गरेर दिवस मनाएको छ । नेपाली काँग्रेस बाजुरा र बडीमालिका नगर कार्य समितिको संयुक्त आयोजनामा शनिबार मार्तडीस्थित पार्टी कार्यालय परिसरमा विभिन्न प्रजातीका ५० बढी बोट बिरुवा रोपेको हो । मुलुकमा प्रजातन्त्रको स्थापनाका […]
काठमाडौँ– मुलुकमा जारी मनसुनी वर्षा केही सुस्त देखिएको छ । यस वर्षको वर्षा याममा कम पानी परेका कारण धान रोप्न किसानलाई समस्या भएको छ । पछिल्लो एक सातादेखि मनसुनी वर्षा पर्याप्त मात्रामा भएको छैन । भेगीय हिसाबले केही स्थानमा भारी वर्षा भए पनि देशभर निरन्तर वर्षा नहुँदा धान रोपाइँ प्रभावकारीरूपमा भएको छैन । कृषि तथा […]
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सभापति शेरबहादुर देउवालाई पूर्व गृहमन्त्री बालकृष्ण खाँण रोज्ने कि सरकार भनेर प्रश्न गरेका छन् । तीनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनले भने– ‘बालकृष्ण खाँणलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ । सभापतिज्यू, हाम्रो द्विविधा अचम्मकै छ । खाँणप्रति अन्याय भयो भन्ने हो भने यो सरकारबाट […]
४ साउन, काठमाडौं । ठूलो मात्रामा विदेशी मुद्रा अवैधरुपमा बाह्य मुलुक लैजादै गरेका चार जना व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-९ का २४ वर्षीय अनिस थापासहित अन्य तीन जना रहेका छन् । विदेशी मुद्रा लिएर हिमालयन एयरलाइन्सको उडानबाट यूएईको दुबई जान लासिबमकासबाविदेगेका थापा बुधबार राति पक्राउ परेका हुन् […]
४ साउन, काठमाडौं । सांसद डा. स्वर्णिम वाग्लेले मौद्रिक नीतिलाई धेरै भारी बोकाउन नहुने बताएका छन् । उनले पब्लिक फाइनान्स र प्राइभेट फाइनान्स दुवैमा समस्या रहेको भन्दै मौद्रिक नीतिलाई मात्र धेरै भारी बोकाउन नहुने बताए । प्राइभेट फाइनान्स उत्पादनमा केन्द्रित भएर अन्य क्षेत्रमा केही कसिलो हुनुपर्ने भन्दै उनले त्यसले राजस्वमा भने दबाब पार्न नहुने बताए […]