होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार जिल्ला निर्वाचन कार्यालय हटाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले जिल्ला निर्वाचन कार्यालय हटाउने र जिल्ला प्रशासन कार्यालय अन्तर्गत राख्ने सरकारको मनसाय नरहेको बताएका हो । सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को […]
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले भनेका छन्, ‘यतिबेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको छ ।’ त्यस्तै उनले मधेस सरकारलाई एमालेले विश्वासको मत दिएर […]
३१ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रबार नेपाल आउने भएका छन् ।लामो समयदेखि चीनमा उपचार गराइ रहेका नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्कन लागेका हुन् ।उनी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीसहित असार १ गते शुक्रबार बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उनको सचिवालयले जानकारी दिएको छ । […]
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा करको मात्रा वृद्धि गरेर गरिब तथा न्यून आएका व्यक्तिहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्ने नीति बनाउन लागेको जानकारी दिएका छन् । मन्त्री बस्नेतले संविधानले स्वास्थ्य शिक्षाको विषय निःशुल्क भने पनि व्यवहारमा निःशुल्क हुन नसकिरहेको अवस्थामा मन्त्रालयले गरिब तथा बेवारिसे अवस्थामा पुगेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उल्लेख […]
३१ जेठ, काठमाडौं । संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालयलाई खारेज नगर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले आवधिक निर्वाचन स्वतन्त्र, स्वच्छ र निश्पक्ष रुपमा सम्पन्न गराउन निर्वाचन आयोगसँग परामर्श गरी जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने प्रस्ताव पुनरावलोकन गर्न निर्देशन दिएको हो । १५ जेठमा बजेट वक्तव्य प्रस्तुत […]
३१ जेठ, दाङ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा हुँदै नयाँ नेकपा बनाउने बताएका छन् । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताए । मोर्चाको दस्तावेजसमेत टुंगो लगाइसकेको जानकारी दिँदै प्रचण्डले भने, […]
हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । आज बिहान करिब ३ बजेको समयमा प्रहरीले विशेष सूचनाको आधारमा वीरगञ्जका २२ वर्षीय किसन साहलाई सुनसहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा यात्रुबाहक बसमा चेकजाँच गर्ने […]
३१ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र बेथितिविरुद्ध सम्झौता गर्नुपरे सरकार छाड्ने बताएका छन् । सरकार आफ्ना लागि ठूलो कुरा नभएको भन्दै गलत सम्झौता नगर्ने बताए । प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँग आज बिहान बालुवाटारस्थित निवासमा भएको भेटमा र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान आयोजित अर्को एक कार्यक्रमहरुमा प्रचण्डले सरकार सुशासनका निम्ति […]
३१ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले विज्ञप्ति निकालेर राष्ट्रपति पौडेले नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घन्टाको अवलोकनमा रहेर डिस्चार्ज भएको जनाएका छन् । मंगलबार बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेल बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका थिए […]
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणको तर्फबाट बहस जारी रहेको छ । खाणको पक्षका वकिलले मंगलबारदेखि बहस सुरु गरेकामा आज दोस्रो दिन पनि जारी रहेको हो । पहिलो दिन खाणको तर्फबाट १० जना वकिलले बहस गरेकामा आज दोस्रो दिन वरिष्ठ अधिवक्त रमण श्रेष्ठसहित खम्म खाती, गोपीकृष्ण घिमिरे र सुरेन्द्र महतोले बहस गर्दैछन् […]
काठमाडौँ । महानगरभित्रका स्वास्थ्य संस्थाहरूले प्रचलित कानुन अनुसार असहाय विपन्नसहित लक्षित वर्गहरूलाई कुल शय्याको १० प्रतिशत निःशुल्क उपचार गर्नुपर्ने काठमाडौँ महानगरपालिकाले स्पष्ट गरेको छ । महानगरपालिकाका मेयर बालेन शाहले प्रचलित स्वास्थ्य सम्बन्धी कानुन–मापदण्डको पालना नगरेको पाइएमा संघ तथा प्रदेश मातहतका अस्पतालहरूमा हस्तक्षेपकारी कानुनी कारबाही गरिने चेतावनी दिएका छन् । ‘काठमाडौँ महानगरपालिका भित्र रहेका सबै प्रकृति […]
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै माओवादी केन्द्रलाई पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी कार्यालयमा आयोजित डि आर शर्मा पौडेलको चौथो स्मृति सभामा बोल्दै उनले माओवादीलाई जनताको पार्टी र शक्तिशाली पार्टी बनाइने बताए । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले अब बस्ने केन्द्रीय समिति बैठकले पार्टी पुनर्निर्माणको निर्णय गर्ने बताए । […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलहरूले संसद्मा गाई जात्रा देखाएको आरोप लगाएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित डि. आर. शर्मा पौडेलको चौथो स्मृति सभामा बोल्दै प्रचण्डले प्रतिनिधि सभामा विपक्षी दलका सांसद्हरुले मर्यादा भुलेर प्रस्तुत हुने गरेको दुखेसो पोखे । सदन एकले अर्कालाई अपमानित गर्ने थलोको रूपमा परिणत हुँदै गएकोमा प्रधानमन्त्री प्रचण्डले आपत्ति […]
नागरिक रैबार/बाजुरा ३१ जेठ। बाजुरामा चट्याङ लागेर एक युवकको मृत्यु गएको छ । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका १ का ३१ वर्षका यमराज विष्ट रहेका छन् । मंगलवार साझ आएको अविरल वर्षा संगै चट्याङ पर्दा बिष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार मृतक बिष्ट गाउँमै रहेकाे देउडा पाटन भन्ने ठाउँमा भैंसी […]
३० जेठ, जनकपुरधाम । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ ।जेठ १ गते एमालेले नै समर्थन फिर्ता लिएपछि आज ३० औं दिनमा मुख्यमन्त्री सरोजकुमार यादवले आकस्मिक रुपमा हतारमा विश्वासको मत लिन लागेका छन् । तर एमालेले पुन: उनलाई विश्वासको मत दिने एमाले संसदीय दलका उप नेता दिपेन्द्र ठाकुरले […]
काठमाडौँ । सर्वोच्च अदालतले तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड तथा नेता बाबुराम भट्टराई लगायतको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । युद्धकालीन समयमा बाल सैनिकको प्रयोग गरेको सम्बन्धमा दायर रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो । जनयुद्धको समयमा बाल सैनिक प्रयोग गरिएकाले उच्च नेतृत्वलाई कारबाही हुनुपर्ने मागसहित पूर्व बाल सैनिक लेनिन विष्टले […]
३० जेठ, काठमाडौं । नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ । त्यस क्रममा एक युवकले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । रिजालले ती युवकको नाम […]
चीन । चीनले नेपालमा चीन विरोधी गतिविधि नहोस् भनेर अनुरोध गरेको छ ।चिनियाँ जन राजनीतिक परामर्श दातृ सम्मेलन (चाइनिज पिपुल्स पोलिटिकल कन्सुल्टेटिभ कन्फरेन्स) का अध्यक्ष वाङ हु निङ र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाबीच मंगलबार बेइजिङगमा भएको भेटमा चिनियाँ पक्षले यस्तो अनुरोध गरेको हो । अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा आएको नेपाली टोलीलाई अध्यक्ष वाङले भने, ‘नेपालमा चीन […]
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन् ।विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै थापाले सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका हुन् । थापाले अहिलेकै गठबन्धनबाट कांग्रेस नेतृत्वमा सरकारसमेत बन्ने पक्का भएकाले सभापति देउवाले प्रधानमन्त्रीमा समेत दाबी गर्न नहुने बताए । प्रधानमन्त्रीमा पार्टी सभापति देउवा बाहेक […]
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको जारी बहसका क्रममा अधिवक्ता पंकज कुमार कर्णले बालकृष्ण खाणको बचाउ गरेका छन् । उनले यससम्बन्धी जोहरीमा कतैपनि बालकृष्ण खाणको नाम उल्लेख नभएको बताए । मंगलबार काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश प्रेम प्रसाद न्यौपानको इजलासमा बहसका क्रममा कर्णले सहअभियुक्तहरुले दिएको बयानका आधारमा खाणलाई ठगी, कीर्ते लगायतका पाँच मुद्दा चलाउन नमिल्ने जिकिर […]