होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
९ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भएको सुन प्रकरणका विषयमा गृहमन्त्रीको जवाफ मागेका छन् ।सानोतिनो संलग्नताबाट एक क्विन्टल सुन भन्सारबाट पास नहुने भन्दै उनले यसमा गृहमन्त्रीको संलग्नता छ कि छैन भनेर प्रश्नसमेत गरे । कम्बोडिया भ्रमणबाट गएराति स्वदेश फर्किएका अध्यक्ष ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । अध्यक्ष ओली र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युयान च्या च्युन नेतृत्वको टोलीबीच सोमबार एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता गरेको हो । आइतबार नेपाल आइपुगेको चिनियाँ टोलीले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यबहाक […]
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८२ सालभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । पार्टी केन्द्रीय समितिको जारी बैठकमा बोल्दै सोमबार थापाले सो प्रस्ताव गरेका हुन् । उनले भने, ‘चुनावको मुखमा महाधिवेशन हुँदा पार्टीको आन्तरिक द्वन्द्वको असर चुनावमा देखियो । ०८२ सालमा जसरी पनि महाधिवेशन गर्नुपपर्छ।’२०७८ पुसमा कांग्रेसको १४ औं महाधिवेशन […]
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरेक काँधमा जिम्मेवारी हरेक हातमा काम हुने बताएका छन् । सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा जवाफ दिँदै उनले भने, ‘नेपाली कांग्रेसले कसैलाई बिर्सिँदैन। हामी केही नवीनतामा जानु आवश्यकता छ। हरेक काँधमा जिम्मेवारी हरेक हातमा काम हुनुपर्छ। सहमहामन्त्रीहरूबाटै कुरा गरौँ। कोही केन्द्रीय सदस्यको हात खाली नराखौँ काम गरौँ।’ यस्तै भ्रातृ […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इटालीको रोममा सात देशमा रहेका नेपाली प्रतिनिधिहरुलाई भेटेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाली जनप्रगतिशील मञ्च इटाली, वेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्याण्डका प्रतिनिधिहरुसँग सोमबार भेट गरेका हुन् । त्यसअवसरमा उनीहरुले नेपाल सरकारले गरेका कामले विदेशमा भएका नेपालीहरुमा समेत देश बन्ने आशा र आत्मविश्वास जगाएको भन्दै प्रधानमन्त्रीलाई बधाई […]
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट राजस्व अनुसन्धान विभागको टोलीले साउन ४ मा ६ वटा शंकास्पद बाकस बरामद गरेको थियो । तस्करीको सुन भएको आशंकामा बरामद सामानमा सुन फेला नपरेको अनुसन्धानमा संलग्न अधिकृतहरुले बताएका छन् । बरामद सामान बुढानिलकण्ठस्थित ‘रेडी ट्रेड प्रालि’ र ‘दोलखा इलेक्ट्रिक’ ले कार्गोमार्फत ल्याएका थिए । ती बाकसमा दाह्री काट्ने ‘सेभर’ […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी मुलुकका नेताले आ-आफ्नो मुलुकमा कम्युनिष्ट सिद्धान्तको अवस्था, देश विकासमा […]
नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ।यसअघि मन्त्रालय भागबन्डामा चित्त नबुझाएको नागरिक उन्मुक्ति पार्टी एक मन्त्री र राज्यमन्त्रीसहित सरकारमा सहभागी हुन लागेको हो।‘भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयको टुंगो लागेको छ। त्यस्तै एउटा राज्यमन्त्री दिने सहमति भएको छ,’ पार्टी प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले सेतोपाटीसँग भने, ‘राज्यमन्त्रीको टुंगो पनि आजै लाग्ला।’ नाउपाका […]
काठमाडौँ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीको उच्च राजनीतिक भेटघाट जारी छ । आइतबार नेपाल आइपुगेको चीनको कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटी राजनीतिक ब्युरोका सदस्य युयान च्या च्युन नेतृत्वको टोलीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेको थियो । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भिडिओ वार्ता गरेको सो टोलीले सोमबार […]
बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताएका छन् । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिले धेरै राम्रो पक्ष रहेको मन्त्री महतले दाबी गरेका हुन् । सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पोलिसी रेट […]
कैलाली । कमलबहादुर शाहको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकार गठन भएको पाँच महिनाभन्दा बढी भइसके पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । मन्त्रालय भागबण्डाको सकस, बजेटको लफडा लगायतका कारण अहिलेसम्म सरकार विस्तारमा ढिला हुँदै आएको हो । मुख्यमन्त्री शाह प्रदेश सरकारको बजेट पारित भएपछि एक साता यता काठमाडौँमा छन् । स्वास्थ्य उपचार तथा राजनीतिक भेटघाटको […]
काठमाडौँ । संघ र प्रदेश सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष सम्मिलित दुई दिने भेलाले विभिन्न १२ बुँदे निष्कर्ष निकालेको छ । साउन ५ र ६ गते काठमाडौँको चन्द्रागिरिमा भएको संघीय संसद तथा प्रदेशसभाका सभामुख र उपसभामुखबीच अनुभव आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम विभिन्न निष्कर्ष निकाल्दै सम्पन्न भएको हो । सो भेलाले कानुन कार्यान्वयनमा प्रभावकारिता […]
काठमाडौँ । अवैध रूपमा भित्रिएको करिब १ सय किलो सुन प्रकरणमा थप ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३ जना भन्सार एजेन्ट र ३ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु रहेका छन् । पक्राउ पर्नेहरूमा भन्सार कर्मचारीहरू भन्सार अधिकृत सन्तोष चन्द, खरिदार जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ तथा भन्सार एजेन्टहरू […]
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को पहिलो साता सरकारले ६ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले साउन पहिलो साता ६ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको हो । यो लक्षित राजस्वको ०.४४ प्रतिशतको उपलब्धि हो । सरकारले चालु आर्थिक वर्षका लागि […]
काठमाडौँ । लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राख्दै विरोध जुलुस सहित सिंहदरबार घेराउ गरेको छ । उनीहरूले नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न तथा समाजवादी अर्थतन्त्रको […]
मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले नेकपाका संस्थापक महासचिव पुष्पलालको सपना पूरा गर्नका लागि नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य रहेको बताएका छन् ।पुष्पलाल स्मारक समितिले मोरङमा आयोजना गरेको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । “पुष्पलालले जुन कुरालाई केन्द्र बिन्दुमा राखेर कम्युनिष्ट पार्टी स्थापना गर्नु भएको […]
काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले सेनाको संख्या घटाउने नभइ एयरफोर्स बनाउनु पर्नेमा जोड गरेका छन् ।नेपाली सेनाको संख्या घटाउने बहस भइरहँदा अध्यक्ष थापाले एयरफोर्स खडा गर्नुपर्ने धारणा राखेका हुन् । ‘नेपाली सेनाको संख्या घटाउनु पर्छ भन्नेहरु आत्मसमर्पणवादी हिनताबाट ग्रसित छन्, नेपालको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै सेनालाई थप साधन श्रोत दिई चुस्त दुरुस्त राख्नु पर्छ, […]
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीमा अनुशासनको पाटो निकै कमजोर रहेको बताएका छन् । केन्द्रीय कार्य समितिको बैठकमा उनले पहिलो पटक प्रत्यक्ष चुनाव लड्दाको अनुभव सुनाउँदै यस्तो बताएका हुन् । पार्टीका नेता कार्यकर्तालाई बेलैमा अनुशासनको लगाम नलाए भविष्यमा विकराल अवस्था आउने चौधरीको भनाइ छ । टिकट पाएपछि पार्टीका सबै साथी एक ठाउँमा […]
७ साउन, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा आजबाट सर्वाेच्चमा निरन्तर सुनुवाइ हुँदैछ । सभामुखको पनि समर्थनमा असार २१ गते थापा मुख्यमन्त्री नियुक्त भएपछि असार २२ गते एमाले संसदीय दलका नेता कार्की वर्तमान सरकार गठन अवैधानिक भएको भन्दै आफ्नो नेतृत्वमा सरकार गठनका लागि परमादेश […]
काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको एकपछि अर्को नेपाल भ्रमण हुँदैछ । चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आउन लागेको हो । नेकपा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवसको दिन साउन ७ गते बिहान ११ बजे छिमेकी मित्र रास्ट्र जन गणतन्त्र […]