होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं – नेपाल बार एसोसियसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने भएको छ। संघीय संसद्का महासचिवले जबराविरुद्धको महाभियोग निष्क्रिय भएको पत्र थमाएपछि उनी सर्वोच्च जान खोजिरहेका छन् । उनले बुधबार पनि सर्वोच्च प्रवेश गर्ने तयारी गरेका थिए । विरोधमा बारले धर्ना दिए पछि उनको प्रयास असफल भएको थियो। बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले […]
नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभाका १०२ जना समानुपातिक सांसद छान्दैछ । निर्वाचन आयोगले प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुको नाम सार्वजनिक गरेसँगै दलहरुलाई बन्दसूचीमा समावेश नामहरूलाई क्लस्टर मिलाएर पार्टीले पाएको मतअनुसार नाम पठाउन निर्देशन दिएपछि सोही अनुसार एमालेले आज बैठक बसेर प्रतिनिधि सभातर्फ ३४ र प्रदेश सभातर्फका ६८ गरी १०२ जना समानपातिकबाट निर्वाचित हुने नाम निर्वाचन […]
मंसिर २२– प्रधानमन्त्री शेरबहादुर देउवाले बहुप्रतिक्षित पश्चिम सेती आयोजना छिट्टै सम्पन्न हुने बताउका छन् । धनगढीमा बिहीबारदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले विगतको जस्तो पश्चिम सेतीको निर्माणको ठेक्का ठग कम्पनीलाई नदिएको बताउँदै अब छिट्टै सम्पन्न हुने बताएका हुन् । सुदूरपश्चिम सम्भावनाले भरिएको क्षेत्र रहेको बताउँदै उनले खप्तड, रामारोशनलगायत पर्यटकीय क्षेत्रको विकासले आर्थिक […]
महोत्तरीमा चिसोका कारण बिरामीको संख्या बढ्न थालेको छ । बाक्लो हुस्सु र कुहिरो लागेका मौसम प्रतिकूल बन्दै गएपछि चिसोका कारण बिरामीको संख्या बढ्न थालेको हो । एक सातादेखि स्थानीय अस्पतालमा समेत बिरामीको चाप बढ्न थालेको स्वास्थ्यकर्मीकहरुले बताएका छन् । चिसोका कारण ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरिया लगायतका बिरामीको संख्या बढेको उनीहरूको भनाइ छ । चिसो […]
नागरिक रैबार/बाजुरा १९ मंसिर। नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बाजुरामा बद्रि पाण्डेले जनताको जनमतबाट नभई गुण्डागर्दीबाट बुथ कव्जा गरेर चुनाव जितेकाे आराेप लगाएका छन् । साेमबार केपि बा स्पाेर्ट्स क्लव बाजुराले आयाेजना गरेकाे एक कार्यक्रममा बाेल्दै थापाले भने पाण्डेले बाजुरामा चुनाव जित्नकै लागि राज्य शक्तिकाे चरम दूरूपयाेग समेत गरेर चुनाव जितेकाे आराेप लगाएका […]
नागरिक रैबार/बाजुरा १८ मसिर । बाजुरा प्रदेश (ख) मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका पदम बहादुर शाही बिजयी भएका छन । कुल ३९हजार १ सय अन्ठाउन्न मत खसेको निर्वाचन क्षेत्र २ (ख) मा मतगणनाको प्रारम्भिक चरण बाटै अग्रता कायम गर्नुभएका शाहीले २०हजार १ सय १९ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी […]
प्रतिनिधि सभा अप्डेट गणना भएकाे मत ३३४२६ सदर मत ३२७३६ बदर ६९० कर्णबहादुर थापा १४२१० सुर्य ब्रदिप्रसाद पाण्डे १८२३१ रूख प्रदेश २ (ख) पदम बहादुर शाही (रूख) १३६५५ लालबहादुर थापा (सुर्य) ११०९८
काठमाडौँ — निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत ‘थ्रेस […]
बाजुरा प्रदेश सभा (ख) अप्डेट: अहिलेसम्म ६९४१ गणना हुदाँ बदर ९० मत लाल ब थापा (सुर्य) ३५२६ पदम ब शाहि (रुख) ३२७० हलाे ५२ धारा ३ अन्तर २५६ हाल सम्म गणना भएको मतदान केन्द्र बुढिगंगा १,२ र ३ त्रिवेणि नपा ७,५ ,२ र ३
नागरिक रैबार/ बाजुरा १६ मंसिर । बाजुराकाे प्रदेश सभा (क)मा एकीकत समाजवादका नरेश शाहीले अग्रता लिएका छन् । उनले नेकपा एमाले उम्मेदवार बल्देब रेग्मि भन्दा १३ सय ६० मतले अग्रता लिएका हुन् । अहिलेसम्म ६ हजार ६ सय २७ मतगणना हुँदा शाहीले ३७ सय ४३ मत र रेग्मीको २३ सय ८३ रहेकाे छ । माओवादी […]
नागरिक रैबार/१६ मसिर। बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम गरेका छन् । आज बिहानको मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे ५ हजार १०६ मतसहित अगाडि छन् । उनलाई नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ३ हजार ९९४ मतसहित पछ्याइरहेका छन् । उनीहरुबीचको अन्तर १ हजार ११२ मत छ ।
नागरिक रैबार/बाजुरा १५ मंसिर। बाजुरामा साढे ३ बजेपछि मतगणना सूरू हुने भएकाे छ । आज बसेकाे सर्वदलीय बैठकले साढे ३ बजेबाट मतगणना गर्ने निर्णय गरेकाे हाे । निर्वाचन आयाेगले १० दिनपछि हिजाे मतगणना गर्न निर्देशन दिएपछि मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले आज साढे ३ बजेबाट सुरू गर्ने जनाएकाे छ ।बाजुरा जम्मा मतदाता ८३ हजार५६७ मतदाता मध्ये […]
नागरिक रैबार।निर्माण व्यवसायी संघ बाजुराको अध्यक्षमा वीरेन्द्र बहादुर शाही निर्वाचित भएका छन् । संघको मार्तडीमा सम्पन्न छैटौ जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत निर्वाचित भएका हुन् । शाही यस अघि पनि संघको जिल्ला अध्यक्ष नै थिए । जिल्ला अधिवेशनले अध्यक्षमा वीरेन्द्र बहादुर शाही सहीत प्रथम उपाध्यक्ष सुरत शाह, द्धितीय उपाध्यक्ष दीपा बोहरा, महासचिव रमबहादुर शाही, सचिव हिमाल […]
नागरिक रैबार/बाजुरा ९ मंसिर।प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा खटिएका म्यादी प्रहरीको विदाई गरिएको छ । विहिबार जिल्ला प्रहरी कार्यालयले म्यादी प्रहरीहरुलाई प्रमाणपत्र दिएर विदाई गरेको हो । बाजुरामा निर्वाचनको सुरक्षाका लागि ७ सय ४९ जना म्यादी प्रहरीहरु लाई भर्ना गरिएको थियो । मंसिर ४ गते निर्वाचन […]
नागरिक रैबार/बाजुरा ८ मसिर। अनेरास्ववियूका नेता चेतन अएडीको विभत्स हत्याको बिषयलाई लिएर अनेरास्ववियु बाजुराले आज चाैथाे दिनपनि बिहानैदेखि बजार बन्द गरेको छ । अनेरास्ववियु चेतन अयडीको घटनामा सलग्न रहेकाहरुलाइ तत्काल पक्राउ गर्न माग गर्दै बाजुरामा ४ दिनदेखि प्रर्दशन गर्दै आएको छ । अनेरास्ववियुले हिजो साँझ प्रर्दशनका क्रममा मुख्य निर्वाचन अधिकृत सुरक्षा निकायका प्रमुखहरुलाई दुर्यवहार गरेको […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका तीन क्षेत्रमा जित हात पारेको छ ।काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् । काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी […]
नागरिक रैबार/बाजुरा ६ मसिर। नेकपा एमाले बाजुराले मसिर ४ मा भएको निर्वाचनमा बाजुराका ७० मध्ये १७ वटा बुथमा नेपाली काँग्रेसले बुुथ कब्जा गरेर फर्जी मत खसाएकोले उक्त ठाउँमा मतदान स्थगित गरि पुन: मतदान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाइ माग गरेको छ । मगलबार मार्तडीमा नेकपा एमालेले पत्रकार सम्मेलन गर्दै १७ बुथमा मतदान केन्द्रको निर्वाचन स्थगित […]
नागरिक रैबार/बाजुरा ६ मंसिर।नेकपा एमाले बाजुराले त्रिवेणीमा चेतन अयडीमाथि घटेकाे घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही अघि नबढाउँदासम्म निर्वाचनका कुनै पनि प्रकृया अघि बढाउन नदिने पत्रकार सम्मेलन मार्फत नेकपा एमाले बाजुराले जनाएको छ । मगलबार आज दिउसो पत्रकार सम्मेलनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा एमालेका प्रतिनिधि सभाका उम्मेदवार कणर्बहादुर थापाले बाजुरामा निर्वाचनका क्रममा काँग्रेसले […]
काठमाडौं । नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ काठमाडौं-९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । आफ्नो राजनीतिक जीवनको आठौं स्पर्धामा उनले चौथो जित निकालेका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे ।सत्ता गठबन्धनकी उम्मेदवार नेकपा […]
नागरिक रैबार/बाजुरा ६ मसिर। बाजुराको त्रिवेणी नगरपालिकामा–७ मा मंसिर ४ मा ज्यान गुमाएका चेतन ऐडीको ‘हत्या’ आरोपमा किटानी जाहेरी दर्ता भएको छ । ऐडीको हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको बाजुराका डीएसपी सूर्यबहादुर थापाले बताएका छन् । मंसिर ४ मा निर्वाचन हुँदै त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा चेतन मतदान प्रतिनिधि थिए । मतदान […]