होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । हालै सम्पन्न उपनिर्वाचनमा नेकपा एमाले तीनवटै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ । चितवन–२ मा त पहिला भन्दा कम मत प्राप्त गरेको एमाले बारा–२ र तनहुँ–१ मा पनि तेस्रो स्थानमा रहन पुग्यो । तीनवटै निवार्चन क्षेत्रमा एमाले १८ हजार भन्दा बढी मतान्तरले पराजय हुन पुगेको छ । चितवन–२ अघिल्लो निर्वाचनमा एमालेका कृष्णभक्त […]
बारा । बारा निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । यादव आफ्ना निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । यादवले २८ हजार चार १५ मत प्राप्त गर्दा जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाएका […]
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२)ले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक हजार ४५३ परीक्षा केन्द्र रहने छन्। परीक्षा नियन्त्रण कार्यालयले कतिपय विषयको नमुना प्रश्नपत्रमा विद्यार्थी तथा शिक्षकहरुको सुझाव अनुसार परिमार्जन गर्दै लगिरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झापामा केन्द्रीय कमिटी बैठक बोलाएको छ । वैशाख अन्तिम साता बोलाइएको बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए । उनका अनुसार, बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ । गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन । यो बीचमा दुई महिने ग्रासरुट अभियान […]
चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ । एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले […]
आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनामा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार तथा रास्वपाका उम्मेदवार रवि लामिछानेले आफ्नै यसअघिको रेकर्ड ब्रेक गरेका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा पनि धेरै मत पाएर उनले रेकर्ड ब्रेक गरेका हुन् । जारी मतगणनामै उनले यसअघि आफूले पाएको भन्दा धेरै मत पाइसकेका छन् । उनले गत निर्वाचनमा ४९ […]
चितवन । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ । करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् । लामिछानेले ४५ हजार ८४२ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४२५ मत पाएका छन् । […]
काठमाडौं– प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ । सत्ता गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम राखेका छन् । यादव ४ हजार ४ सयभन्दा बढी मत अन्तरले अगाडि छन् । यादवले १२ हजार ११९ मत पाउँदा उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले ७ हजार ६९३ मत […]
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बानेश्वरस्थित संसद भवनमा मंगलबार १० बजे कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । सोमबारबाट जारी बैठकमा आर्थिक बर्ष २०८०/८१ को बजेटका सन्दर्भमा छलफल भइरहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रेमश लेखकले बताए । सोमबारको बैठकमा दलको नेता शेरबहादुर देउवाले बजेटबाट राय दिन सांसदलाई आग्रह गरेका […]
बैतडी: राष्ट्रिय अनुसन्धान विभाग बैतडीमा पहिलो पटक महिला डिएसपी अर्चना सिन्हा सरुवा भएर आउने भएकी छिन्। हेटौडा निवासी डिएसपी अर्चना सिन्हा राष्ट्रिय अनुसन्धान विभाग बैतडीमा पहिलो पटक आउदै छिन्। राष्टिय अनुसन्धान विभाग जिल्ला कार्यालय बैतडीका प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरीको दुई महिनामै सरुवा भएपछि अर्चना सिन्हा प्रमुखका रुपमा आउने भएकी हुन्। डिएसपी अर्चनाले बैतडीको भूगोल […]
चितवन — चितवन–२ को उपनिर्वाचनमा २१ हजार मत गणना गर्न बाँकी रहे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको जित निश्चित भएको छ । अहिले कालिका नगरपालिकाको मतगणना भइरहेको छ । चितवन–२ मा पर्ने भरतपुर महानगरपालिकाका १० वटा वडाहरु र इच्छाकामना गाउँपालिकाको सम्पूर्ण मत भनेर सकिँदा लामिछानेले निकटतम प्रतिस्पर्धी भन्दा ३२ हजार ६१२ मतको फराकिलो […]
चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म ५० हजार बढी मत गणना हुँदा लामिछानेले ३६१५८ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ७१४८ छ। उनीहरूबीचको मतान्तर २९०१० छ। चितवन-२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ […]
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । […]
तनहुँ १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १० हजारको मतान्तर कायम गरेका छन् । सोमबार साँझ सार्वजनिक मत विवरण अनुसार वाग्लेले २२ हजार ८२ मत पाएका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ६४२ र नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार ४५८ मत पाएका छन् । तनहुँ १ को आँबुखैरेनी गाउँपालिका, […]
काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा उपनिर्वाचनमा ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन् । सोमबार संसद् भवनमा बसेको संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा ठूला पार्टीप्रति जनतामा त्यति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता रहेको बताएको सांसद रामहरि खतिवडाले बताए । कांग्रेसले आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल गर्नका लागि […]
चितवन — चितवन-२ काे मतगणना सोमबार साेमबार दिउँसाे १ बजेबाट सुरू हुने भएकाे छ । सर्वदलीय र सर्वपक्षीय बैठकले सोमबार बिहान यस्ताे निर्णय गरेकाे बैठकमा सहभागी चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले बताए ।हिजाे आइतबार भएकाे मतदानमा चितवन-२ मा ७८ हजार २७७ मत खसेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले प्रारम्भिक विवरण दिएकाे छ । चितवन-२ […]
बारा । बारा–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति जुटेसँगै मतगणना सुरु गर्ने तयारी छ । आइतबार सम्पन्न उपनिर्वाचनको मतपेटिका सङ्कलन राति नै सकिएको र सर्वदलीय बैठक सकिएसँगै गणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । सर्वदलीय बैठकले गर्ने निर्णयको आधारमा मतगणना सुरु गरिने […]
काठमाडौँ – दुईवटा मतपत्र लिएर मतदान केन्द्रमा पुगेपछि बारा–२ मा जनता समाजवादी पार्टीका नेता पक्राउ परेका छन्। बाराको देवताल गाउँपालिका वडा ७ स्थित वडा कार्यालय पिपरवती जब्दीमा रहेको मतदान केन्द्रबाट जसपा नेता एवं जिल्ला समन्वय समितिका सदस्य रामसागर यादव पक्राउ परेका हुन् । यादवले स्वस्तिक छाप लगाएको दुईवटा मतपत्र मतपेटिकामा खसाउन खोजेपछि पक्राउ गरिएको प्रहरीले […]
चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले आफ्नो पक्षमा सकारात्मक माहोल रहेको दाबी गरेका छन् । मतदानस्थल पुग्दा आफ्नो पक्षमा उत्साहजनक स्थिति बनेको पाएको उनको भनाइ छ । पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले उपनिर्वाचनमा हाम्रै भाइ, हाम्रै छिमेकी, हाम्रै दाइ, हाम्रै छोराले चुनाव लड्या छ भन्ने ढंगबाट रेस्पोन्स पाउँदा उत्साहित […]
चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका रवि लामिछानेले अघिल्लो पटक भन्दा राम्रो नतिजा आउनेमा आफू आशावादी रहेको प्रतिक्रिया दिएका छन् । उपनिर्वाचनका क्रममा चितवनका विभिन्न मतदानस्थलहरुको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मतदातामा आशा र उत्साह देखिएको भन्दै आफूमा पनि उत्साह बढेको बताएका हुन् । ‘बिहानदेखि उत्साह देखिएको छ । […]