होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । चर्को व्याजमा ऋण दिएर विचल्ली बनाएको भन्दै देशभरबाट १८ सय ३२ उजुरी परेको छ । गृह मन्त्रालयले गठन गरेको कार्यदलमा सोमबारसम्म परेको उजुरीमा सबैभन्दा बढी मधेश प्रदेशका छन् । मधेशमा एक हजार ६९ जनाले उजुरी दिएका छन् । यो कुल उजुरीको ५८ प्रतिशत भएको कार्यदलका संयोजक सहसचिव भीष्मकुमार भुसालले जानकारी दिए ।मधेशपछि बाग्मती […]
काठमाडौं । नेपाल र भारतका निर्माताको संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणका चार गीत रिलिज भएका छन् । जी म्युजिकले सार्वजनिक गरेको फिल्मका गीतहरुमा जुबिन नौटियाल, राहत फतेह अली खान, पलक मुछल, अंकित तिवारी र देव नेगीले स्वर दिएका छन् । ‘कोही ना कोही नाता हे’मा जुबिनको स्वर र पवनदीप राजनको संगीत […]
काठमाडौं, ६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार ज्ञानेन्द्र शाहीले जुम्लाबाट ढुक्कले चुनाव जित्ने बताएका छन् । जिल्लाका आठै पालिकामा चुनाव प्रचारपछि शाहीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनाव ढुक्कले जित्ने ठोकुवा गरेका हुन् । आइतबार विहान चन्दननाथ नगरपालिका–५ जुगाड खोलास्थित सम्पर्क कार्यालय स्थापना गरिएको हो । सम्पर्क […]
बैतडीः बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ। जिल्लाको सिगास गाउँपालिका-६ थालाकी २० वर्षीय बिन्दु धामीलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो। सोमबार बिहान करिब ११ बजे थालाकाडाबाट उनलाई नेपालगञ्ज लगिएको बताइएको छ। आइतबार स्थानीय स्वास्थ्य चौकी पुगेकी धामी सुत्केरी हुन नसकेपछि नेपालगञ्ज लगिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्ता रहेका प्रहरीले जनाएको छ । उनीहरूले ललाई फकाई एंव डरत्रास देखाई ती बालिकालाई जबरजस्ती करणी गरेको खुल्न आएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ […]
नेपालको संविधानको धारा २५८ ले एउटा आयोगको व्यवस्था गरेको छ। त्यसको नाम छ- राष्ट्रिय समावेशी आयोग। झट्ट नाम सुन्दा यो आयोगले विविधतायुक्त नेपाली समाजको प्रतिनिधित्व गर्छ होलाजस्तो लाग्छ। यो आयोगको नाम र संविधानकै धारा २५९मा तोकिएका यसको काम, कर्तव्य र अधिकारबीच भने विरोधाभाष छ। उक्त धारामा लेखिएको छ- खस आर्य, पिछडा वर्ग, अपांगता भएका व्यक्ति, […]
काठमाडौं: काठमाडौं महानगरले महानगपालिकाभित्रका अन्डरग्राउण्ड पार्किङमा राखिएका संरचना हटाउन सुरु गरेको छ। काठमाडौं महानगरका मेयर बालेन साह आफै उपस्थित भएर अन्डरग्राउण्ड पार्किङमा राखिएका पसल तथा संरचना हटाउन सुरु गरेका हुन्। उक्त कार्य नयाँ बानेश्वर क्षेत्रबाट सुरु गरिएको मेयर बालेनका स्वकिय सचिव भूपदेव शाहले जानकारी दिए। अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर ब्यापारिक प्रयोजनका लागि प्रयोग भएको […]
काठमाडौं । पहिलोपटक जुम्लामा कुनै नेपाली फिल्मको विश्व प्रिमियर गरिएको छ । भदौ १० गते देशव्यापी प्रदर्शन हुने तयारीमा रहेको ‘प्रकाश’ले छायांकन थलोमै प्रिमियर गरेको हो । जुम्लाको पूर्वमा पर्ने पाताराशी गाउँपालिकाको तिर्खु गाउँमा पर्ने ऋण मोक्ष माविको प्रांगणमा फिल्म प्रदर्शन गरियो । निर्माता महेन्द्र अधिकारीका अनुसार ६०० जना गाउँलेले फिल्मको मजा लिए । प्रिमियरमा […]
बाँके, भदौ ६ । कोहलपुरका रोहन शाह नेपालगन्ज विमानस्थलको यात्रु आराम कक्षमा बसिरहेका थिए । यती एयरबाट काठमाडौं जान थालेका उनी जहाज उडानको पर्खाइमा थिए । जहाज उड्नु अघि नै प्रहरीको टोली विमानस्थलको यात्रु आराम कक्षमा पुग्यो । विशेष सुराकीको आधारमा प्रहरीको टोली त्यहाँ पुगेको थियो । प्रहरीलाई देखेपछि शाहको छटछटी शुरू भयो । प्रहरीले […]
काठमाडौं: केही समय अगाडि साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी पर्यो। पीडित महिलाले आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै उजुरी दर्ता गरेको थिइन्। सामाजिक सञ्जाल फेसबुकमा नक्कली ‘प्रोफाइल’मार्फत ती पीडित महिलालाई साथी बन्न अनुरोध गर्दै ‘फ्रेण्ड रिक्वेस्ट’ आयो। चिनजान नभएको व्यक्तिले पठाएको उक्त रिक्वेस्टलाई महिलाले सहजै स्वीकार गरिन्। उनीहरु फेसबुकमा साथी बने। कुरा […]
अछाम । अछामको बयालपाटा अस्पतालले गरिब तथा बिपन्न बिरामीलाई निशुल्क सेवा प्रदान गर्दै आइरहेको छ । न्याय हेल्थ नेपालको व्यावस्थापनमा नेपाल सरकारसँग साझदेदारी १४ बर्ष देखी दुर्गम जिल्लामा स्थापना भई गरिब जनताको सेवा गरदै आएको छ । अस्पतालले आर्थिक बर्ष २०७८÷०७९ मा ५४ हजार ७ सय ३४ जनाको निशुल्क उपचार गरेको अस्पतालका निर्देशक डा. मन्दिप […]
काठमाडौं: मृत्यु भएको भनिएको व्यक्तिलाई बुटवलको जीवित गराइएको भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ। एक चर्चमा खिचिएको उक्त भिडियोमा विवेक सत्याल नामको फेसबुक प्रयोगकर्ताले सार्वजनिक गरेका छन्। भिडिओमा भुइँमा सुतेकी महिलालाई चर्चका पास्टरले केही शब्दहरू भन्दै हातले तानेर उठाएको देखिन्छ। भिडिओमा बुटवलको होली क्यालभरी चर्चका पास्टरले मृत व्यक्तिलाई पुनः जीवित गराएको भनिएको छ। […]
कञ्चनपुर: विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितका चार राजनीतिक दलले भोलि भदौ ७ गते नेपाल बन्द आह्वान गरेका छन्। नेकपा विप्लव र सरकारसँग भएका तीन बुँदे सहमति सरकारबाटै उलङघन भएको र एमसीसी, एसपीसी जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयन विरुद्धमा नेपाल बन्द आह्वान गरिएको जनाएको छ। नेकपा कञ्चनपुरले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सहमति विपरीत अदालतले पार्टीका महासचिव […]
दैलेख — नागरिकतामा अपमानजनक नाम उल्लेख गरिएका दैलेखको भगवतीमाई गाउँपालिका–३ मेहलतोलीका कविराम कामीले नयाँ नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालयले नाम सच्याएर उनलाई आइतबार नयाँ नागरिकता दिएको हो । २०४६ जेठ १० मा गाउँमा खटिएको टोलीले उनलाई नागरिकता दिएको थियो । नागरिकतामा उनको नाम तत्कालीन प्रधानपञ्चको सिफारिसमा ‘कुकुर कामी’ लेखिएको थियो । ‘नाममै अपमान’ शीर्षकमा कान्तिपुरले समाचार लेखेपछि […]
किलियान एम्बाप्पेको ह्याट्रिकको मद्दतले पेरिस सेन्ट जर्मेनले लिग वानमा लिलमाथि ७-१ को शानदार जीत हासिल गरेको छ । एम्बाप्पेले लियोनेल मेस्सीको पासमा खेल सुरु भएको ८ सेकेन्डमा नै गोल गरेका थिए । मेस्सीले खेलको २७ औँ मिनेटमा अग्रता दोब्बर बनाएर असरफ हाकिमीले तेस्रो गोल थपे । पहिलो हाफको अन्त्य र दोस्रो हाफको सुरुवातमा नेयमारले एक-एक […]
नेपाल विद्यार्थी संघले माउ पार्टी काँग्रेसका नेता प्रदीप गिरिको निधनमा मातहतका कमिटीलाई शोक पुस्तिका राख्न परिपत्र गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै स्वर्गीय गिरिको योगदानको स्मरण र चर्चा गर्दै भदौ ६ गते आ आफ्नो कार्यालयमा शोक पुस्तिका राख्न परिपत्र गरेका हुन् । भदौ ४ गते राति मेडिसिटी अस्पतालमा उपचारका क्रममा […]
संघीय संसद अन्तरगत प्रतिनिधि सभाको एघारौं अधिवेशनको ५७ औँ बैठक सोमबार १ बजे बस्ने भएको छ । आजको सम्भावित कार्यक्रममा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने रहेको छ । प्रतिनिधि सभाको सचिव गोपालनाथ योगीका अनुसार सभामुखले निम्न शोक प्रस्ताव प्रस्तुत गर्ने छन्, “प्रतिनिधि सभाको यो बैठक नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा […]
काठमाडौं । प्रतिस्पर्धा गर्ने प्लेटफर्म कहिलेकाहीं मायालु फेला पर्ने प्लेटफर्म बनिदिन्छ । ठीक यस्तै भइदियो, गायक किरण गजमेरलाई । द भ्वाइस अफ नेपाल सिजन-३ का विजेता किरणले उपाधि मात्र जितेनन्, मायालु पनि फेला पारे । भ्वाइसको प्लेटफर्मबाट अंकुराएको किरण र प्रतिस्पर्धी सञ्जु मोक्तानको प्रेम अहिले गम्भीर प्रेममा छ । उनीहरुले इन्स्टाग्रामदेखि टिकटकसम्म आफ्नो प्रेम सार्वजनिक […]
पोखरा । ०७५ सालमा नेपालगञ्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समानकै बेलामा नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा गर्ने घोषणा गरिएको थियो । उक्त घोषणा अनुसार २०७७ सालमै नवौं खेलकुद हुनुपर्ने हो, तर कोरोना महामारी एवं तयारी अभाव देखाउँदै राष्ट्रिय खेलकुद परिषद्ले पटक–पटक नयाँ मिति तोक्दै र सार्दै आइरह्यो । पछिल्लो पटक मंसिर २८ देखि कात्तिक ३ […]
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको परीक्षाफल भदौ १५ भित्रै प्रकाशित गर्ने भएको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म लिइएको कक्षा १२ को वार्षिक बोर्ड परीक्षामा ४ लाख भन्दा बढी विद्यार्थी सहभागी भएका थिए । अहिले उत्तर पुस्तिका परीक्षणको काम सकिएर नतिजा कम्प्युटरमा इन्ट्री गराउने काम भइरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद […]