होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • इलाम २ को उपनिर्वाचनमा रास्वपाको उम्मेदवारमा रमेश प्रसाईंको चर्चा
देश/प्रदेश

इलाम २ को उपनिर्वाचनमा रास्वपाको उम्मेदवारमा रमेश प्रसाईंको चर्चा

  • नागरिक रैबार
इलाम २ को उपनिर्वाचनमा रास्वपाको उम्मेदवारमा रमेश प्रसाईंको चर्चा

विराटनगर । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि प्रतिनिधिसभा अन्तर्गत खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपनिर्वाचनको मिति तोकिएको छ ।

उक्त निर्वाचनमा नयाँ पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट को उम्मेदवार होला भन्ने चर्चा सुरु भएको छ । रास्वपाका एक नेताले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका रमेश प्रसाईंको चर्चा रहेको बताए । यसअघि रास्वपाले बैंकर अनिल केशरी, पत्रकार मिलन लिम्बू लगायतलाई उठाउने चर्चा हुँदै आएको थियो ।रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले प्रसाईंको नाम चर्चामा रहेको बताए । बुर्लाकोटीलाई रास्वपाले इलाम–२ को उपनिर्वाचनका लागि कमाण्डर तोकेर पठाएको छ ।

‘रमेश प्रसाईंलाई उठाउनु पर्छ भन्ने ठुलै जमात छ । उहाँ झापा बस्ने भएको कारण इलामसँगको सम्बन्ध पनि राम्रो छ । पार्टीभित्रका साथीहरुको सुझाव पनि छ । तर, पार्टीले रमेश प्रसाईंलाई उठाउने भन्ने कुनै मनस्थिति बनाएको छैन । सम्भवतः उपनिर्वाचनमा उहाँ उठ्नुहुन्न,’ बुर्लाकोटीले भने, ‘रमेश प्रसाईं हुँदा इलाममा चुनाव जितिन्छ भन्ने इलाममै साथीहरूको पनि कुरा छ ।’

विज्ञापन

उता, प्रसाईं आफैँ पनि सो क्षेत्रमा जनजाति उम्मेदवार उठाउनु पर्ने आफ्नो धारणा रहेको बताउँछन् । ‘मेरो व्यक्तिगत विचारमा पार्टी शत प्रतिशत समावेशी हुनुपर्छ । इलाम–२ को उम्मेदवार छनौट गर्दा त्यो निर्वाचन क्षेत्रका स्थानीयले अपनत्व ग्रहण गर्ने खालको उम्मेदवार छानिनुपर्छ भन्ने मेरो दृढ दृष्टिकोण हो । अझै स्पष्ट रुपमा भन्दा आदिवासी जनजाति समुदायको उम्मेदवार हुनुपर्छ भन्ने मेरो धारणा हो,’ उनले भने ।

आफ्नो व्यक्तिगत हितभन्दा संगठनको बृहत्तर हित हेर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको प्रसाईंले बताए । यद्यपि पार्टीले टिकट दिने निर्णय गरेको खण्डमा आफू जाने उनको भनाइ छ । ‘पार्टीको आधिकारिक निर्णय भएको होइन । सम्भावित नामको विषयमा छलफल भएको हो । त्यसक्रममा मेरो नाम पनि आएको भन्ने सुन्नमा आएको हो । म त्यो छलफलमा थिइनँ,’ उनले भने, ‘म पार्टीको निष्ठावान सदस्य हो । राजनीतिमा कुनै पनि व्यक्ति हामफाल्दा जनप्रतिनिधिको रुपमा उभिने सपना देखेको हुन्छ । पार्टीले निर्णय ग¥यो भने म जिम्मेवार सदस्यको हिसावले स्वीकार गर्छु ।’

उता, रास्वपा सहमहामन्त्री बुर्लाकोटीले पार्टीले गरेको अनौपचारिक सर्वेक्षणमा आफ्नो पार्टीले जित्ने दाबी गरे । ‘कुनै व्यक्तिको विषयमा मत सर्वेक्षण गरेको होइन । पार्टीको अवस्थाको विषयमा अनौपचारिक सर्वेक्षण ग¥यौँ । हाम्रो राम्रो अवस्था देखियो,’ उनले भने ।

रास्वपाले एमालेसँग तालमेल गर्ने भन्ने चर्चा चलिरहे पनि उनले त्यस्तो सम्भावना नरहेको बतए । ‘हाम्रो उम्मेदवारलाई समर्थन गर्ने अवस्था भए हामी समर्थन लिन्छौँ । तर, अरुलाई हामी स्वीकार गर्दैनौँ,’ उनले भने ।

इलाम–२ को उपनिर्वाचनका लागि यसअघि प्रतिस्पर्धामा रहेका एमाले र कांग्रेसका आन्तरिक कमिटीहरु चुनावलक्षित सांगठनिक तयारी गरिरहेका छन् । माओवादी केन्द्रले पनि यसपटक एक्लै मैदानमा उत्रने जनाएको छ । पहिचानवादीहरु पनि यसपटक एकताबद्ध भएर जानेगरी लागेका छन् ।

एमाले स्रोतका अनुसार उक्त निर्वाचन क्षेत्रमा नेम्वाङका छोरा सुहाङ नेम्वाङको बढी चर्चा छ । यस्तै एमालेबाट नेताहरु उदय राई, उमेश गुरुङ, बुद्धि खनाल, रविन्द्र सुवेदीलगायतको चर्चा छ । एमालेको दह्रो आधार क्षेत्र रहेको उक्त निर्वाचन क्षेत्रमा चुनाव लड्न आकांक्षा राख्नेको ताँती नै रहेको स्थानीय बताउँछन् ।

उता, कांग्रेसबाट यसपटक पनि डम्बरबहादुर खड्का नै उम्मेदवार बन्ने सम्भावना छ । कांग्रेस इलामका सभापति समेत रहेका खड्का ०७९ को निर्वाचनमा नेम्वाङसँग थोरै मतले हारेका थिए । २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी भए भने खड्काले २९ हजार ९०६ मत ल्याएका थिए ।

यस्तै पहिचानवादीहरुको तर्फबाट १ नम्बर प्रदेश पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्रसिं थेगिम, प्रेम एक्तेन, केबी पालुङ्वा र लिम्बुवानका नेता कुमार लिङ्देन उम्मेदवारको आकांक्षी छन् ।उता, आदिवासी जनजाति पत्रकार महासंघका महासचिव मिलन लिम्बूले भने आफू स्वतन्त्ररुपमा चुनावी मैदानमा उत्रने बताएका छन् ।

इलामको २ नम्बर निर्वाचन क्षेत्र पहिचानको आन्दोलनमा होमिनेहरुको प्रभाव क्षेत्र पनि हो । पहिचानवादीको आन्दोलनको अवस्था हेर्दा यसपटक कांग्रेस–एमालेलाई गाह्रो पर्ने देखिन्छ । तर, भोटको समयमा उनीहरूले के गर्छन् ? त्यो भने हेर्न बाँकी छ । यदि पहिचानवादीहरु एकताबद्ध भएको अवस्थामा चुनावी परिणामले धेरै बदलाव ल्याउन सक्ने स्थानीयहरु बताउँछन् । रातोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार