होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालगन्जदेखि जहाजमै काठमाडौं पु-याइन्छ ब्राउनसुगर
समाचार

नेपालगन्जदेखि जहाजमै काठमाडौं पु-याइन्छ ब्राउनसुगर

  • नागरिक रैबार
नेपालगन्जदेखि जहाजमै काठमाडौं पु-याइन्छ ब्राउनसुगर

बाँके, भदौ ६ । कोहलपुरका रोहन शाह नेपालगन्ज विमानस्थलको यात्रु आराम कक्षमा बसिरहेका थिए । यती एयरबाट काठमाडौं जान थालेका उनी जहाज उडानको पर्खाइमा थिए ।

जहाज उड्नु अघि नै प्रहरीको टोली विमानस्थलको यात्रु आराम कक्षमा पुग्यो । विशेष सुराकीको आधारमा प्रहरीको टोली त्यहाँ पुगेको थियो । प्रहरीलाई देखेपछि शाहको छटछटी शुरू भयो । प्रहरीले शाहको खानतलासी लियो । उनको साथमा कालो प्लास्टिकको दुईवटा पोका फेला पार्याे । प्रहरीले शाहलाई नियन्त्रणमा लिएर प्लास्टिक खोलेर हेर्दा ठूलो मात्रामा लागुऔषध ब्राउनसुगर बरामद भयो ।

बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तिमगरका अनुसार, शाहको साथबाट ६४ ग्राम ७ सय ५० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । ठूलो मात्रामा ब्राउनसुगर बोकेर एयरपोर्टभित्र छिरिसकेका शाहलाई नियन्त्रणमा लिएको प्रहरीले उनको बारेमा गहन अनुसन्धान गरिरहेको जनाएको छ । शाहले प्रहरीलाई झुक्याउने प्रयास गरिरहेका छन् । उनले फरक–फरक कुरा गरिरहेका छन् ।

विज्ञापन

बाँके प्रहरीले विमानस्थलबाट लागुऔषधसहित कारोबारीलाई पक्राउ गरेको यो पहिलो घटना भने होइन । चालु आर्थिक वर्षको यो पहिलो घटना भए पनि यसअघि एयरपोर्टबाटै ९ ग्राम २० मिलिग्रामसहित तीन जना, चार ग्राम ९ सय ६० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको थियो । पछिल्लो केही वर्षयता विमानस्थलबाट प्रहरीले १४ पटक लागु औषधी र कारोबारीलाई नियन्त्रणमा लिएको छ । नेपाल समाचारपत्र दैनिकबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार