होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सेतो मत्स्येन्द्रनाथलाई महास्नान गराइँदै
समाचार

सेतो मत्स्येन्द्रनाथलाई महास्नान गराइँदै

  • नागरिक रैबार
सेतो मत्स्येन्द्रनाथलाई महास्नान गराइँदै

८ माघ, काठमाडौं । काठमाडौंको सेतो मत्स्येन्द्रनाथलाई बिहीबार महास्नान गराइँदै छ । काठमाडौंको केलटोलस्थित जन बहाः कनकचैत्य महाविहारमा बिहीबार अपराह्न स्नान गराउने तयारी रहेको तलेजुका पुजारी उद्धव कर्माचार्यले जानकारी दिए ।

हिन्दूहरुले हरिहरका रूपमा र बौद्धहरूले आर्यावलोकितेश्वरका रूपमा पूजा गर्ने सेतो मत्स्येन्द्रनाथलाई हरेक वर्षको पौष शुक्ल अष्टमीको दिन महास्नान गराउने चलन छ ।

 

विज्ञापन

सामान्यतया मान्छेको एक वर्ष बराबर भगवानको एकदिन हुन्छ भन्ने मान्यता अनुरुप प्रत्येक पुस महिनामा विधिपूर्वक महास्नान गराउने गरिएको तलेजुका पुजारी कर्माचार्य बताउँछन् ।

महास्नानमा तलेजुको प्रतिनिधिको रूपमा कुमारीलाई केलटोल लैजाने गरिन्छ । सोही क्रममा तलेजुका पुजारीले पनि रातो मत्स्येन्द्रनाथलाई पूजा गर्ने गर्छन् ।

हरेक वर्ष नागढुंगा र चन्द्रागिरिको बीचमा रहेको एउटा दहबाट शाक्य र बज्राचार्य पुजारीले पैदलै गएर मत्स्येन्द्रनाथलाई स्नान गराउने पानी ल्याउने गर्छन् । सोही पानीमा शोभा भगवतीको निर्मल तीर्थबाट ल्याएको पानी समेत मिसाउने गरिन्छ । साथमा दूध, घिउ आदि समेत मिसाएर बनाइएको पवित्र जलले मत्स्येन्द्रनाथको स्नान गराउने प्रचलन छ । स्नान गराउने बेलामा दुई पटक चिसो पानी र एक पटक तातो पानीले स्नान गराउने गरिन्छ ।

स्नानको भोलिपल्ट अर्थात् नवमीको दिन भगवानलाई घाम तपाउने प्रचलन छ । माटोले बनेको मूर्तिको मर्मत र रंगरोगन पनि घाममा राखेर चित्रकार समुदायले गर्दछन् । मूर्तिको मर्मत गर्नुपर्यो भने वा कुनै देवदेवीको मूर्ति बनाउनुपर्यो भने मैह्पीको डाँडोबाट माटो ल्याउने चलन छ । रंगरोगन गर्दा रंगमा सुन मिसाएर गर्ने स्थानीयको भनाइ छ ।

रंगरोगन लगायतको काम जारी रहँदा सेतो मत्स्येन्द्रनाथको नित्य पूजा भने मूर्तिको साटो कलशमा गरिन्छ । दश कर्मको विधि सकिएपछि मूर्तिमा प्राणप्रतिष्ठा गरेर मन्दिरको यथास्थानमा राखिन्छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार