होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी फेरि मतदाता दर्ता कार्यक्रमलाई अघि बढाउने भएको छ । अब बढीमा १ महिनासम्म नयाँ मतदाताको नाम दर्ता गर्न सकिने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले रातोपाटीलाई जानकारी दिए जुन दिन निर्वाचनको मिति तोकिन्छ त्यही दिनबाट दर्ता कार्यक्रम रोकिने आयोगले यसबारे छिट्टै निर्णय गरेर नाम दर्ता प्रक्रिया अघि बढाउने […]
नागरिक रैबार/बाजुरा २० जेठ। बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरलेको सरुवा भएको छ ।प्याकुरेलको बडीमालिका नगरपालिकाबाट राष्ट्रिय सर्तकता केन्द्र सिंहदरबारमा सरुवा भएको हो । ०७८ चैत्र १३ गतेबाट बडीमालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका प्याकुरेल ३ महिना नपुग्दै सरुवा भएका हुन् । स्थानिय तह निर्बाचनको बेला बुढिगंगा नगरपालिकाको निर्वाचनमा अनुगमन समितिको संयोजक भएर […]
एमाले सांसद भीम रावलले पेट्रोलियम पदार्थमा भारतसँगको एकाधिकार तोड्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भारतसँगको एकाअधिकार तोडेर अन्य देशबाट पनि पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने बताएका हुन् । ‘पञ्चायत कालमा पनि खुला बजारबाट बाहिरी देशबाट बच्चा तेल ल्याएर, भारतमा प्रशोधन गरेर नेपालमा सहउत्पादन […]
अभिनेता पल शाहलाई रिहाइको माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन भएको छ । शाहका फ्यानहरुले ‘न्याय निरुपण कायम गर, अदालतमा हुने भ्रष्टाचार अन्य गर, निर्दोषलाई फसाउन पाइँदैन, पुरुष हिंसा बन्द गर, पल शाहलाई न्याय दे, महिलाको अधिकार सुनिश्चित गर’लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । बिहीबार मात्रै उच्च अदालत पोखराले शाहलाई रिहा नगर्ने आदेश दिएको थियो […]
धनगढीः बझाङमा यार्सा संकलनका क्रममा हिम पहिरोमा परि एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्मा गाउँपालिका १ नाउलाकी ३० वर्षीया सिन्की बोहरा रहेकी छन्। बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेको बेला माथिबाट खसेको हिमपहिरोमा परि बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनीसँग रहेका अरु भने भागेर बाँच्न […]
नागरिक रैबार/बाजुरा २० जेठ। बडीमालिका नगरपालिका वडा नं. ९ मा कल सेन्टर स्थापना गर्ने निणर्य गरेको छ । वडामा आज बसेको वडा समितिको पहिलो बैठकले वडाको सेवा क्षेत्र भित्रका सेवाग्राहीहरुको जनगुनासोलाई सम्वोधन गर्न नेपाल टेलिकमसंग समन्वय गरि वडा कार्यालयमा कल सेन्टरको स्थापना गर्ने निणर्य गरेको वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् । कल सेन्टरमा सेवाग्राहीहरुको […]
एक १४ वर्षीया किशारीलाई आफन्तले नै भारत लगेर बलात्कार गरेको आरोप लागेको छ । रौतहटकी ती किशोरीलाई नातामा फुपाजु गर्ने पर्नेले भारतमा लगेर बलात्कार गरेको आरोप लागेको हो । किशोरीलाई सामाजिक अभियन्ता सरोज रायको टीमले भारतबाट उद्धार गरेर गरेर ल्याई प्रहरीमा उजुरी दिएको छ । रायको टीमका सदस्य बच्चालाल यादवले आफूहरु उद्धार गर्न भारतको सीतामढीसम्म […]
काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘जवान’ सन् २०२३ को जुन २ मा प्रदर्शन हुने भएको छ । शुक्रबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको टिजर सार्वजनिक गरिएको हो । दक्षिण भारतीय निर्देशक एट्लीसँगको सहकार्यमा शाहरुखको कम्पनी रेड चिल्लीले फिल्म निर्माण गर्न लागेको हो । एक्सन इन्टरटेनर फिल्ममा अभिनेत्री नयनतारा नायिकाको रुपमा हुनेछिन् । […]
बझाङ — रेडियोको स्टुडियो भित्र पसेर एक व्यक्तिले पत्रकारलाई कुटपिट गरेका छन । जिल्ला सदरमुकाम चैनपुर स्थित जयपृथ्वी एफएम कार्यरत पत्रकार कर्ण धामीलाई सुर्मा गाउँपालिका–४ का खडक बोहराले कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की समेत दिएका छन् । मदिरा सेवन गरेर स्टुडियोमा पसेका बोहराले रेडियोमा प्रसारण हुने श्रद्धाञ्जलीको विषयमा कुरा गर्ने क्रममा आफूमाथि कुटपिट भएको […]
मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१ स्थित स्कुलमा सञ्चालन भइरहेको लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका-२ बस्ने ४२ वर्षीय दिपेन्द्रप्रसाद बास्ताकोटी बिहीबार बिहान पक्राउ परेका छन् । महोत्तरी साविक पोखभिण्डा गाबिस बस्ने अभय कुमार यादवको ठाउँमा बास्ताकोटीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी लोकसेवा आयोगको […]
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले गरिब जनता मूल्य वृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेकी छिन् । सचेतक भुसालले रुस-युक्रेन युद्धका कारण पनि नेपाली जनता पेट्रोलियम पदार्थको कारण मूल्य वृद्धिको मारमा पर्नु परेको स्पष्ट पार्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले जलविद्युत, सौर्य ऊर्जालगायतका ऊर्जा क्षेत्रको विकासमा विशेष […]
काठमाडौं । देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । स्थानीय वायु र भारतको उत्तरप्रदेशबाट बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम […]
काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसागै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो । यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत, तराईका बाटछोमा सञ्चालन हुनको […]
वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण अर्यालसहित स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधिबीच बिहीबार भएको छलफलमा सरोकारवालाले बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाइएको मन्त्रालयले जनाएको छ […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले आज काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोलको अवलोकन गरेका छन् । स्थानीयको समस्या र गुनासा सुनेपछि मेयर साहले तत्कालको लागि केमिकल राखेर गन्ध हटाउने उपाय अपनाउने आश्वासन दिए । केमिकल हालिसकेपछि गन्ध हराउन एक हप्ता लाग्ने उल्लेख गर्दै उनले भने, ‘एक […]
नागरिक रैबार/बाजुरा २० जेठ। बडिमालिका नगरपालिकाका जेष्ठ नागरिकहरुको सम्मानका लागि दुई दिने कार्यक्रम सम्पन्न भएको छ । बडिमालिका नगरपालिका वडा न ८ र ९ का जेष्ठ नागरिकहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो । बडिमालिका नगरपालिकाको आर्थिक सहयोग तथा बडिमालिका जेष्ठ नागरिक कल्याण संस्था र अपाङ्ग कल्याण संघ मार्तडी बाजुराको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको बडिमालिका […]
नागरिक रैबार/बाजुरा २० जेठ। बुढीगंगा नगरपालिका ९ बासुरेका चन्द्रबहादुर शाहीका १६ बर्षिया छोरा धर्म शाही मृत्त फेला परेका छन् । घरबाट चार दिन पहिला मात्र काठमाण्डौ गएका थिए । काठमाण्डौ जिल्लाको कागेश्वर मनोहरा नगरपालिका ६ मुलपानीको लक्ष्मीनारायण मन्दिर नजिक रहेका ब्रदी प्रसाद कुईकेलको खाली जग्गामा जेठ १९ गते बिहान मृत्त अवस्थामा फेला परेका मृतकका अंकल […]
नागरिक रैबार/बाजुरा २० जेठ। बाजुरा जिल्लामा रहेका आर्थिक अवस्ता कमजोर भएका बालवालिका तथा एकल महिलाहरुलाई यूनिसेफ नेपालको आर्थिक सहयोग र वास नेपालको सहकार्यमा महिला तथा बालवालिकालाई आर्थिक सहयोग गर्दै आएको छ । बडिमालिका वडा न.९मा एक कार्यक्रमको आयोजना गरी यूनिसेफ नेपाल र वास नेपालको सहयोगमा एकल महिला दुई जना र दुई बालवालिकालाई गरि पांच हजार […]
काठमाडौँ — तीन वर्षअघि काम गरेको सञ्चार संस्थाका सञ्चालकको प्रेम प्रस्ताव अस्वीकार गर्दा निरन्तर मानसिक यातना खेप्दै आएकी पत्रकार कञ्चन न्यौपानेले प्रहरीमा पुग्दासमेत न्याय नपाएको बताएकी छन् । प्रेम प्रस्तावलाई सौहार्दपूर्ण ढंगले अस्वीकार गर्दा पिछा गरेर आफू, परिवार, साथीलाई दुःख दिएको तथा आफू कार्यरत नयाँ संस्थालाई बदनाम गरेको भन्दै उजुरी लिएर जाँदा प्रहरीको साइबर ब्युरोले हतोत्साही […]
८ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका रिकार्डो होर्टाले गोल गरेपछि पोर्चुगलले नेसन्स लिगको पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको छ । यसअघि स्पेनका लागि खेलको २५ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८२ औँ मिनेटमा होर्टाले जोआ क्यान्सेलोको पासमा गोल गर्दै खेल बराबरी गरे । होर्टाले पछिल्लोपटक सन् २०१४ मा […]