होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं: रोल्पामा माटोको ढिस्कोले पुरिएर एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीका अनुसार परिवर्तन गाउँपालिका–५ दाउन्ने भिरका प्रकाश खड्काका छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएकोे हो। परिवर्तन-५ दाउन्ने भिरस्थित भित्री सडक खन्ने क्रममा रोकिराखेको एक्साभेटरमा खेलिरहेका दुई […]
काठमाडौं : गुल्मीमा श्रीमतीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। शनिबार मदाने गाउँपालिका–४ की २४ वर्षीया महिलाले आफ्नै श्रीमानविरुद्ध जिल्ला प्रहरी कार्यालयमा बलात्कारको जाहेरी दिएकी हुन्। उनको जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय पुर्कोटदहले निजका श्रीमानलाई पक्राउ गरी अनुसन्धान गरिरहेको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले बताए। प्रहरीका अनुसार महिलाले आफ्नो श्रीमानले डर, धाक, […]
सांसद लक्ष्मीकुमारी चौधरीले जनताले भ्यू टावर सभाहल भन्दापनि ढल निकास, फोहोर व्यवस्थापन चाहेको बताएकी छिन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले त्यस्ता कुराहरुमा सरकारले ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्– ‘बर्खामा पानी परेपछि शहरमा ढल निकास नभएर महिनौंसम्म घर डुबानमा पर्ने अवस्था देखिन्छ । त्यसको निकासका लागि शहरी विकास मन्त्रालयले विशेष ध्यान दिओस् […]
भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-८ बोडेमा पुरुषको शव भेटिएको छ । बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा थिमी नगरपालिका ८ बस्ने ५१ वर्षीय कल्याण साहु मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताए । उनका अनुसार साहुको हत्या भएको आशंकामा केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको […]
पूर्व प्रधानसेनापति रुक्माङ्गत कट्वालको मिर्गौलामा समस्या देखिएको छ । दुवै मिर्गौलामा समस्या देखिएपछि सैनिक अस्पतालमा छाउनीमा कट्वालले उपचार गराएका छन् । उपचारपछि उनलाई शुक्रवार डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ । सैनिक अस्पतालका चिकित्कसहरुका अनुसार कट्वालको दुवै मिर्गौला नियमित डायलासिस गर्नुपर्ने भएको छ ।
बैतडी । बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई कारबाही र जरिवाना हुने भएको छ । सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो । यसका साथै वडास्तरमा राष्ट्रिय […]
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै त्यसको जवाफ दिन सरकारसँग माग गरेका छन् । पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका सांसद अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप सरकारले कमिशन लिएको कारण हराएको आशंका गर्दै त्यसबारे संसदमा यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका हुन् । आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक […]
धनगढी : भारतबाट स्वदेश फर्केका एक पुरुषको मृत्यु भएको छ। अछामको चौरपाटी गाउँपालिका वडा नम्बर १ का ३५ वर्षीय धनबहादुर शाहको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकास जोशीले मृत्युको कारण खुल्न नसकेको बताए। भारतबाट फर्केर शाहसहित केही व्यक्ति धनगढी बसपार्कको होटेलमा बसेका थिए,’ डिएसपी जोशीले भने, ‘शाह बिरामी भएपछि सेती […]
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका दलले समेत प्रश्न उठाइरहेकाबताए । प्रधानमन्त्रीको भ्रमण राजकीय, सद्भावना अथवा व्यापारिक कुन प्रकारको हो भन्ने विषय संसदमा जानकारी […]
धनगढीः बर्सातको बेला खाद्यसंकट हुने सुदूरपश्चिमका दुर्गम पहाडी जिल्लामा सडक बन्द हुने समस्या छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीले वर्षा सुरु हुनअगावै ती क्षेत्रमा खाद्यान्न ढुवानी गरिसक्नुपर्ने बाध्यता छ। तर, बर्खाका लागि पठाइने खाद्यान्न भण्डारण गर्ने समस्या भने कायमै छ। साउनदेखि असोजसम्म खाद्यसंकट हुने क्षेत्रमा खाद्यान्नको माग हुन्छ। तर, बर्खा लाग्नुअघि ढुवानी गरेको खाद्यान्न […]
बझाङ — वैशाख ८ गते २३ वर्षीया सपना (नाम परिर्वतन) का आफन्तको बिहे थियो । घरभन्दा आधा घण्टा पर बिहेको निम्तो खान गएकी उनी घर फर्किने क्रममा यौन हिंसामा परिन् । जन्मजात दृष्टिसम्बन्धी अपांगता भएकी उनलाई छिमेकी आफन्तले घर पुर्याउन सहयोग गर्ने भन्दै उनको हात समाते । रात परिसकेको थियो । चिनेकै आफन्त भएको हुनाले उनले पनि विश्वास गरिन् । […]
पोखरा- गत बैशाख २६ गते । एक महिलाको अश्लिल भिडियो खिचे । त्यसपछि उनले चरित्र हत्या गर्ने धम्की दिए । सामाजिक सन्जालमा हालिदिने उनको धम्की थियो । भिडियो डिलिट गर्न ति महिलाले पटक पटक आग्रह गरिन् । मानेनन् । उनले भिडियो हटाउने भए ५० लाख दिन भने । पीडित महिलाले ३ लाख रुपैयाँ दिइन् । […]
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक–शिक्षिका विद्यालयमा अध्ययनरत तीन असहाय र ११ अत्यन्त विपन्न परिवारका विद्यार्थीको अवस्था देखेर चिन्तित छन् । अरुले दिएमात्र खान पाउने, नभए विद्यालयले दिने दिवाखाजाका भरमा दिन बिताउन बाध्य कक्षा ३ मा अध्ययनरत बाबुआमाविहीन ११ वर्षीया अञ्जु परियार, साथीहरूको घरमा आश्रय लिएका कक्षा ६ मा अध्ययनरत पुजन […]
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९र८० को बजेटमा स्वास्थ्य शिक्षामा वर्षको दुई पटक विद्यार्थी भर्ना गर्ने भनी गरेको घोषणा हचुवा रहेको यस क्षेत्रका जानकारहरुले बताएका छन् । नेपाली विद्यार्थीलाई मेडिकल शिक्षा अध्ययनका लागि विदेशिन रोक्ने र विदेशी मुद्रा वचत गर्ने भन्दै अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमा यो कार्यक्रम समावेश गरेका थिए । चिकित्सा शिक्षाका जानकार […]
काठमाडौं । देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश नं १, मधेस , बागमती र गण्डकी प्रदेशका भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव […]
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद् सम्बन्धी सामान्य तालिम सम्बन्धित मन्त्रालयका मन्त्री, कर्मचारी र प्रमुख जिल्ला अधिकारी ( सीडीओ) लगायतलाई पनि आवश्यक भएको बताएका छन् । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा गत वैशाख २५ गतेदेखि सुरु भएको गोताखोर तालिमको शनिबार समापन गर्दै गृहमन्त्री खाँणले सो धारणा राखेका हुन् । दश जना […]
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ । महासचिव अध्यक्ष तथा उपमहासचिव र सचिवहरू सदस्य रहने एमाले केन्द्रीय कार्यालयको बैठकले सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकका कार्यसूचीहरू निर्धारण गर्ने नेकपा एमालेले जनाएको छ । एमालेले केन्द्रीय सचिवालयको बैठक सोमबार दिउँसो एक बजे […]
काठमाडौँ — बलात्कार तथा यौन हिंसाको उजुरीमा हदम्याद हटाउने विषयमा कांग्रेस र एमाले एकमत देखिएका छन् । माओवादी सांसद भने हदम्याद बढाउनुपर्ने पक्षमा उभिएका छन् । सरकारले संसद्मा पेस गरेको यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न जारी अध्यादेशको प्रतिस्थापन विधेयकमा संशोधन प्रस्ताव राख्ने क्रममा सत्तारूढ दलका सांसदको फरक धारणा आएको हो । मुलुकी अपराध संहिता २०७४ को दफा […]
पोखरा — उच्च अदालत पोखराको पहिलो तलामा २२ महिने शिशु यताउता दौडिरहेका छन् । हाँस्दै, रमाउँदै घरी वल्लो ढोकामा पुग्छन्, घरी पल्लो भित्तामा । उन्मुक्त शिशुलाई हेर्दै उनीहरूका हजुरबुबा र हजुरआमा टोलाइरहेछन् । एक नम्बर बेन्चमा तीन नम्बर पेसीको पालो पर्खेर बसिरहेका उनीहरूलाई आफ्ना छोरा बाल सुधार गृहबाट छुट्ने झिनो आस छ । दुई नाबालिगबीचको […]
काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । राति २:३६ मिनेटमा ४.७ म्याग्नेच्युटको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चागुनारायण क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यो नयाँ कम्पन नभई गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रले जनाएको छ । राति भूकम्पको धक्का महसुस भएपछि काठमाडौं उपत्यकावासी त्रसित […]