होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हावाहुरी र असिनासहित वर्षाको सम्भावना
समाचार

हावाहुरी र असिनासहित वर्षाको सम्भावना

  • नागरिक रैबार
हावाहुरी र असिनासहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भएको छ । केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको छ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन / चट्याङ/हावाहुरी/असिनासहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विज्ञापन

भोलि (बुधवार) कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यत: सफा रहने छ। पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षा हुनेछ ।

राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार