होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमको मौसम बद्ली, केही ठाउँमा हल्का वर्षा
समाचार

सुदूरपश्चिमको मौसम बद्ली, केही ठाउँमा हल्का वर्षा

  • नागरिक रैबार
सुदूरपश्चिमको मौसम बद्ली, केही ठाउँमा हल्का वर्षा

धनगढी: सोमबार सुदूरपश्चिम प्रदेशको मौसम बद्ली भई पहाडी क्षेत्रमा वर्षा भएको छ। मौसमविद् सजिना शाक्यका अनुसार पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा भएको हो।

प्रदेशमा अझैँ मनसुन सक्रिय नभएको र पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण हल्का वर्षा भएको उनले बताइन्। त्यस्तै, आज लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। कर्णाली प्रदेशको पनि मौसम बद्ली भई पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा भएको मौसमविद् शाक्यले जानकारी दिइन्।

सुदूरपश्चिमसँगै आज लुम्बिनी, कर्णाली, प्रदेश १ र मधेस प्रदेशका केही ठाउँमा मेघगर्जनसहित चट्याङ्ग पर्ने सम्भावना रहेको छ। अन्य प्रदेशका केही ठाउँमा पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना छ। मौसमविद्ले चार प्रदेश वाग्मती, गण्डकी, प्रदेश–१ र मधेस प्रदेशमा मात्रै मनसुन सक्रिय रहेको बताएका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार