होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, २५ जेठ । गत स्थानीय तहको निर्वाचनको समिक्षा गर्न बोलाइएको जनता समाजवादी पार्टी धनुषाको बैठकमा कुटाकुट भएको छ।लक्ष्मीनियामास्थित होटल ढावामा भएको बैठकमा कुटाकुट भएको हो । बैठकमा अध्यक्ष उपेन्द्र यादव पनि उपस्थिति थिए । कुटाकुट हुँदा ३ जना कार्यकर्ता घाइते समेत भएका छन् । सबैला नगर अध्यक्ष वैधनाथ रायले चुनावमा आफुलाई केही समुहले अन्तरघात […]
जनता समाजवादी पार्टीकी नेता एवम् पूर्व विद्यार्थी नेता मानुषी यमी भट्टराई काठमाडौंबाट चुनाव लड्ने तयारी गरेकी छिन् । आगामी प्रतिनिधि सभा चुनावमा मानुषीले काठमाडौं क्षेत्र नम्बर ५ वा ७ बाट चुनाव लड्ने तयारी भई रहेको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले बताए । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरकी स्ववियू सचिव समेत भएकी मानुषीले पार्टीबाट संघको चुनाव लड्न […]
एजेन्सी । मोबाइल तथा कम्युटरमा अनलाइनमा खेलिने खेल पब्जी खेल्न नदिएको रिसमा भारतमा एक किशोरले आफ्नै आमाको हत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशस्थित लखनाउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीका १६ वर्षीय किशोरले ४० वर्षीया आमालाई गोली प्रहार गरी हत्या गरेका हुन् । आमाको हत्याको तीन दिनपछि ती किशोरले बुबालाई फोनमार्फत जानकारी दिएका थिए […]
धनगढी: अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाही मृत्यु प्रकरणमा अनुसन्धानका लागि पाँच जनालाई नियन्त्रणमा लिइएको छ। मंगलबार साँझ सीआइबीले पाँच जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। ‘सीआईबीले हिजो साँझ पाँच जनालाई सामान्य सोधपुछका लागि नियन्त्रणमा लिएको हो, अहिले घटनाको अनुसन्धान सीआईबीले नै गरिरहेको छ,’ जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश […]
धनगढी: सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला सञ्चारविहीन भएका छन्। अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएकाले मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले जानकारी दिए। सुदूर पहाडका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारविहीन भएको टमाटाले बताए। मङ्गलवार दिउँसो २ बजेदेखि अवरुद्ध रहेको टेलिकमको सेवा अझै सञ्चालन हुन […]
चिनियाँ सीमा नजिकैको नेपाली गाउँ तिंकरमा पहिलो पटक फोन पुगेको छ।दार्चुला जिल्लाको व्याँस गाउँपालिका-१ को तिंकरमा सोमबार नेपाल टेलिकमको एनटीसेट प्रविधिमार्फत् दुई वटा फोन जोडिएको हो। पहिलो पटक फोन पुगेपछि तिंकरबासीमा खुसीयाली छाएको छ। फोन जडान भएसँगै स्थानीयले बाहिर रहेका आफन्तसँग कुराकानी गरेका छन्।व्याँस- १ का वडा सचिवसमेत रहेका स्थानीय विनोदसिंह बुढाथोकीका अनुसार तिंकर गाउँ […]
दार्चुला । दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ । घर नजिकैको खरको लुटोमा आगो लगाएर महिलाको हत्या भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले जानकारी दिए । घटनाको अनुसन्धानको लागि प्रहरी चौकी […]
काठमाडौँ — सामुदायिक विद्यालयको पुस्तक उत्पादन र बिक्रीवितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्रको केन्द्रीय डिपो भक्तपुर सानोठिमीमै पाठ्यपुस्तकको अभाव देखिएको छ । केन्द्रीय डिपोसहित सबै प्रदेशका ९ वटै डिपोमा मागअनुसार पुस्तक पुग्न सकेको छैन । सबैभन्दा बढी अभाव कक्षा ५, ६ र ८ का पुस्तकको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका जनक शिक्षा प्रतिनिधि नारायण […]
सुर्खेत — जिल्ला अस्पताल ल्याएको एक घण्टामै हुम्लाको सिमकोट गाउँपालिका–५ तल्लोगाउँकी १ वर्षीया प्रतिज्ञा रावतको ज्यान गयो । दुई दिनदेखिको झाडाबान्ता नरोकिएपछि उनलाई बल्ल परिवारले अस्पताल पुर्याएका थिए । उनलाई दूषित पानीका कारण झाडापखाला भएको उपचारमा संलग्न चिकित्सकले बताए । अस्पतालका डा. रोशन खनालले प्रतिज्ञालाई अस्पतालमा अन्तिम अवस्थामा पुर्याएकाले बचाउन नसकेको बताए । ‘बान्ता र पखाला नरोकिएका कारण शिथिल […]
१७ जेठको दिउँसो मामाघरमा सात वर्षीया बालिका खेलिरहेकी थिइन् । आफ्नै उमेरका बालबालिकासँग खेलिरहेकी बालिका एक्कासी हराइन् । अबोध बालिका एक्कासी हराएपछि गाउँघरमा खैलाबैला मच्चियो । खेल्ने ठाउँबाट केही घण्टा हराएकी बालिका जब बलात्कृत भएको थाहा भयो, तब उनका बाबुआमा मर्माहत बने । पीडित बालिकाको बयान र परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले ६० वर्षीय एक […]
गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा प्रकाण्डबीच भेटवार्ता भएको छ। आज गृह मन्त्रालयमा भएको वार्तामा प्रवक्ता प्रकाण्डले विभिन्न बहानामा थुनामा रहेका पार्टीका नेता–कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ताको माग राखेका थिए। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेकपाका थुनामा रहेका नेता कार्यकर्ताको कानुन अनुरुप रिहाइ र मुद्दा फिर्ता लिने प्रक्रिया […]
काठमाडौं । आगामी तीन महिना सडक विभाग मातहतमा रहेका सडक खन्न नपाइने भएको छ । सडक विभागले सूचना जारी गरी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने र जबरजस्ती खनेमा कारबारी गर्ने चेतावनी दिएको हो । विभाग मातहतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सूचना जारी गरी बर्खायाम सुरु भइसकेकोले असार १ गतेदेखि […]
काठमाडौं । गत फागुनमा एएफसी एसियन कप छनोटको तेस्रो तथा अन्तिम चरणका लागि ड्र हुँदा नेपाल कठिन समूहमा पर्यो ।समूह ए मा परेको नेपालले दुई पुरानै प्रतिद्वन्द्वी जोर्डन र कुवेतसहित इन्डोनेसियासँग खेल्नुपर्ने भयो । त्यसबेला नेपालका लागि दुई ठूला चुनौती थिए । पहिलो तीन वटै टिम नेपालभन्दा बलियो र कुवेत अर्थात सेन्ट्रल भेन्युमा खेल हुनु […]
काठमाडौं । विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रले निवेदन आह्वान गरेको छ ।काठमाडौंमा भाडामा बसेर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीका लागि निवेदन आह्वान गरिएको हो । सम्बन्धित विद्यार्थीले अनलाइनबाट फाराम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी […]
सरकारले २७ जिल्लाका पाँचदेखि एघार वर्ष उमेर समूहका बालबालिकालाई पहिलो चरणमा कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असार ९ गतेदेखि १५ गतेसम्म पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने तयारी गरिएको हो । सोही समूहलाई दोस्रो मात्रा खोप भने साउन २ गतेदेखि ८ गतेसम्म लगाइने भएको छ । […]
अछाम: अछाममा मृत फेला परेका किशोर विनोद शाहीको शव ४ दिनसम्म पनि उठ्न सकेको छैन। पञ्चदेवल विनायक नगरपालिका– ४ का १६ वर्षीय विनोद शाही शनिबार बिहान घर नजिकैको भिरमा मृत अवस्थामा फेला परेका थिए। यहि जेठ २१ गते बिहान करिब १० बजे नै किशोरको शव भेटिएको भए पनि मृतकका आफन्तले उनको शव उठाउन दिएका छैनन्। […]
काठमाडौं, २४ जेठ । सरकारले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा शरद विक्रम राणालाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । निर्णयहरु पत्रकार सम्मेलन गरी गृहमन्त्री बालकृष्ण खाणले आज सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद्को बैठकले तेजाब तथा अन्य घाटक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था […]
काठमाडौं । पेरिस सेन्ट जर्मेइन (पीएसजी)का फ्रान्सेली सुपरस्टार केलियन एम्बाप्पे विश्वकै मूल्यवान फुटबल खेलाडी भएको एउटा अनुसन्धान संस्थाले दावी गरेको छ । सीआईईएस फुटबल अब्जरभेटरीले गरेको अनुसन्धानअनुसार २३ वर्षीय एम्बाप्पे शीर्ष स्थानमा रहँदा भिनिसियस जुनियर र अर्लिङ हलाण्ड क्रमसः दोस्रो र तेस्रो स्थानमा छन् । हालै रियल मड्रिडको प्रस्ताव अस्वीकार गरी पीएसजीमै रहने निर्णय गरेका […]
जेठ, बैतडी । बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।मंगलबार दिउँसो १२ बजेर ४९ मिनेटको समयमा बैतडीको दोगडाकेदार गाउँपालिकाको देउलेक केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का बैतडीसहित बझाङ, दार्चुला र भारतको पिथौरागडमा समेत महसुस गरिएको थियो ।भूकम्पबाट भएको क्षतिको विवरण भने अहिलेसम्म आएको छैन ।
नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा गोली चलाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सरावल गाउँपालिका–४ मंगलापुरका २८ वर्षीय हर्षराम यादव छन् । जेठ २३ मा उनले जिल्ला अदालत परिसरमा १ राउण्ड फायर गरेका प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई सुनवल नगरपालिका–९ स्थित बनकट्टीबाट पक्राउ गरिएको नवलपरासी पश्चिमका एसपी ऋषिराम कँडेलले रातोपाटीलाई […]