होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिक रूपमा समस्या नआए असार ३२ गतेभित्र […]
कैलालीका स्थानीय तहहरू आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुटेका छन् ।कैलालीका स्थानीय तहहरूले असार १० गतेभित्र नगर-गाउँसभा शुरू गरिसक्नुपर्ने हुन्छ । यतिवेला सबै स्थानीय तहहरू बस्ती स्तरबाट सुझाव संकलन, माग र आवश्यकताका आधारमा छलफलमा जुटेका हुन् । प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले वडा स्तरबाट योजना तथा कार्यक्रम माग गरि विषयगत […]
कृषि विकास कार्यालय मुगुले कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतका ६६ योजना कार्यान्वयन नगरी फिर्ता पठाउने भएको छ। जिल्ला कृषि विकास कार्यालयले चालू आर्थिक वर्षमा सञ्चालन हुने गरी मन्त्रालयबाट स्वीकृत भएर आएका ६६ वटा योजना समय अभावका कारण कार्यान्वयन गर्न नसकिने भन्दै कृषि विकास कार्यालय मुगुले मन्त्रालयमै फिर्ता पठाउन लागेको हो । गत […]
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिचन्द्र क्याम्पसका ऐतिहासिक भवनहरु पुनर्निर्माणमा दबाव दिने उद्देश्यले ‘सेभ त्रिचन्द्र’ अभियान चलाएको छ । मंगलबार बिहान त्रिचन्द्र क्याम्पसका जिर्ण भवन र घण्टाघरमा सेभ त्रिचन्द्र लेखिएका ब्यानर टाँगिएको छ । यही अभियान अन्तर्गत क्याम्पस परिसरमा कविता, गीत, गजल वाचनको कार्यक्रम पनि राखिएको छ ।
काठमाडौं । सरकारले जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । मन्त्रिपरिषद बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्याएको योगदानको कदर स्वरुप जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् । यससँगै नेपालका राष्ट्रिय विभूतिको संख्या १८ पुगेको […]
काठमाडौं: जनकपुरधामको एक होटेलमा आगलागी भएको छ। मंगलबार बिहान जनकपुरधामस्थित भैरव चोकमा भरत साहले सञ्चालन गरेको बाँसबारी होटलको भान्छाघरबाट लागेको आगोले सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। आगलागीबाट १५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायले बताए। नेपाली सेना र प्रहरीले संयुक्तरुपमा आगो नियन्त्रणमा लिएको र आगलागीको […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ। दैनिक प्रयोगमा आउने खानेतेल, ग्यास, चामल, चिनी, तरकारी, फलफूल र दुग्धजन्य वस्तुको मूल्य भएको हो। कोरोनाको प्रभावले सर्वसाधारणको आम्दानी खुम्चिए पनि महङ्गी भने निरन्तर उकालो लाग्ने क्रम नरोकिँदा दैनिकी चलाउन मुस्किल हुन थालेको स्थानीय माया रोकायाले बताइन्। ‘महङ्गी निकै बढेर दैनिक खर्च चलाउनै मुस्किल हुन […]
काठमाडौं । फिल्म ‘कबड्डी ४’ले प्रदर्शनको २३ दिनमा २२ करोड ७ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । यो कमाइमा आइतबारको रकम जोडिएको छैन । कबड्डीको चौथो सिक्वेलले नेपाली बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने ‘बाहुबली २’को २३ करोड ग्रसलाई उछिन्ने संकेत देखिएको छ । दोस्रो सातामा फिल्मले ‘छक्कापञ्जा २’को २० करोड रेकर्डलाई उछिनेको थियो । […]
काठमाडौँ — छिट्टै खाना पकाउने ग्यासमा दुई थरी मूल्य निर्धारण गरिने भएको छ । औद्योगिक प्रयोजन र घरायसी प्रयाेजनका लागि दुई थरी मूल्य लागू गरिने भएको हो ।औद्योगिक प्रयोजनका लागि परल मूल्यमा र घरायसी प्रयोजनका लागि केही सहुलियतमा बिक्री गर्ने तयारी रहेको नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले बताए । पत्रकार सम्मेलनमार्फत उनले यस्तो […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी सृष्टि केसी (दाहाल) अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मनोनित भएकी छिन् । स्वर्गीय ज्ञानु दाहालकी छोरी सृष्टिलाई आइतबार बसेको अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यमा मनोनित गरिएको हो । विद्यार्थी संगठनमै नभएकी सृष्टिलाई अध्यक्ष पञ्चा सिंहले केन्द्रीय सदस्यमा राखेकी हुन् । तर, अध्यक्ष पञ्चा सिंहले दृष्टि […]
काठमाडौं । विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरेर पानीको जार बेचेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।प्रहरी परिसर, काठमाडौंले अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी विक्री गरेको अभियोगमा सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुको साथबाट १९७ वटा पानीको जार […]
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै हवाई भाडासमेत वृद्धि भएको छ । नेपाल वायु सेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको हो । सोमबार एक सूचना जारी गर्दै संघले आन्तरिक हवाई उडानको फ्यूल सर्चाज न्यूनतम १७० रुपैयाँदेखि अधिकतम ८४० रुपैयाँसम्मले वृद्धि गरिएको जनाएको छ । नयाँ मूल्य अनुसार अब सबैभन्दा बढी काठमाडौँ–धनगढी […]
टेलिभिजन प्रस्तोता छाडेका रवि लामिछानेका दाजुभाइ नै संघीय संसदको निर्वाचनमा उठ्ने भएका छन् । दशकौँ लामो सक्रिय सञ्चार कर्म छाड्ने घोषणा गरेका रविका दाजु हरिशरण लामिछानेसमेत संघीय संसदमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि हरिशरणले ‘स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माण’ अभियानको घोषणा गरेका छन् । ‘देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरि […]
काठमाडौं । मिस नेपाल वर्ल्ड प्रियंकारानी जोशीलाई जितको खुसीयालीमा परिवार र आफन्तले सोमबार बाजागाजासहित स्वागत गरेका छन् ।लाजिम्पाटको र्याडिसन होटलदेखि भैंसेपाटीस्थित घरमा उनलाई झकिझकाउ गाडी र बाजागाजासहित लगिंदैछ । परिवारका सदस्य र आफन्तले र्याडिसन होटलमा पुगेर प्रियंकालाई बधाई दिए । र्याडिसनबाट उनलाई अनामनगरस्थित पुर्ख्यौली घरमा लगिएको थियो । लगत्तै उनी वसन्तपुरस्थित कुमारी घर पुगेकी थिइन् […]
नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ।भरतपुर महानगरपालिका–२५ का सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ।एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने गरेको बताए। उनले भने, ‘यहाँको उत्पादन विदेशसम्म पुग्ने गरेको छ। मेरोमा किन्न आउनेमध्ये एक जना विदेशी ग्राहक छन्। उनले सातामा […]
‘छक्का पन्जा’ को सिरिज फिल्मकी निर्देशक अभिनेत्री दीपाश्री निरौला नयाँ फिल्म निर्माणको काममा जुटेकी छन् । उनले निर्देशन गर्न लागेको फिल्मको नाम ‘छोडपत्र’ राखिएको छ । चलचित्र विकास बोर्डमा समेत दर्ता भएको यो फिल्म रोहित अधिकारीले बनाउन लागेका हुन् । रोहितले यस अगाडि दीपा दीपकको टिमसँग मिलेर ‘छ माया छपक्कै’ बनाएका थिए । जसको निर्देशन […]
काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ ।यात्रुबाहक सवारीमा ५.३० प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ र तराईको बाटोमा सञ्चालन हुनेमा ७.७ प्रतिशतले भाडा बढेको छ । हेर्नुहोस् सूचीः https://drive.google.com/file/d/1UkbDJ-l6eEL01RV8jpJjyaNNEMJ-o97E/view?usp=sharing
काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गरेको छ । आइतबार काठमाडौंमा बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले उपाध्यक्ष कार्की र ८ जना केन्द्रीय सदस्यरुलाई निलम्बन गर्ने निर्णय गरेको हो । कार्कीसहित केन्द्रीय सदस्यहरु बसन्ता भण्डारी, पदम नेपाली, रमेश खड्का, बालकुमार केसी, उपदेश यादव, सन्जिव चौधरी, रविन बस्नेत र […]
काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत नेपालले बहराइनलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ ।यो जितसँगै नेपालले समूह बीबाट ६ जोडेर शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । मलेसियास्थित किनरारा क्रिकेट मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालका बलर कविता कुँवर, अस्मिना कर्मचार्य र सबनम राईले समान २ विकेट लिँदै […]
राजेन्द्र बिक/बाजुरा ६असार। बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर-५ मनामा पशुपालक कृषकहरुलाइ बाख्रा वितरण गरिएको छ। पशु सेवा बिज्ञ केन्द्र बाजुराको बाख्रा ब्लक कार्यक्रम अन्तर्गत कृषकहरुलाइ आधुनिक तरिकाले बाख्रा पालन गरि गाउँमै रोजगारी सृजना गराउने र गरिबी न्यूनीकरण गर्ने उदेश्यले प्रती कृषक २बाख्राका दरले ३७परिवारलाइ ७६ बाख्रा र ६जना कृषकलाइ प्रती कृषक १का दरले ६ ओटा […]