होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
दार्चुला । मालिकार्जुन गाउँपालिका–८ शङ्करपुर पस्तीमा घर पुरिएर दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका–५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको मालिकार्जुन गाउँपालिका–८ का वडा सदस्य केशवसिंह धामीले जानकारी दिए । उनीहरुको घरभित्रबाट शव निकालिएको छ […]
काठमाडौँ — स्कुले सहपाठीले कहिले बाटैमा किताब फ्याँकिदिन्थे, कहिले कुटपिट गर्थे । अप्ठ्यारो पार्ने र दुःख दिने नियतले कहिले त किताब मन्दिरभित्रै राखिदिन्थे, जहाँ उनका लागि प्रवेश निषेध थियो । प्राथमिक शिक्षा लिने क्रममा कैयौं यस्ता व्यवहारका कारण उनले मानसिक यातना सहे । सहपाठीबाटै निरन्तरको हिंसाले टिक्न सकेनन् । अन्ततः घर नजिकैको प्राथमिक विद्यालय छाडेर टाढाको विद्यालय धाउन बाध्य […]
सुदूरपश्चिमका विभिन्न जिल्लाका १२ प्रहरीमा कोरोना संक्रमण देखिएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार कञ्चनपुरका ४, अछामका २ र बाजुराका ६ गरी १२ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये ९ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। बाजुरामा संक्रमण पुष्टि भएका ६ जना प्रहरी मध्ये तीन जनाको भने आईसोलेसनमा उपचार भईरहेको प्रहरी वरिष्ठ उपरिक्षक मुकेश सिंहले […]
धनगढी — धनगढीका विभिन्न तीन ठाउँमा मंगलबार बिहान भेटिएका प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । धनगढीस्थित सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयको गेट बाहिर, आर्थिक मामिला तथा योजना र भौतिक पूर्वाधार विकास मन्त्रालय (सँगै रहेका भवन) अगाडि र प्रदेशसभा नजिक पार्कमोडमा प्रेसर कुकर बम फेला परेको थियो । कैलालीकै लम्कीचुहा नगरपालिको कार्यालय अगाडि पनि […]
धनगढी : सुदूरपश्चिमका आधा बढि कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। नौँ जिल्लाका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट दुई हजार एक सय २९ कोरोना संक्रमित डिस्चार्ज भएका हुन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा दुइृ हजार एक सय २९ कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। उनका अनुसार […]
६ साउन, काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) स्वागत गरेको छ । भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई डब्ल्यूएचओले बधाइसमेत दिएको छ । यद्यपि फैलिँदो संक्रमणबाट लड्नका लागि अझै धेरै काम गर्न बाँकी रहेको डब्ल्यूएचओले जनाएको छ । जेनेभामा एक प्रेस कन्फ्रेन्समा बोल्दै डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा. माइक […]
मनसुनी वायुका कारण लगातारको वर्षाले बाजुरा जिल्लामा बाढीपहिरोले वितण्डा देखाएको छ । जिल्लाका विभिन्न ठाउँमा बाढीपहिरोका कारण करौडौँको नोक्सानी भएको छ भने हजारौँ परिवार विस्थापित भएका छन् । वर्षायाम शुरु भएसँगै जिल्लाभरि बाढीपहिरोको घटना भइरहेको छ । बाढी र पहिरोले ठूलो क्षति भएको छ । सोमबार जिल्लाका विभिन्न ठाउँमा बाढी र पहिरोले ठूलो क्षति गरेको […]
काठमाडौं । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा पुरुष र महिलाले यात्रा गरिरहेको एउटा तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । मोटरसाइकलको पछाडि बसेकी महिलाले लगाएको पोशाकलाई लिएर विभिन्न टीकाटिप्पणी गरिएका छन् । यो तस्वीरका विषयमा अहिले धेरैलाई कौतुहल पनि छ । तस्वीर वास्तविक नभएर फोटोसप गरिएको पो हो कि ? मोटरसाइकलमा सवार व्यक्ति नजिकका नातेदार […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मङ्गलबार आज बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्ने तय भएको नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए । नेकपामा आन्तरिक किचलो बढेपछि स्थायी समिति बैठक पटक पटक स्थगित हुदै आएको छ । अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट केपी शर्मा ओलीले […]
नहकुल जोशी/साउन ५ बाजुरा। मनसुन सक्रिय भए संगै लगातार बर्षाका कारण बुढीनन्दा नगरपालिका वडा नं एकको वाधु माद्यामिक विद्यालयको भवन जोखिममा परेको छ । बड्डीगाड खोलाले विद्यालय भवन नजिकैबाट कटान शुरु गरे पछि विद्यालयको भवन उच्च जोखिममा परेको विद्यालयका प्रधानाध्यापक नैन बहादुर कार्कीले बताउनुभएको छ । खोलाको पानीले केहि बर्ष अघि धार परिवर्तन गरेको थियो, […]
काठमाडौं । सोमबार नेपालमा १ सय ८६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार आजसम्म प्रदेश नम्बर १ मा ८ सय ४५, प्रदेश नम्बर २ मा ४ हजार ६ सय २५, बाग्मती प्रदेशमा ८ सय ५९ […]
५ साउन, काठमाडौं । नेपालमा पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने महानिर्देशक सरजुकुमार वैद्यले बताए । बैद्यले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई ब्रिफिङ गरेअनुसार प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना […]
५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ८६८ जना निको […]
काठमाण्डौ – गएको जेठ ३० गते नेपालमा मनसुन भित्रियो । त्यसपछि लगातारजसो पानी परिरहेको छ । मनसुन सक्रिय भएदेखि साउन ३ गतेसम्म एक सय चार जनाले बाढी पहिरोमा परेर ज्यान गुमाएका छन् । त्यस्तै ८४ जना घाइते भएका र ४३ जना सम्पर्कविहीन रहेका सरकारको पछिल्लो तथ्याङ्क छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार […]
काठमाण्डाै – घटना १. रामेछापको मन्थली नगरपालिका ३ का ३४ वर्षीय सुनबहादुर कार्कीले दुई वर्ष पहिले सिप्रदी ट्रेडिङ कम्पनीबाट किस्तामा पैसा तिर्ने गरी टिप्पर किने । लकडाउनमा टिप्पर रामेछापमै थियो । मर्मत गर्नुपर्ने भएपछि जिल्ला प्रशासन कार्यालयबाट पास बनाएर सुनबहादुरले असार ५ गते टिप्पर काठमाण्डौ ल्याए र कम्पनीको ग्यारेजमा राखे । असार ७ गते गाडी […]
धनगढी : सुदूरपश्चिममा भारत लगायतका देशबाट फर्किएका झण्डै सात हजारलाई क्वारेन्टिनमा राखिएको छ। कोरोना भाईरसको जोखिममा रहेका ६ हजार नौ सय ४९ जनालाई क्वारेन्टाईनमा राखिएको हो। प्रदेशभरी ६० हजार एक सय तीन जना अटाउने एक हजार चार सय ९७ वटा क्वारेन्टिन बनाईएकोमा पाँच हजार एक सय ५८ जना पुरुष र एक हजार सात सय ९१ जना […]
काठमाडौँ: मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ। विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिए। उनका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश […]
५ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टीभित्रको विवादको विषयमा पूर्वमाओवादीसम्वद्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् । नेताहरुलाई सोमबार विहान आफ्नै निवास खुमलटारमा बोलाएर प्रचण्डले केन्द्रीय कमिटीको पछिल्लो बैठकदेखि आइतबार प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तासम्मका घटनाक्रमबारे ब्रिफिङ गरे । पूर्वमाओवादी भनेर बैठक गर्नु […]
बाजुरा — आईतवार राति आएको बाढि पहिरोले बुढिगंगा नगरपालिका ठुलो क्षती पुयाएको छ । बाढि प्रहिरो प्रभाबित क्षेत्रमा बुढिगंगा नगरपालिका नगर प्रमुख दिपक बिक्रम शाह सहितको टोलि पुगेको छ । अबस्थाको अनुगमन र बिस्थापित बस्ति ब्यबस्थापनाका लागि नगरपालिकाको टिम प्रभाबित क्षेत्र पुगेको हो । प्रभाबित क्षेत्र नगरप्रमुख शाह, उपप्रमुख तारा खाति, वडा अध्यक्ष र कर्मचारी […]
५ साउन, कैलाली । पहिरोमा पुरिएर दार्चुलामा आमा–छोरीको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका ६ मा पहिरो जाँदा ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ‘घटना अविरल वर्षाका कारण पहिरोले घर भत्किदा भएको हो,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले भने, […]