होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली नेपाल आउँदै
समाचार

चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली नेपाल आउँदै

  • नागरिक रैबार
चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली नेपाल आउँदै

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको एकपछि अर्को नेपाल भ्रमण हुँदैछ । चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आउन लागेको हो ।

नेकपा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवसको दिन साउन ७ गते बिहान ११ बजे छिमेकी मित्र रास्ट्र जन गणतन्त्र चीनका चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट व्युरो सदस्य युयान च्याच्युन नेपाल आउन लागेका हुन् । च्या २५ सदस्यीय टोलीसहित महत्वपूर्ण राजनीतिक भेटवार्ताका लागि नेपाल आउँदैछन ।

च्याको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामला प्रमुख याेया (सरला) नेपाल आइसकेकी छिन् । चिनियाँ विदेश विभागकी कुटनीतिज्ञले आफनो नेपाली नाम सरला राखेकी छन् ।

विज्ञापन

शनिवार नेपाल आइपुगेकी सरलाले च्याच्युनको भ्रमण तालिका र भेटघाटको तालिका मिलाइरहेकी छिन् । च्याच्युनले कम्युनिष्ट पार्टीका शीर्ष नेता र कांग्रेस सभापति शेरबहादुर देउवासंग भेटघाट गर्ने बताइएको छ ।

नेपाल–चीन सम्बन्धमा यो भ्रमणले विशेष महत्व राख्ने अपेक्षा गरिएको छ । आगामी सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको भ्रमण गर्ने तयारी छ ।

नेपालमा भारत र अमेरिकी नेताहरुको भ्रमण बाक्लिएपछि केही समययता चिनियाँ नेताहरुको नेपाल आउनेक्रम पनि बढेको छ । राताेपाटी बाट 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार