होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा साँस्कृतिक महोत्सव सूरु, प्रदेश प्रमख जोशीद्धारा उद्धघाटन्
समाचार

बाजुरामा साँस्कृतिक महोत्सव सूरु, प्रदेश प्रमख जोशीद्धारा उद्धघाटन्

  • नागरिक रैबार
बाजुरामा साँस्कृतिक महोत्सव सूरु, प्रदेश प्रमख जोशीद्धारा उद्धघाटन्

नागरिक रैबार/बाजुरा ३ चैत्र। बाजुरामा प्रथम कृषि, उद्योग, पर्यटन तथा व्यापार महोत्सव आजबाट सूरू भएकाे छ । महाेत्सवकाे एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिमका प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन् ।

बाजुराकाे उद्याेग कृषि पर्यटन र व्यापार, जडिबुटी संस्कृति समृद्धकाे आधार भन्ने मुल नाराका साथ उक्त महाेत्सवकाे आयाेजना गरिएको छ ।

बाजुराकाे व्यापार,कृषि तथा पर्यटनका क्षेत्रहरु, स्थानीय उत्पादन र स्थानीय कला साँस्कृतिलाई विश्व सामु चिनाउनका लागि सो महोत्सवको आयोजना गरेको आयाेजकले बताएको छ ।

विज्ञापन

महोत्सवमा दुइ दर्जन बढी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजाेड प्रस्तुति रहनुका साथै स्थानीय कलासँस्कृति र स्थानीय उत्पादनको प्रदर्शन गरिने भएको छ ।

महाेत्सवमा स्थानीय देउडा सँस्कृतिको जगेर्ना, भाषा साहित्यको प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास आयाेजकले लिएकाे छ ।प्रथम खप्तड मालिका उद्योग कृषि पर्यटन तथा व्यापार महोत्सवको नाम दिएर सञ्चालन भएकाे महोत्सव चैत्र १२ गतेसम्म सञ्चालन हुने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार