होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १० फागुन। बाजुरा सदरमुकाम मार्तडीस्थित जिल्ला प्रहरी कार्यालय र रेडियो बाजुरा नजिकै भेटिएको वेवारिसे बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ । शुक्रबार साँझ रेडियो बाजुरा र पिसविन बाजुराको घर नजिकै झोलामा बेरेर राखिएको वेवारिसे बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार विहान डिस्पोज गरेको समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले बताएका छन् । जिल्ला […]
नागरिक रैबार/बाजुरा ९ फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा बाजुराले पार्टी एकताको टुंगो लगाई सकेपछि शुक्रबार सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालय विभिन्न निर्णयहरु पारित गर्दै बैठक सम्पन्न गरेको हो । यस अघि दोस्रो बैठकबाट भएका निर्णयहरुलाई परिमार्जन गर्दै नेकपाले कमिटी भित्रका ३ वटा मध्ये स्कुल विभाग, संगठन विभाग […]
बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण डोटी लगायत सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा आज बिहानदेखि हिमपात सुरु भएको छ। यो सहित यहाँका पहाडी जिल्लामा छैटौँपटक हिमपात भएको हो। सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा मात्रै आज बिहानदेखि हिमपात शुरु भएको खप्तडमा तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ। गत माघ २० गते परेको हिउँ […]
डोल्पा-सडक यातायात पुगेपछि सहजताका साथ यात्रा गर्ने सपना देखेका यहाँका नागरिक चर्को भाडा तिर्न परेपछि निराश भएका छन् ।जोखिमपूर्ण यात्राका साथै व्यवसायीले मनोमानी भाडा असुल्दा विपन्न नागरिकलाई गाडी चढ्नै समस्या भएको छ ।अधिकांश ग्रामीण सडकमा सञ्चालन हुने जिपले प्रतिकिलोमिटर ३८ रुपियाँसम्म भाडा लिने गरेको पाइएको छ । व्यवसायीले जाजरकोट–डोल्पा सडकको ७६ किलोमिटर दूरीमा पनि दुई […]
सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन् । अनलाईनखबरबाट
काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले आजको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गर्ने भएको छ ।सेक्युरिटी प्रिन्टिङ प्रेस कमिसनको विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप सार्वजनिक भएको विषयलाई लिएर कांग्रेसले बैठक अवरुद्ध गर्न लागेको हो । कांग्रेस सांसद प्रकाश स्नेहीले आजको प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने पार्टी संसदीय दल कार्यसमिति बैठकले निर्णय गरेको […]
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आ.व. २०७६/०७७ को स्वीकृत वार्षिक कार्यक्रममा उच्च तथा प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागी विभिन्न प्रकारका छात्रवृति दिने कार्यक्रम ल्याएको छ। उक्त छात्रवृति कार्यक्रम अन्तर्गत छात्रा छात्रवृतिमा प्रत्येक स्थानीय तहका दुई जनाका दरले १७६ जना, दलित तथा जनजाति छात्रवृतिमा प्रत्येक स्थानीय तहका दुई जनाको दरले १७६ जना, प्राविधिक डिप्लोमा अध्ययन […]
अर्जुन शाह, भवानी भट्ट (धनगढी) — सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोप पुष्टि भए कारबाही भोग्न तयार रहेको बताएका छन् । कञ्नपुरको पुनर्वास नगरपालिकामा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले बिहीबार बिहान भने, ‘कहिले १२ अर्बको हल्ला गर्छन्, कहिले ५ अर्बको । अहिले करोडमा झरेका छन्, केको चिन्ता गर्नु ।’ उनले व्यापारीहरु बढी […]
काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या २ हजार १ सय १८ पुगेको छ ।कोरोना भाइरसका कारण बुधबार थप १ सय १४ जनाको मत्यु भएपछि मृतकको संख्या २ हजार १ सय १८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन् । यसअघि गत मंगलबार एकै दिनमा महामारीबाट १ सय ३६ जनाको मृत्यु भएको थियो ।गत […]
धनगढी : राष्ट्रपति विद्यादेवी भण्डारी धनगढी आउने भएकी छिन्। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्धघाटनका लागि भण्डारी धनगढी आउने कार्यक्रम तय भएको हो। स्थानीय प्रशासनका अनुसार १४ गते विहान राष्ट्रपति भण्डारी धनगढी आउनेछिन्। यस्तै राष्ट्रपति भण्डारी सुदूरपश्चिमका पहाडी जिल्लामा पनि जाने कार्यक्रम तय भएको छ। बैतडीको पाटनमा रहेको भीमदत्त इन्ष्टिच्यूटको नवनिर्मित भवन […]
त्रिभुवन आर्मीकी पुनम रावल थाइल्याण्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएकी छन् ।सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा भइरहेको छनोटबाट पुनम महिला ६० केजी तौल समूहमा छनोट भएकी हुन् ।बुधबार भएको फाइनलमा पुनमले काभ्रेकी डेक्छेन शेर्पालाई पराजित गरिन् । नेपाल बक्सिङ संघद्वारा आयोजित छनोट प्रतियोगिताको पुरुष ५२ केजीमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले दाङका सुरज ओली […]
देशका सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको पद धरापमा परेको छ । नेपाल कम्युनिष्ट पार्टी्भित्रको आन्तरिक द्धन्द्धका कारण छ वटा प्रदेशका मुख्यमन्त्रीहरुको पद धरापमा परेको हो । प्रदेश २ मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको गठबन्धन पनि धरापमा परेपछि मुख्यमन्त्री लालबाबु राउतको पद संकटमा परेको हो । बागमती प्रदेशमा सबैभन्दा विवाद देखिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले […]
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलय पाटन बैतडीका निमित्त डिभिजन प्रमुख सुरेशराज भट्ट १ लाख घुससहित पक्राउ परेका छन। अख्तियार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रहरी निरीक्षक विनोद श्रेष्ठको टोलीले बुधबार बिहान ९ बजे उनलाई पक्राउ गरेको हो। चमेलीया नदी नियन्त्रण तथा तटबन्धन आयोजनाको उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियार दुरुपयोग […]
कैलाली: कैलालीमा १२ हजार बढी मतदाता थपिएका छन्। निर्वाचन कार्यालय धनगढीका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा १२ हजार बढी नयाँ मतदाता थपिएका छन्। आर्थिक वर्ष २०७५/०७६ मा २४ हजार नयाँ मतदाता थपिएकोमा चालु आर्थिक वर्षको ६ महिनामा १२ हजार ३ सय ४८ नयाँ मतदाता थपिएका छन्। निर्वाचन दिवसको अवसरमा मंगलबार धनगढीमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्दै […]
पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको अधिकांश स्थानमा सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान विभागले जनाएको छ । मंगलबार पश्चिमी क्षेत्रबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । सुदूरपश्चिम क्षेत्र तथा अन्य पहाडी भूभागमा आंशिकदेखि […]
काठमाडौं, ६ फागुन । निर्वाचन आयोगले ‘लोकतन्त्रको सवलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने नाराका साथ मतदाता शिक्षा अभियान प्रारम्भ गरेको छ । आगामी निर्वाचनमा मतदाता सहभागिता बढाउन, बदर मत घटाउन, निर्वाचनको महत्व बुझाउन र आफुले इच्छाएको उम्मेदवारलाई मत दिन सक्षम बनाउने उद्देश्ले चौथो निर्वाचन दिवसका अवशरमा अभियान सुरु गरिएको हो । आयोगले मंगलबार निर्वाचन शिक्षा सम्बन्धि स्रोत […]
नागरिक रैबार/बाजुरा ६ माघ।सुरेन्द्र थापाले सामाजिक संजालमा डुम शव्द प्रयोग गरेको भन्दै बाजुरा जिल्लाका दलित अधिकारकर्मीहरुले आर्कोशित भएका छन् । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले दलित समुदायको अपमान हुने गरि सामाजिक संजाल मार्फत अपशव्द प्रयोग गर्दै डुम भन्ने अभिव्यक्ति दिएकोले उनलाई यथासक्य कारवाहीको माग गरेको छ । अधिकारकर्मीहरुले जारी गरेको विज्ञप्तिमा नेपाली जनताको […]
बलात्कार प्रयासकाे आरोपमा बन्दी रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको छ । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । आफ्नै कार्यालयकी महिला कर्मचारीमाथि बलात्कार प्रयासकाे आरोपमा उनी गत १९ असोजमा पक्राउ परी पुर्पक्षका लागि थुनामा थिए । सफाइ पाएसंगै महराकाे सांसद पदकाे निलम्बन फुकुवा हुने छ ।
रामबहादुर विक /धनगढी ४ फागुन । राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश समितिकाे अध्यक्षमा रमा भट्टराई (जैरू) निर्वाचित भएका छिन्। । सङ्घको आइतबार धनगढीमा सम्पन्न प्रथम एेतिहासिक सुदूरपश्चिम प्रदेश सम्मेलनले पत्रकार जैरू अध्यक्षमा रहने गरि १२ सदस्यीय प्रदेश कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा गणेश राेका (डडेलधुरा), सचिव शेरबहादुर सार्की (बाजुरा), सहसचिव रमेश वादी […]
काठमाडौं– सामान्यतया चोरी तथा आपराधिक गिरोहले नम्बर प्लेट फेरेर आपराधिक गतिविधि बढाउने गरेको विषय नौलो होइन । एउटै नम्बर प्लेट भएका सवारी साधान बेला बखत ट्राफिक प्रहरीले नियन्त्रणमा लिने गरेको पनि पाइएकै हौ । हालै एउटै नम्बर प्लेट भएको दुई वटा सवारी साधानको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । सरकारी गाडी एउटै नम्बर प्लेटको रहेको […]