होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २७ चैत । बाजुराको सदरमुकाम मार्तडी देखि गौमुल गाउँपालिकाको केन्द्र घटमुना जोड्ने सडकमा कालोपत्रेको काम सूरु गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजना रहेको मार्तडी-घटमुना सडकको कालोपत्रेको काम सूरु गरिएको हो । सदरमुकाम मार्तडीदेखि गौमुल गाउँपालिकाको घटमुनासम्मको साढे १३ किलोमिटर सडक मध्ये पहिलो चरणमा मार्तडीदेखि भौनेरा सम्म साढे ६ किलोमिटर सडक कालोपत्रेको […]
नागरिक रैबार/बाजुरा २७ चैत । नेपाल विद्युत प्राधिकरण अन्तरगतकाे बाजुरा वितरण केन्द्रकाे कार्यालयमा तालवन्दी गरिएकाे छ । गत साउन २६ गते करेन्ट लागेर ज्यान गुमाएका बडीमालिका नगरपालिका ८ का भक्तबहादुर रावलकाे परिवारले ९ महिना वितिसक्दापनि प्राधिकरणले उचित क्षतिपुर्ति नदिएकाे भन्दै तालाबन्दी गरेका हुन् । बाजुरा वितरण केन्द्रमा ज्यालादारीमा काम गरिरहेका रावलकाे ९ महिना अघि बुढीगंगा […]
नागरिक रैबार/बाजुरा २४ चैत्र।जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्वर ४ का २ सय ५ जना विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको छ । स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाको समन्वय र साईन नेपाल नामक संस्थाको सहयोगमा वडा नम्वर ४ का अतिविपन्न परिवारका २ सय पाँच जनालाई खाद्यन्न सामाग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको […]
बाजुराको रानीवन क्लब तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ। कैलालीको गौरीगङ्गामा जारी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप अन्तरगत बिहीवार भएको खेलमा नेपाल पुलिसको टिमलाई २–१ गोल अन्तरले पराजित गरी रानीवनले क्वाटर फाइनलमा स्थान पक्का गरेको हो। खेलको २ मिनेटमै गौरव रावतको हेडर गोल मार्फत बाजुराले अग्रता लिएको थियो। ४० औँ मिनेटमा […]
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको घर–घरमा पुगेर खोजी गर्न थालिएको छ । वैशाखमा गर्ने भनिएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा पुगेर खोज्न थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए। उपमहानगरपालिकाका २३ वडामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका […]
२३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सक्ने बताएका छन् । बिहीबार पार्टी निकट पेशागत महासंघको कार्यक्रममा उनले कुनै दिन सभामुखविरुद्ध पनि महाअभियोग ल्याउन बेर नलगाउने टिप्पणी गरेका हुन् । ‘राष्ट्रपतिज्यूलाई महाअभियोग लगाउन खोजेका थिए धेरै पल्ट, पार लागेन’ उनले भने, ‘अहिलेको सभामुखलाई कुन दिन ल्याउन […]
२३ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षको बजेट गुणात्मक ढंगले फड्को हान्ने गरी बनाउने बताएका छन् । बजेट परम्परागत ढंगले बनाएमा जनताको अपेक्षा सम्बोधन गर्न नसक्ने उनको भनाइ छ । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले कनिका छरेजस्तो बजेटले कुनै उपलब्धी नदिने बताएका हुन् । ‘बजेटमा सबैतिर कनिका […]
काठमाडौँ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गर्ने निर्णय भएको जानकारी दिए । आचारसंहिता चितवन, बारा र तनहुँ जिल्लाभर विभिन्न व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ । आगामी आगामी वैशाख १० गते चितवन […]
काठमाडौं । एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगाना नभएको बच्चाको जन्मदर्ता मावलीको थरबाट हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक सूचना जारी गरी उक्त व्यवस्था गरिएको जनाएको हो । त्यस्ता बालबालिकाको जन्मदर्ताका विषयमा थप प्रष्ट पारिदिन स्थानीय तहबाट अनुरोध भइ आएकाले दोहोरो दर्ता नहुने गरी उक्त व्यवस्था गरिएको विभागका महानिर्देशक रुद्र पण्डितले […]
काठमाडौं । सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदै छ । साँझ ५ बजे सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर गठबन्धन सरकारले न्युनतम साझा कार्यक्रम तयार पारेको छ । सो कार्यक्रमलाई आज साँझ ५ बजे सार्वजनिक […]
काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो । नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो ।यसअघिको गठबन्धनले पनि न्यूनतम साझा कार्यक्रम बनाएको थियो ।उक्त गठबन्धन भत्किएर नयाँ दलहरूबीच सत्ता गठबन्धन भएपछि फेरि साझा कार्यक्रम बनाइँदैछ । सरकारले […]
काठमाडौँ । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचन युवामय भएको बताएका छन् ।बिहीबार बिहान फेसबुक ह्यान्डलमा उनले धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिनु खुसीको कुरा भएको बताए । ‘वैशाख १० गते उपनिर्वाचनमा भाग लिने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुँदैछ। धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो,’ ओलीले लेखेका […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको दुई दिनभित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन् । बुधवार नेकपा (माओवादी केन्द्र) केन्द्रिय सहकारी तथा गरीवी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिन भित्रमा पूर्ण रुपमा सरकार बिस्तार हुने बताए । उनले अब सरकारको ध्यान […]
सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५१० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७० रुपैयाँ तिरे पुग्नेछ । काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ […]
भिडियो हेर्नुस :
काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डेले संघीय शिक्षा ऐन ल्याउन ढिलो गर्न नहुने बताएका छन्। २०२८ सालकै शिक्षा ऐनलाई टालटुल गरि चलायरहेको बताउँदै उनले संघीय शिक्षा ऐन अबिलम्व ल्याउनुको विकल्प नरहेको बताए। मंगलबार सामुदायिक विद्यालय व्यवस्थापन समितिको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सांसद पाण्डेले २०२८ सालमा बनेको शिक्षा नीतिलाई पटकपटक संशोधन गरेर चलाइरहेको […]
काठमाडौँ- मधेश प्रदेश सरकारमा सहभागी भएका एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् ।मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेबाट मन्त्री भएका भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुघनप्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव रायले मंगलबार राजीनामा दिएका हुन् […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो । लामिछानेविरुद्धको मुद्दा यसअघि पनि सिन्हाले हेरेकाले यो मुद्दा हेर्न नमिल्ने भएको बताइएको छ । सोमबार दर्ता भएको रिट मंगलबारका लागि पेशी सूचीमा चढाइएको थियो । रवि लामिछानेविरुद्ध राहदानी […]
धनगढी: कैलालीमा लागुऔषध ब्राउनसुगरसहित ११ जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका र टीकापुर नगरपालिका क्षेत्रबाट ब्राउनसुगर सेवन गरिरहेका अवस्थामा भेटिएका ७ सहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले धनगढी उपमहानगरपालिका–३ बिशालनगर बस्ने ४० वर्षीय आनन्द धामीलाई ३ ग्राम ४०० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जानकारी […]