होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बझाङ । गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको छ । साइपाल गाउँपालिका भइसकेपछि चारपटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओढार र खुला चौरमा बस्न बाध्य भएका छन् । धार्मिकरुपमा रहेको साइपाल गाउँपालिकामा महिनावारी भएका बेला परिवारले घरभित्र बस्न नदिने, दही, दूध खान नमिल्नेलगायतका कार्य गर्न मिल्दैन । स्थानीय उजली बोहोराले भन्नुभयो, “छाउगोठमा […]
कोरोना भाइरसको महामारीका बेलामा सुदूरपश्चिम प्रदेशमा आत्महत्या र हत्या हिंसाका घटनाहरु बढेका छन् । यसले मानव अधिकारको विषयमा चिन्ता बढेको मानव अधिकारकर्मीहरुले बताएका छन् । मानव अधिकार सम्बन्धी ऐन नियमहरुको प्रभावकारी कार्यान्वयन गर्न सके हिंसा हत्याका घटनाहरुमा न्यूनीकरण हुन सक्ने उनीहरुको भनाइ छ । कोरोना भाइरसको महामारी पछि मानव अधिकार उलंघनका घटनामा बढेका छन् । […]
मुस्ताङ २५ मंसिर । गण्डकी प्रदेशका दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच शुक्रबार विवाह हुने भएको छ।कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरूङ र मुस्ताङको घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरूङ बीच परम्परागत विवाह हुन लागेको हो । उपाध्यक्ष र अध्यक्षबीच शुक्रबार पोखराको एक गुम्बामा विवाह हुने कार्यक्रम छ।शर्मिला र कर्णबिच परिवारको स्वीकृतिमा मागी विवाह हुन लागेको हो। […]
जेबी विश्वकर्मा/रुप सुनार। अधिकांश राजनीतिक शक्ति दलितमाथि भएका अन्यायविरुद्ध नबोल्नु विभेदकारी जात–व्यवस्थाको पक्षपोषण गर्नु हो ।संसारभरिका निरंकुश र जनविरोधी शासन व्यवस्थाले सीमान्तीकृत समुदायमाथि हजारौँ वर्षदेखि अत्याचार र दमन गर्दै आइरहेका छन् । सन् १९५० पछि तीव्र रूपमा विकास भएको खुला बजार अर्थनीतिसहितको पुँजीवादी लोकतान्त्रिक राजनीतिक व्यवस्थाले पनि मूलतः सीमान्तीकृत र बहिष्करणमा पारिएका समुदायमाथिको अत्याचारलाई निरन्तरता […]
काठमाडौं । गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कसेका हुन् । उनको विवाह समारोह धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजना भएको थियो । बिवाह समारोहमा दुबै तर्फका नजिकका आफन्त र केही सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश […]
हास्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन् । यसअघिकी पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद भएपछि गजुरेलले दोस्रो बिहे गर्न लागेका हुन् । गजुरेलले आफूले बिहे गर्न लागेको पुष्टि गर्दै भने, ‘मैले बिहे गर्ने निर्णय लिएको छु । अहिले केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले सबै विषय केही पछि मात्रै तपाईँलाई बताउन सक्छु ।’ महिलातर्फको केही […]
झापा : झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहेकीे छिन् । उनका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो । सत्र दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते भएपछि उनको मिर्गौलामा समस्या थपिएको थियो । बिएन्डसी […]
जाजरकोट : जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चार जनाको मृत्यु भएको छ । आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटना हुँदा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का […]
२९ कात्तिक, काठमाडौं । आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । आजै बिहान […]
२८ कात्तिक, काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कागको पूजा गरी काग तिहार मनाइँदै छ । यमराजको दूतको रुपमा लिइने कागलाई आज मनपर्ने खाना खान दिने र पूजा गर्ने चलन छ । कागले यमराजसम्म राम्रो सन्देश पुर्याइदिने विश्वासका साथ कागको पूजा गर्ने चलन रहि आएको छ । यस वर्ष यमपञ्चक कात्तिक २७ […]
बाजुरा :२७ कात्तिक, । पछिल्लो समय कोरोना संक्रमितको दर बढ्दै गएपछि तिहारको समयमा देउसी–भैलौ तथा भीडभाड गर्न नपाइने भएको छ । चाडपवर्को समयमा बढी आवतजावत हुनभएकोले कोरोना संक्रमण फैलिने हुँदा स्थानीयले घरभित्रै सुरक्षित पर्व मनाउन आग्रह गरेको छ । तिहारमा खेलिने देउसी–भैलो लगायतका कार्यक्रममा समेत जिल्ला प्रशासन कार्यालय बाजुराले रोक लगाएको हो । जिल्ला प्रशासन […]
हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि यमपञ्चक सुरु हुन्छ । यमदीपदान गर्दा ‘यमयातना’बाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धन्वन्तरि जयन्ती र धनतेरस पर्व पनि शुक्रबार नै परेका छन् । ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो,’ गौतमले भने । तिथिको […]
पहिलो कुरा, दलित यदि कसैले अपमानजनक रूपमा गरेको सम्बोधन हुन्थ्यो भने त्यस परिचयलाई परिवर्तन गर्नका निम्ति अन्य शब्दको खोजी मनासिब नै हुन सक्दथ्यो । तर, स्पष्टै भएको कुरा हो— दलित कुनै अपमानका निम्ति प्रयोग भएको शब्द होइन । त्यसकारण लामो समय सङ्घर्ष गरेर विभिन्न भाषिक समुदाय र जातिमा छरिएका दलितहरूलाई एउटै परिचयमा सम्बोधन गर्न सकिने […]
देवताप्रति आस्थाका कारण डोल्पाको एक गाउँ नै मदिरा शून्य भएको छ । डोल्पाको मुड्केचुला गाउँपालिका–६ नर्कु थरगाउँ अहिले मदिरा शून्य भएको हो । सबै स्थानीय बासिन्दा देवताप्रति आस्था गरी पूजाआजातिर लागेपछि जाँड र रक्सीको उत्पादन तथा बिक्री वितरण नै बन्द भएको छ । मदिरा शून्य भएपछि गाउँबस्ती पनि शान्त भएको छ । तेत्तीस घरधुरी भएको […]
१४ कात्तिक, परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई […]
११ कात्तिक, काठमाडौं । आश्विन शुक्ल एकादशीका दिन पनि आज मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व भव्यरूपमा मनाउँछन् । आश्विन […]
दशैँको टिका र जमरा आज (मंगलबार) पनि लगाइँदैछ। हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका लगाउने गरिन्छ। नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ। दशैंको मुख्य दिन अर्थात् विजयादशमी हिजो मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप […]
१० कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे […]
मानिसको नाम जगत्सँग सम्पर्क राख्ने उसको नितान्त अन्तरङ्ग माध्यम हो । अनि जगत्सँग अन्तर्क्रिया गर्ने उसको माध्यम पनि त आखिर नाम नै हो । प्रत्येक मानिस सामाजिक समष्टिको एक विशिष्ट एकाइ हो, र ऊ स्वयंमा एक स्वायत्त सत्ता पनि हो । उसको यो विशिष्टता र उसको यो स्वायत्तता प्रकट हुने माध्यम पनि त उसको नामै […]
गए सालको दशैंमा ।कोटेश्वरको माइक्रो बस काउन्टरहरुमा दुई चक्कर लगाइसक्दा हातगोडा फतक्कै गलिसकेको थियो । चर्को घाम, पेट्रोलको धुँवा र धुलो, मान्छेको भिड । पान दोकान जस्तो काउन्टरमा मुस्किलले टाउको छिराएर सोधें, ‘बिर्तामोडसम्मको भए पनि हुन्छ, टिकट छ ?’ काउन्टरका मान्छे मालपोतका कर्मचारी भन्दा पनि बढी भाउ खाएका । वाक्य फुटे त के ? हेर्दा […]