होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विप्लवद्वारा भोलि नेपाल बन्दको आह्वान
समाचार

विप्लवद्वारा भोलि नेपाल बन्दको आह्वान

  • नागरिक रैबार
विप्लवद्वारा भोलि नेपाल बन्दको आह्वान

कञ्चनपुर: विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितका चार राजनीतिक दलले भोलि भदौ ७ गते नेपाल बन्द आह्वान गरेका छन्। नेकपा विप्लव र सरकारसँग भएका तीन बुँदे सहमति सरकारबाटै उलङघन भएको र एमसीसी, एसपीसी जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयन विरुद्धमा नेपाल बन्द आह्वान गरिएको जनाएको छ।

नेकपा कञ्चनपुरले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सहमति विपरीत अदालतले पार्टीका महासचिव लगायत दर्जनौँ नेता कार्यकर्तालार्ई पक्राउ पुर्जी जारी गरेर मुल मुलुकलाई द्वन्द्वमा धकेलिरहेको जनाएको छ। नेकपा कञ्चनपुरका सचिव प्रकाश मल्लद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तिमा आम हड्तालमा ऐक्यबद्धता जोहर गरिदिन अपिल गरिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै