होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नीति, कार्यक्रम र बजेटकाे तयारीमा स्थानीय तहहरू
समाचार

नीति, कार्यक्रम र बजेटकाे तयारीमा स्थानीय तहहरू

  • नागरिक रैबार
नीति, कार्यक्रम र बजेटकाे तयारीमा स्थानीय तहहरू

कैलालीका स्थानीय तहहरू आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुटेका छन् ।कैलालीका स्थानीय तहहरूले असार १० गतेभित्र नगर-गाउँसभा शुरू गरिसक्नुपर्ने हुन्छ । यतिवेला सबै स्थानीय तहहरू बस्ती स्तरबाट सुझाव संकलन, माग र आवश्यकताका आधारमा छलफलमा जुटेका हुन् ।

प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले वडा स्तरबाट योजना तथा कार्यक्रम माग गरि विषयगत शाखा कार्यालयहरूसँग पनि छलफल गरिसकेको जनाएको छ । उपमहानगरपालिकाको कार्यालयले नीति तथा कार्यक्रम ल्याउने अन्तिम चरणमा पुगेको जनाएको छ ।

वडाबाट आएका योजना तथा कार्यक्रम र शाखा कार्यालयबाट आएका सुझावका आधारमा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन लागेको जनाइएको छ । उपमहानगरपालिकाले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीले जानकारी दिए ।

विज्ञापन

गत आइतबार बसेको नगर कार्यपालिकाको चौथो बैठकमा विषयगत शाखा प्रमुख तथा जनप्रतिनिधिसंग छलफल भएको उनले बताए । उनले आज १ बजे उपमहानगरपालिका परिसरमा नगर सभा शुरु हुने बताए । नगरसभामा उपप्रमुख कन्दकला रानाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

कैलालीको गोदावरी नगरपालिकाले असार १० गते नगर सभा आयोजना गरि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने नगर प्रमुख विरेन्द्र भट्टले जानकारी दिए । उनले भने– हामी अहिले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारी जुटेका छौं । आगामी आर्थिक वर्षमा हामीले पूर्वाधार विकास तथा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छौं ।

नगर प्रमुख भट्टले विषयगत शाखाहरूसँग छलफल गर्न बाँकी रहेकाले बढी प्राथमिकतामा कुन क्षेत्र रहने भन्ने टुङ्गो नलागेको बताए ।

कैलारी गाउँपालिकाले पनि असार १० गते गाउँ सभा गर्ने जनाएको छ । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले अहिले आफूहरू छलफलमै रहेकाले नीति तथा कार्यक्रमको प्राथमिकता अझैं निर्धारण भइनसकेको बताए । उनले भने– पूर्वाधार विकास, खानेपानी, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई नै प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउँछौँ ।

कैलालीका अन्य स्थानीय तहहरू पनि अहिले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको निर्माणमा व्यस्त रहेका छन् ।

स्थानीय तहहरूले वडा स्तरबाट योजना ल्याउन विभिन्न टोल तथा बस्तीमा जनप्रतिनिधि तथा कर्मचारी खटिएका छन् । कैलालीको जानकी गाउँपालिकाले बस्ती स्तरबाट योजना छनोट गरी विभिन्न समितिमा छलफल गरिरहेको छ । जानकी गाउपालिकाले असार ७ र ८ गते गाउँसभा गर्ने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले जानकारी दिए ।

‘गाउँबस्ती तहबाट योजना छनोटको काम भएको छ । योजनाअनुसार स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बसेर बजेटको सीमा निर्धारण गरेर कार्यक्रम ल्याएका छौं, अध्यक्ष चौधरीले भने, ‘विभिन्न राजनीतिक दल तथा संघसंस्थाको सुझाव संकलन, राजस्व परामर्श समितिको बैठकमा छलफल गर्नुका साथै बजेट, कार्यक्रम तथा योजना तर्जुमा समितिको बैठकमा छलफल गरी गाउँ सभाको तयारीमा जुटेका छौं ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै