होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाँके । बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोक (वीरेन्द्र चोक) तनावग्रस्त भएको छ । स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने प्रयासमा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि तनाव भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहारसमेत गरेको छ । २०६२/६३ को जनआन्दोलनमा धम्बोजी चोकस्थित वीरेन्द्रको सालिक तोडफोड भएको थियो । त्यसपछि वीरेन्द्रको सालिक हटाएर त्यहाँ राष्ट्रिय […]
१९ जेठ, काठमाडौं । नेपालले यो वर्ष भारतमा बिजुली निर्यात सुरु गरेको छ । विद्युत् उत्पादन बढेर खपत हुन नसकेको बिजुली भारत निर्यात गर्न सुरु भएको हो । प्राधिरकणका अनुसार बुधबार मध्यरातदेखि त्रिशूली र देवीघाट जलविद्युत केन्द्रको बिजुली भारतका निर्यात गर्न थालिएको हो । प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजार […]
संघीय सरकारले आगामी आर्थिक वर्षमा सुदूरपश्चिमका ८८ पालिकामध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिकालाई अनुदान दिने भएको छ। अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत उपमहानगरपालिका ९६ करोड ४८ लाख रुपैयाँ संघिय सरकाबाट अनुदानका रुपमा पाउने भएको हो। चालू आर्थिक वर्षमा उपमहानगरपालिकाले ८८ करोड ३५ लाख अनुदान पाएको थियो। यस्तै प्रदेशका ८८ पालिकामध्ये सबैभन्दा कम भने बझाङको सुर्मा गाउँपालिकाले अनुदान […]
धनगढी: कैलालीमा एक थुनुवा हतकडीसहित फरार भएका छन्। इलाका प्रहरी कार्यालय सुखडमा राखिएका घोडाघोडी नगरपालिका–२ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय फरार भएका हुन्। जेठ १८ गते उपचारका लागि सुखडको घोडाघोडी अस्पतालमा लगिएकोमा फर्कने क्रममा उनी फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जेठ १४ मा पाण्डेयसहित प्रकाश शाह लागूऔषधको मुद्दामा पक्राउ परेका थिए। त्यसपछि […]
नागरिक रैबार/बाजुरा १९ जेठ।जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले फोरजि सहितको नेपाल टेलिकमको टावर निर्माण गर्ने निर्णय गरेको छ । गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरु आएर पदभार ग्रहण गरेसंगै बसेको गाउँपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको हो । गाउँपालिकाका स्थानीयहरुलाई संचारको पहुँचमा ल्याउन फोरजि सहितको टेलिफोन टावर निर्माण गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् । गाउँपालिकाको […]
नागरिक रैबार/बाजुरा १९ जेठ। जिल्लाको त्रिवेणी नगरपालिकामा उत्कृष्ट मेयर छात्रवृति पुरस्कार प्रदान गर्ने भएको छ । त्रिवेणी नगरपालिकाको पहिलो कार्यपालिकाको बैठकबाट प्रत्येक बर्ष नगरका सामुदायिक विद्यालयबाट एसइइमा उत्कृष्ट नतिजा ल्याउने एकजना छात्र र एक जना छात्रालाइ उत्कृष्ट मेयर छात्रवृति प्रदान गर्ने नगरपालिकाले निर्णय गरेको नगरपालिकाका नगर प्रवक्ता खेमराज गिरीले बताएका छन् । सामुदायिक विद्यालयमा अध्ययन […]
ओखलढुंगा र दाङ — वडा कार्यालयमा काम लिएर पुगेका सेवाग्राहीले पहिले कसलाई भेट्छन् ? सोझो जवाफ हुन्छ– कार्यालय सहयोगी । मिठो बोल्ने, काममा सघाउने कार्यालय सहयोगी नै वडाका जनप्रतिनिधि बन्दा के होला ? यसपटकको स्थानीय तह निर्वाचनमा प्रदेश १ र लुम्बिनीका दुई स्थानीय तहका कार्यालय सहयोगी वडाध्यक्षमा निर्वाचित भएका छन् । ओखलढुंगाको चिशंखुगढी–५ मा नेत्र भट्टराई र दाङको राप्ती–८ […]
नागरिक रैबार/बाजुरा १९ जेठ। जिल्लाको बुढीनन्दा नगरपालिकाले ७० वर्ष नाघेका जेष्ठ नागरिकको सेवालाइ पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेका छ । नगर कार्यपालिकाको पहिलो बैठकले जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षामा बिशेष ख्याल गर्ने निर्णय गरेको हो । नगरपालिकाले ७० वर्ष पुगेका सबै नागरिकको निशुल्क उपचार सेवा प्रदान गर्ने र घरमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय […]
काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ । निजी तवरका इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेको भन्दै आईस्पानले यस्तो चेतावनी दिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई कक्षा १२ को परीक्षाभर देशभर इन्टरनेट सेवामा अवरोध नहुने गरी व्यवस्थापन […]
नागरिक रैबार/बाजुरा १९ जेठ। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकामा बहु प्राबिधीक शिक्षालय खोल्ने निणर्य गरेको छ । बाजुरा, हुम्ला, मुगु र कालिकोट जिल्लालाई बेश बनाएर प्राबिधिक शिक्षालय खोल्ने निणर्य गरेको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन । त्यसै गरी गाउँपालिकामा फोर जि सहतिको नेपाल टेलिकमको टावर नर्मिाण गर्ने कृषि […]
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थित सिद्धबाबा माध्यमिक विद्यालयमा दलित समुदायका विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गरिँदै आएको छ । वडा कार्यालयको पहलमा दलितले उच्च माध्यमिक तहसम्म निःशुल्क अध्ययनको सुविधा पाएका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा रेसुङ्गा–८ को वडाध्यक्षमा निर्वाचित प्रकाश भलामीले पदभार ग्रहण गर्दा दलित, अति विपन्न र एकल महिलाका […]
२०५८ जेठ १९ गते शुक्रबार राति।करिब पौने नौ बजे। त्रिभुवन सदनस्थित खोपीबाट सैनिक कम्ब्याट लगाएर तत्कालीन युवराज दीपेन्द्र सोही भवनमै रहेको बिलियार्ड हल छिरे र अन्धाधुन्ध फाइरिङ सुरु गरे। सुरुमा सिलिङ र पश्चिम भित्तामा।केही सेकेन्डभित्रै बिलियार्ड टेबलको पूर्व छेउमा उभिएर शाही नातेदारसँग कुरा गर्दै आफ्ना बुबा तत्कालीन राजा वीरेन्द्रलाई फायर गरे। वीरेन्द्र लडे। उनलाई बहिनी […]
हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश १, मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। बिहीबार प्रदेश १, मधेस प्रदेश लगायत अन्य प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली […]
दक्षिण अमेरिकन च्याम्पियन अर्जेन्टिना र युरोपियन च्याम्पियन इटालीबीचको भिडन्तमा अर्जेन्टिना विजयी भएको छ।फाइनलिसीमा नाम दिएको प्रतियोगिताको उपाधि जित्ने क्रममा अर्जेन्टिना ३-० ले विजयी भयो। इंग्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लगि मार्टिनेजले २८ मिनेटमा पहिलो गोल गरेका थिए।कोपा अमेरिकन च्याम्पियन अर्जेन्टिनाका लागि डि मारियाले पहिलो हाफको इन्जुरी अग्रता दोब्बर पारे। पहिलो हाफमा २-० ले अघि […]
सप्तरी । सप्तकोशी नदीमा हाम फालेका एक व्यक्तिलाई सशस्त्र प्रहरीले उद्धार गरेका छन् ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित सप्तकोशी नदीमा बुधबार बेलुकी ७ बजेर १५ मिनेटतिर हाम फालेका व्यक्तिको उद्धार गरिएको सशस्त्र प्रहरी सप्तरीका उपरीक्षक प्रदीप खड्काले जानकारी दिए । उनका अनुसार झापाको कमल गाउँपालिका-५ निवासी ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बु सप्तकोशी पुलको बीचको नोजबाट नदीमा […]
बुढीनन्दा नगरको बैठकले गर्यो यस्ता निर्णयहरु (सूचिसहित) १ न्यायक समिती गठन । २ विषयगत समिती गठन। ३ कार्यपालिकाको प्रबत्ता गठन (जस्मा जङबिर रोकाया ) ४ जनप्रतिनिधिले अनिवार्य ड्रेस लगाउने र पालिकाको लोगो निर्माण गर्ने । ५ पद बाहाली गर्दा गरिएका निर्यको अनुमोदन गरेर कार्यनयन गर्ने । ६ कोल्टी क्षेत्रमा बिधुतको रास्ट्रय प्रशारण लाई जडानको पहल […]
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेकोबारे प्रष्टीकरण दिएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत् भेटघाटलाई अन्यथा नलिइदिन समेत उनले अपिल गरेका छन्। ‘काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाव समेट्न र सहकार्यका लागि पहल गर्न धेरैभन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका छौं,’ […]
नागरिक रैबार/बाजुरा १८ जेठ। बडीमालिका नगरपालिकाले बाजुराको सदरमुकाम समेत रहेको मार्तडी बजारको फोहोर मैलालाई व्यवस्थापन गर्ने निर्णय गरेको छ । बाजुराको मुटुका रुपमा रहेको सदरमुकाम मार्तडी बजारलाई सफा र स्वच्छ बनाउने गरी बजारको सरसफाई व्यवस्थापन गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् । प्रवक्ता पाध्यायका अनुसार नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधि आएर पदभार ग्रहण गरेसंगै […]
पोखरा । यती एयरलाइन्सले १६ जुन २०१७ मा आफ्नो फेसबुक पेजमा एयर होस्टेजको मुस्कानसहितको तस्बिर राखेर लेखेको थियो, “मुस्कान हाम्रो भाषा हो ।”तस्बिरमा मुस्काइरहेकी युवती चाहिँ किस्मी थापा थिइन् । उनको सामाजिक सञ्जाल नियाल्दा मुस्काइरहेका तस्बिर देखिन्छन् अनि देखिन्छन्, उनको एयरलाइन्स लक्ष्य र सपना ।फुटबल खेलाडी रोनाल्डोको फ्यान रहेकी थापाले दुई दिनअघि पनि उनै फुटबलरको […]
नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुराको सदरमुकाम मार्तडीसंगै जोडिएको बडीमालिका नगरपालिकाको पहिलो बैठकबाट गरिएका निणर्यहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । बुधबार नगरपालिकाको नगर प्रवक्तामा तोकिएका बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले कार्यपालिकाको पहिलो बैठकले गरेका निणर्यहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन् । कार्यपालिकाको बहुमतबाट पारित भएका बैठकका निणर्यहरु पत्रकार सम्मेलनको आयोजना […]