होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
तनहुँ – प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता आज हुँदैछ ।तनहुँ क्षेत्र नं. १ मा हुने उपनिर्वाचनका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उम्मेदवारी दर्ता र निर्वाचन चिह्न प्रदान गरेपछि कर्मचारी खटनपटनको कामलाई अगाडी बढाइने उनले बताए । यही चैत […]
चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले चितवन-२ मा उम्मेदवारी दर्ता गरेका छन् ।आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार लामिछानेले मनोनयन दर्ता गरेका हुन् । १० वैशाखमा चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदै छ । जसको सोमबार मनोनयनका लागि समय तोकिएको छ ।
दाङ । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने भएको छ ।प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको जनाएको छ । प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ नियम १२ को उपनियम (३) बमोजिम अनुरुप बैठक आह्वान गरिएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बताए । आज […]
चितवन । वैशाख १० गते चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् । कार्यालयमा पुगेसँगै लामिछानेको उम्मेदवारी दर्ताको प्रक्रिया सुरु भएको हो । गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २ […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएको छ । वैशाख १० गते हुने तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा सो पार्टीको आधिकारिक उम्मेदवार नहुने भएको हो । चितवन २ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई सघाउने निर्णय गरेको माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले बताए । यस क्षेत्रमा […]
काठमाडौँ । नेकपा (एमाले)ले आगामी वैशाख १० गते हुने चिवतन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । शनिवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रिय सचिवालय बैठकले चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रामप्रसाद न्यौपाने र तनहु क्षेत्र नम्बर १ को उपनिर्वाचनमा सर्बेन्द्र खनाललाई उम्मदवार बनाउने […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी देशकै ठूलो पार्टी बन्ने बताएका छन्।शनिबार बसुन्धारास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टी देशको सबैभन्दा ठूलो र देशको सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुने उनले बताए। यस्तै विज्ञता प्रस्तुत गरौं, मुलुकको सेवा गरौं भन्नेहरूका लागि पार्टीमा ठाउँ राखेको बताए।‘म कहाँ गएर मेरो विज्ञता प्रस्तुत […]
नागरिक रैबार/बाजुरा १८ चैत्र ।।बाजुराको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले गाउँपालिका भित्र तिव्र गतिमा विकासका कामहरु हुदै गएकोले यसलाई रोक्न गठबन्धनका दलहरु सक्रिय भएर लागेको आरोप लगाएका छन् । शुक्रबार गाउँपालिकाको कार्यालय जुड्डीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शाहीले चैत्र ८ गते गठबन्धनमा आवद्ध दलहरुले विभिन्न आरोप लगाउँदै दिएको ध्यानाकर्षण पत्र विकासका कामहरु रोक्ने षडेन्त्र […]
डोटी: डोटीमा सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गरिएको छ। अस्पतालमा सुत्केरी हुन आउनेलाई २०८० असारसम्म देशका कुनै पनि अस्पतालमा लैजाँदा एम्बुलेन्स खर्च नलिने भएको हो। अस्पतालमा सुत्केरी हुन नसकेर जिल्ला बाहिर लैजान परेमा एम्बुलेन्स सेवा निःशुल्क गरेको जिल्ला अस्पतालका अध्यक्ष धनबहादुर नेपालीले बताए। जिल्लाका जुनसुकै ठाउँबाट भए पनि स्वास्थ्य संस्था, स्थानीय तह वा स्वयं व्यक्तिको […]
काठमाडौं । हाल देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भएको छ । केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको छ। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै […]
बझाङ । बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेतीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाब घटेपछि मात्रै जोडिन्छ । नदीले छिमेकी दुई गाउँको भाषा, पहिरन, चालचलन, संस्कार, संस्कृति पनि छुट्याइदिएको छ । नियमित दुई गाउँको सम्पर्क नहुँदा यो अवस्था सिर्जना भएको हो । साइपाल गाउँपालिका–५ मा पर्ने […]
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य तनहुँ -१ र बारा-२ को उपनिर्वाचनमा भाग लिन आयोगले दल दर्ताका लागि आग्रह गरेको हो । चितवन २ को लागि आयोगले यसअघि नै दल दर्ता गरेको थियो । आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ कार्यालयमा दल […]
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन्। नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक आज विश्वासको मत लिन लागेका हुन्। संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष […]
काठमाडौँ । उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् । निर्वाचित यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ सांसदको मत पाए भने पराजित शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ सांसदको मत पाइन् । यस्तै जनमत पार्टीकी […]
नागरिक रैबार/बाजुरा ३ चैत्र। बाजुरामा प्रथम कृषि, उद्योग, पर्यटन तथा व्यापार महोत्सव आजबाट सूरू भएकाे छ । महाेत्सवकाे एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिमका प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन् । बाजुराकाे उद्याेग कृषि पर्यटन र व्यापार, जडिबुटी संस्कृति समृद्धकाे आधार भन्ने मुल नाराका साथ उक्त महाेत्सवकाे आयाेजना गरिएको छ । बाजुराकाे व्यापार,कृषि तथा […]
काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचनपछि हुने मन्त्रिमण्डल पुनर्गठन नेकपा एकीकृत समाजवादीले तीनवटा मन्त्रालय नछोड्ने गरी दाबी गर्ने भएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका नेता राजेन्द्र पाण्डेले अब हुने मन्त्रिमण्डल पुनर्गठनमा आफ्नो पार्टीले तीनवटा मन्त्रालय पाउने गरी गठबन्धनको बैठकमा दाबी गर्ने बताए । ‘कांग्रेसले राष्ट्रपति पायो, माओवादीले प्रधानमन्त्री र जसपाले उपराष्ट्रपति पाउने गरी हामी लागेका […]
जनकपुरधाम । सप्तरीमा बुहविवाह गर्ने एकजना जेल चलान भएका छन् ।छिन्नमस्ता गाँउपालिका-२ बस्ने वर्ष २४ का सुरेन्द्र खंग जिल्ला अदालत सप्तरीको आदेशमा जेल चलान भएका हुन् । मन्जुदेवी खंगको जाहेरीले बहुविवाह मुद्दामा ९ पुस २०७६ मा जिल्ला अदालत सप्तरीले उनलाई एक वर्ष दुई महिना कैद फैसला सुनाएको थियो । फैसलादेखि फरार रहेका थिए । उनलाई […]
काठमाण्डौं : मोफसलमा कुशल संचारकर्मीका रुपमा स्थापित गायक प्रमोद डिजी थारु गायनतर्फ उत्कृष्ठ राष्ट्रिय समाबेशी म्यूजिक अवार्डबाट सम्मानित भएका छन । काठमाण्डौमा एक समारोहकाविच गायक डिजीलाई थारु गायनतर्फ उत्कृष्ट राष्ट्रिय समाबेशी म्यूजिक अवार्ड (निम) २०७९ प्रदान गरिएको हो । अवार्डमा समाबेश पाँच वटा गितमध्ये गायक डिजीले ‘तोहर नथिया’ बोलको गितमार्फत उत्कृष्ट गायन अवार्ड पाउन सफल […]
काठमाडौं । रेखा थापाको अनटाइटल्ड प्रोजेक्टबाट नायिका आँचल शर्मा (दवाडी) अलग भएकी छन् । रेखाले चलचित्रको स्क्रिप्ट पढ्न नदिएपछि उनले सो चलचित्रमा काम नगर्ने निधो गरेकी हुन् । ‘नायक विहीन’ नारीप्रधान चलचित्रमा रेखासहित पूजा शर्मा र आँचलले प्रमूख भूमिकामा अभिनय गर्ने भनिएको थियो । पूजाले सामाजिक सञ्जालमा नै रेखासँग सहकार्य पाएकोमा उत्साहित स्टाटस लेखेकी थिइन् […]
नागरिक रैबार/बाजुरा १ चैत्र। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं ४ र ६ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।गाउँपालिका तथा वडा कार्यालयबाट छनोट गरिने विभिन्न योजनाहरुमा एकलौटी गरिएको भन्दै २ वटै वडा कार्यालयमा तालाबन्दी गरिएको मनोज सिंहले बताएका छन् । उनका अनुसार गाउँपालिकाको वडा नं ४ मा सोमबार र वडा नं ६ मा मंगलबार तालाबन्दी […]