होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ५ मंसिर।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ७ मा हिजो मतदानका दिन भएको घटनामा सुरक्षाकर्मीले लापरवाही गरेको विषयलाई लिएर नेकपा एमाले समर्थक युवाहरुले प्रर्दशन सहित सदरमुकाम मार्तडी बजार बन्द गरेका छन् । एमालेका युवाहरुले सोमबार विहान सदरमुकाम मार्तडीमा रहेको लोकतान्त्रिक चोक, दुनिहाटबजार र मतगणना स्थल जिल्ला प्रशासन कार्यालय नजिकै रहेको खुलामंचमा टायर बालेर प्रर्दशन […]
काठमाडौँ — स्थानीय निर्वाचनमा धरान, काठमाडौं र धनगढीबाट अभिव्यक्त भएजस्तै मत यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्राप्त हुने सम्भावना देखिएको छ । पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको यो दलले समानुपातिकतर्फ उल्लेखनीय मत प्राप्त गर्ने आकलन गरिएको छ । मूलधारका दल र नेताबाट असन्तुष्ट मतदाताले यसपालि स्वतन्त्र पार्टीलाई मतदान गरेको विश्लेषण भइरहेको छ । यद्यपि मतगणनाको प्रारम्भिक रुझान पनि आउन […]
बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ७ को मतदान नेपाली काँग्रेस र एमाले कार्यक्रता बिच झडप हुदा ३ जना घाईते भएका हुन । मतदान केन्द्रमा नेपाली काँग्रेसका कार्यक्रताले मतदान केन्द्रमा दोहोरिएर मतदान गरेको थाहा पाएपछी एमाले कार्यक्रताहरुले रोक्न खोज्दा झडप भएको हो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेलधुरामा व्यस्त भएका छन् । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका देउवा बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए । बिहीबार गृहजिल्ला डडेलधुरा पुगेर अमरगढीमा चुनावी सभालाई सम्बोधन गरेका देउवा चुनावी सभामै व्यस्त बनेका छन् । प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार आज साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी […]
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १ लगायत बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ । देशका अन्य भूभागको मौसम सामान्यतः सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राती देशका पहाडी भूभागहरूमा आंशिक बदली रही […]
नेकपा एमालेले शुक्रबारदेखि देशव्यापी चुनावी अभियान सुरु गर्ने भएको छ । चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट सुरु गर्न लागिएको हो । पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुकाम खलंगामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अभियानको शुभारम्भ गर्ने एमालेले जनाएको छ । अभियानको सुरु गर्न बिहीबार राति १० बजे श्रीएयरलाइन्सको विमानबाट ओली धनगढी […]
काठमाडौंः कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, […]
८ कात्तिक, वीरगञ्ज । पर्साको बिन्दबासिनी गाउँपालिकामा घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु भएको छ । बिन्दबासिनी गा.पा. वडा नं. ३ इटियाही टोल बस्ने उमेश दासको छोरा १६ वर्षीय अरबिन्दकुमार दासको मृत्यु भएको हो । सोमबार दिउँसो सवा ३ बजे उनी बाख्रालाई खुवाउन अम्बकको बोटतिर गएका थिए । त्यसक्रममा निर्माणाधीन उक तले घरको झ्याल बाहिर जडान […]
नागरिक रैबार/बाजुरा ७ कार्तिक। बाजुरामा साँझ ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय बाजुराले आइतबार एक सूचना जारी गर्दै साँझ ९ बजेसम्म मात्र देउसी भैलो खेल्न आग्रह गरेको हो। त्यस्तै तिहारको समयमा पटाका, विष्पोटक पदार्थ, सार्वजनिक स्थलमा मदिरा सेवन गरि होहल्ला र ओसारपसार, विक्री वितरण र प्रयोग नगर्न सूचनामा भनिएको […]
काठमाडौंः आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आइतबार काग […]
आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ । अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ । १३ कात्तिकमा छठ पर्वको बिदा छ । सार्वजनिक सेवा १४ कात्तिकबाट मात्र सञ्चालनमा आउनेछ । यस वर्षको भाइटीका […]
सरकारले प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा लगेको छ । वन तथा वातावरण मन्त्रालयले १२ साउनमा देशभर प्लास्टिकका फूलगुच्छा, मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएकामा तिहार नजिकिँदै जाँदा कार्यान्वयनमा लगेको हो । वातावरण विभागले बिहीबार सार्वजनिक सूचना जारी गरी तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको […]
गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समापन समारोहका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउने भएका छन् । पोखरा रङ्गशालामा आज साँझ हुने राष्ट्रिय खेलकुदको भव्य समापन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य एवं प्रतियोगिताका समारोह उपसमितिका संयोजक एकेन्द्रबहादुर कुँवरले जानकारी दिए । प्रधानमन्त्री देउवाले […]
काठमाडौं । कपिलवस्तुमा आयोजित नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य चयन भएका छन् । महाधिवेशनका निर्णयहरु काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव असल क्षेत्रीले जानकारी दिए । नवौं महाधिवेशन गत असोज २५ गतेदेखि विप्लवको गृहक्षेत्र […]
हाल देशको पहाडी भू-भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। तराइमा भने आज मौसम सामान्यतया सफा नै रहन्छ । भोलि भने सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी […]
सरकारले आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । भिटामिन ‘ए’ […]
धनगढीः सुदूरपश्चिम प्रदेशको प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिएको छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आवश्यक पर्ने मतपत्र छपाइ सकिएको हो। सुदूरपश्चिम प्रदेशमा १६ प्रतिनिधिसभा सदस्य र ३२ प्रदेश सभा सदस्य गरि ४८ निर्वाचन क्षेत्र छन्। मंसिर ४ गते हुने निर्वाचनका लागि सुदूरपश्चिमका दुर्गम गाउँहरूसम्म मतपत्र पुर्याइसक्नुपर्ने भएकाले चाँडै छपाइ […]
सल्यान: सल्यानको सिद्धकुमाख गाउँपालिका १ हामपालमा अरिङ्गालको टोकाइबाट आमा छोरीको मृत्यु भएको छ। सोमवार साँझ अरिङ्गालले टोक्दा २१ वर्षीया सोभा बस्नेत बुढाथोकी र उनकी छोरी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता डीएसपी सन्तोष खनालले जानकारी दिए। उनका अनुसार, मृतक सोभाको अंकल २१ वर्षीय नबिन बस्नेतको खेतमा धान काटेर घर फर्कँदै गर्दा […]
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिता उलङ्घन गरेको विषयमा निर्वाचन आयोगले पर्वतको बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीलाई स्पष्टीकरण सोधेको छ ।निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार गरेको भन्दै जिल्ला निर्वाचन कार्यालयले २४ घण्टे स्पष्टीकरण मागेको हो । फलेवास नगरपालिका–४ मा रहेको विद्यालयका शिक्षक तिवारीले […]
नागरिक रैबार बाजुरा ३१ असाेज चाैथाे संस्करणको छेडेदह फुटबल कपकाे उपाधि पनि कन्सर्न बाजुराले उचालेकाे छ । छेडेदह स्पाेर्टस् क्लकाे आयाेजनामा असाेज २६ गतेदेखि संचालन भएकाे उक्त प्रतियाेगितामा रानिवन स्पाेर्टस् क्लवलाई ३-२ काे अन्तरले पराजित गर्दै यस वर्षकाे उपाधि पनि जितेकाे हाे । चाैथाे टेडेदह कपकाे विजेता बनेकाे कनर्सन बाजुराले २ लाख ३३ हजार ३ […]