होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, ६ असार । नेकपा एमालेका नेता लालबाबु पण्डितले अर्थमन्त्री जनार्दन शर्मा राजीनामा गरी जेल जान तयार हुनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पण्डितले भने, “बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिसँग साँठगाँठ गरी निश्चित व्यक्ति र संस्थालाई लाभ पुग्ने हिसाबले राजस्वको दरहरु परिवर्तन […]
काठमाडौं । स्वस्तिमा खड्का र अर्पण थापा स्टारर फिल्म ‘चिसो मान्छे’ले पहिलो सप्ताहन्तमा १ करोड २८ लाख रुपैयाँ ग्रस ओपनिङ गरेको छ । फिल्मले शुक्रबार ४१ लाख, शनिबार ६२ लाख र आइतबार २५ लाख ग्रस कमाइ गरेको विवरण प्राप्त भएको छ । सकारात्मक समीक्षा प्राप्त गरेको फिल्मको व्यावसायिक भविष्य ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ । […]
बैतडी । बैतडीमा आज सोमबारदेखि चार दिनका लागि विद्युत् सेवा बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार सोमबारदेखि असार १० गतेसम्म चार दिन बैतडीमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो । विद्युत् सबस्टेशन मर्मत गर्ने कार्य सुरु हुने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भट्टले बताए । उनले […]
काठमाडौं । सशस्त्र प्रहरी बलका ३७ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिसमा परेका छन् । बढुवा समितिले यही असार ५ गते गरेको निर्णय अनुसार बढुवा सिफारिसमा परेकाहरुको नामावली सशस्त्र प्रहरी बलले सार्वजनिक गरेको छ । ज्येष्ठताक्रमको पहिलो नम्बरमा टोपबहादुर डाँगी बढुवा सिफारिसमा परेका छन् । त्यसपछि क्रमशः हस्तबहादुर गुरुङ, तुलबहादुर भण्डारी, सुमन थपलिया, जीवन केसी, […]
धनगढी: सोमबार सुदूरपश्चिम प्रदेशको मौसम बद्ली भई पहाडी क्षेत्रमा वर्षा भएको छ। मौसमविद् सजिना शाक्यका अनुसार पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा भएको हो। प्रदेशमा अझैँ मनसुन सक्रिय नभएको र पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण हल्का वर्षा भएको उनले बताइन्। त्यस्तै, आज लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। कर्णाली प्रदेशको पनि मौसम बद्ली […]
बाजुरा- नागरिक रैबार/बाजुरा ५ असार । हिमाली गाउँपालिकाको प्रवक्तामा भिमानन्द पाण्डेलाई तोकिएको छ । गाउँपालिमा आज नवनिर्वाचित कार्यपालिकाकाे पहिलाे बैठकबाट हिमाली ४ का वडा अध्यक्ष समेत रहेका पाण्डेलाई पालिकाको प्रवक्तामा तोकिएका हो । त्यस्तै पालिकाको पहिलो बैठकले गरेको निर्णय सार्बजनिक गर्दै स्वास्थ, शिक्षा, खानेपानी र विद्युतमा विशेष लगानी गर्ने गाउँपालिकाले जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कारबाहीको माग गर्दै उजुरी परेको छ । संघीय संसद सचिवालयमा आइतबार उनीविरुद्ध उजुरी परेको हो । सांसदसमेत रहेका आलेलाई सांसदको आचारसंहिता उल्लंघन गरी अपशब्द बालेको तथा धम्क्याउनु कार्यमा संलग्न भएकाले कानुनी कारबाहीको माग गर्दै सचिवालयमा उजुरी परेको हो । अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराई तथा कानुनकी विद्यार्थी […]
धनगढीः संघीय सरकारले आगामी आर्थिक वर्षमा सुदूरपश्चिमका ८८ पालिकामध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिकालाई अनुदान दिने भएको छ। अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत उपमहानगरपालिका ९६ करोड ४८ लाख रुपैयाँ संघिय सरकाबाट अनुदानका रुपमा पाउने भएको हो। चालू आर्थिक वर्षमा उपमहानगरपालिकाले ८८ करोड ३५ लाख अनुदान पाएको थियो। यस्तै प्रदेशका ८८ पालिकामध्ये सबैभन्दा कम भने बझाङको सुर्मा गाउँपालिकाले […]
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहलाई दिने अनुदान घटाएको छ। आकार बढाएर बजेट ल्याएको प्रदेश सरकारले अन्तर सरकारी हस्तान्तरणबाट स्थानीय तहलाई दिने अनुदान भने घटाएको हो। असार १ गते प्रदेशसभामा आर्थिक मामिला मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका थिए। अन्तर […]
धरान उपमहानगर प्रमुख हर्कराज राईले प्राय: श्रमदानमा रमाएको पाइन्छ । शनिवार पनि उनी खानेपानीको लागि धरानकै पकुवा खोलामा श्रमदानमा व्यस्त भए। खानेपानीको मुद्दा उठाएर उपमहानगर प्रमुखमा निर्वाचित भएपछि उनी खानेपानी संरचनाको मर्मत, वितरण र नयाँ स्रोत खोजीमा केन्द्रित भएका छन् । धरानको मुख्य समस्या खानेपानी हो। यो विषय हरेक चुनावमा एजेन्डा बने पनि पानी वितरणको […]
शुक्रबारबाट देशभर प्रदर्शनमा आएको फिल्म हो ‘चिसो मान्छे’ । देशभर एकसाथ प्रदर्शनमा आएको फिल्मले शुक्रबार भन्दा शनिबार राम्रोदर्शक पाउन सफल भएको छ । फिल्मले शनिबार देशभरको हलमा प्रायः हाउस फुलको ब्यवसाय गरेको निर्देशक दीपेन्द्र के खनालले बताए । ‘फिल्म जतिले हेरेका छन् । राम्रो प्रतिक्रिया दिएका छन्’ निर्देशक खनालले भने, ‘शुक्रबार फिल्म हेर्ने दर्शकको राम्रो […]
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान साइकलबाट लडेका छन् । साइकल चलाइरहेको बेला सन्तुलन गुमाएर राष्ट्रपति बाइडेन साइकलसहित लडेका हुन् । सँगै यात्रा गरिरहेका सुरक्षा दलका सदस्यहरूले उनलाई उठाएका थिए । उनले लगाएकाे जुत्ता साइकलको पेडलमा अड्किएपछि उनले सन्तुलन गुमाएका थिए । बाइडेनले उडेर आफू ठीक रहेको बताए । ह्वाइटहाउसका एक अधिकारीले उनको […]
काठमाडौं । काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् ।उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिइन् । त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए । गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालीमा २४ जनाले […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गरिसकेको छ। झण्डै पौने ३७ अर्बको बजेटमा प्रत्येक अनुच्छेदमा नारा भेट्न सकिन्छ। अधिकांश कार्यक्रम नारामा नै अडिएको प्रदेशको बजेटले ‘आत्मनिर्भर कृषि, प्रदेशको समृद्धि’ नारा दिएर आगामी आर्थिक वर्षको कृषितर्फको बजेट ल्याएको छ। ‘नमुना गाउँ आफै बनाउँ’ नारा दिएर २५ करोड विनियोजन गरिएको छ। आगामी […]
नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी) मा नेपालले कुनै पनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् । एसपीपी सम्झौताबारे भन्दै बाहिर आएको मस्यौदा नेपालको हितमा नरहेको रायमाझीको दाबी छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीलेभने–‘एसपीपीको ऐतिहासिक पृष्ठभूमिको बारेमा अझै प्रष्ट र यथार्थ […]
चलचित्र ‘म’ को टिजर सार्वजनिक भएको छ । चलचित्रसम्बन्धी अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको पहिलो चलचित्र ‘म’ को टिजर कलेजका विधार्थी र कलाकारहरूबीच सार्वजनिक गरिएको हो । यो चलचित्र आगामी २० साउनमा प्रदर्शन हुने मिति तय भएको छ । चलचित्रको टिजरमा मुख्य कलाकारहरू निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता […]
सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ । कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा रु एक अर्ब ४३ करोड ५३ लाख भुक्तानी गरेको हो । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९६ योगदानकर्तालाई रु १९ करोड ४५ लाख छ हजार ९७९ र […]
जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीकाअनुसार उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए । घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान […]
दाङ । दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ ।तुलसीपुर उपमहानगरपालिका-५ बस्ने युवतीमाथि चार जना युवाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका-९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा युवतीमाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिए । एसपी काफ्लेका […]