होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजार अन्धकारमा रहेको छ । विसं २०४० मा निर्माण भएको यहाँको घुघुत्ती साना जलविद्युत् आयोजनाको अहिलेसम्म मर्मतसम्भार हुननसक्दा यहाँका उपभोक्ताले दशकौँदेखि दैनिक १८ घण्टा लोडसेडिङको मार खेप्दै आएका छन् । गत वर्ष विद्युत्को क्षमता विस्तारका लागि करिब रु तीन करोडको ठेक्का आह्वान गरेर भारतीय ठेकेदार सुरेन्द्र पासीले दुईवटा नयाँ मेसिन […]
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको बुधबार १०७ औँ जन्मजयन्ती । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्र्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला […]
कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी, व्यापार, व्यवसाय गुमाउने रहेको राष्ट्रिय योजना आयोगको अध्ययनले देखाएको हो । कोभिड–१९ ले श्रम बजार (स्वदेश वा विदेश)मा पार्ने असर विषयमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको संयोजकत्वमा गठित कार्यदलको अध्ययन प्रतिवेदनमा […]
धनगढी– रोजगारीका लागि भारत गएकाहरू कोरोना संक्रमणको डरले घर फर्किए पनि अहिले भोकसँग हारेर फेरी भारत जाने क्रम बढेको छ। केही महिना घर–गाउँमै बसेका उनीहरु गुजारा चलाउनै मुस्किल भएपछि फेरी भारत जान थालेका हुन्। अहिले पुनः कामकै खोजीमा भारततिर फर्किनेको सीमा नाकामा लर्को छ। त्रिनगर–गौरीफन्टा नाकाबाट मंगलवार पनि चार सय ४८ जना भारत पसेका छन्। […]
हेटौंडा २३ भदौ । मकवानपुरको मनहरी गाउँपालिका– १ का वडाध्यक्ष शिवप्रसाद खनालकी आमाले तीनवटा वडाबाट अलग अलग सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको पाइएको छ । ७२ बर्षकी बेदमाया खनालले वडा नम्बर १, ३ र ७ बाट अलग अलग ज्येष्ठ नागरिक र एकल महिला भत्ता लिँदै आएको खुलेको हो । वडा नम्बर ३ बाट एकल महिला […]
२३ भदौ, वीरगञ्ज । कोरोना महामारी शुरु भएयताका ५ महिनामा देशभर महिला हिंसा तथा मानव अधिकार उलंघनका २ हजार ४६ वटा घटना भएका छन् । शान्तिका लागि साझा अभियान (कोक्याप) ले प्रदेश २ का प्रदेश सभा सदस्य महिला तथा महिला अधिकारकर्मीसँगको भर्चुअल छलफलमा यो तथ्यांक सार्वजनिक गरेको हो । कोक्यापको तथ्याङ्क अनुसार प्रदेश नं २ […]
२३, भदौ, काठमाडौं । मदिरा, वियर वा सूर्तिजन्य पदार्थ उत्पादन गर्ने उद्योगले पैठारीकर्ता तथा बिक्रेतालाई उपहार दिन नपाउने भएका छन् । अन्तःशुल्क ऐन २०५८ मा गरिएको संशोधनपछि यस्तो व्यवस्था लागू कार्यन्वयनमा आएको आन्तरिक राजस्व विभागले जनाएको छ । नयाँ व्यवस्था अनुसार उत्पादकले आफ्ना पैठारीकर्ता र बिक्रेताका लागि छुट दिएर कम मूल्यमा त्यस्ता पदार्थ पनि विक्री […]
२३ भदौ, बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गाई–भैंसी सुत्केरी हुँदा पशुधनी किसानलाई भत्ता दिने नीति लिएको छ । सुत्केरी भएका पशुले सो अवधिमा पोषणयुक्त आहार तथा दाना खान पाउन् र दूध उत्पादक किसानलाई प्रोत्साहन होस् भनेर प्रति सुत्केरी पशु दुई हजार रुपैयाँका दरले नगरपालिकाले भत्ता दिने भएको हो । भत्ता पाउन किसानले गाई–भैँसी सुत्केरी भएको […]
२३ भदौं, काठमाडौं । घर र गाडी खरिदका लागि बैंकबाट लिएको ऋणमा अब ब्याजदर बढाउन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै घर र गाडी खरिदका लागि दिएको कर्जामा ब्याजदर घटबढ नगर्न निर्देशन दिएको हो । बैंकहरुले हालसम्म आधारदर (बेस रेट) घटबढ हुनेवित्तिकै ऋणको व्याजदर […]
नुवाकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिने बताएका छन् । आज नुवाकोटमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय नेपालय अनलाइन (भर्चुअल) वकृत्वकलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिन वैकल्पिक शिक्षण पद्धतिलाई अघि बढाउने बताए । “अहिले पनि सङ्क्रमण कम भएका जिल्लाका विद्यालयका […]
३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा ३०७ महिला र ५९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । उनीहरुमध्ये ३०६ जनाको मृत्यु भएको छ भने ३२ हजार […]
सिन्धुपाल्चोक, २३ भदौ। सिन्धुपाल्चोकमा लकडाउनको मोडालिटी परिवर्तन गरिने भएको छ । भदौ १ गतेदेखि जारी लकडाउन चौथोपटक भदौ २४ गतेदेखि ३१ गतेसम्मको लागि थप गर्दा मोडालीटी समेत परिवर्तन गरिएको हो । नयाँ नियमअनुसार अब बजारका सबै पसल व्यवसाय दिउँसो ११ बजेदेखि ४ बजेसम्म खोल्न पाइने भएको हो । पसल खोल्दा स्वास्थ्य मापदण्डले तोकेको सबै प्रकृया […]
बझाङ: जयपृथ्वी राजमार्गको बागथला चैनपुर सडक खण्ड अन्तर्गत अधिकांश ठाउँको कालोपत्रे काम नलाग्ने गरि बिग्रेको छ। सडकमा भएका ठूला–ठूला खाल्डा र वर्षातको समयमा खाल्डाहरुमा पानी जमेपछि यस राजमार्गमा यात्रा गर्ने यात्रुहरूले निकै सास्ती खेप्नु परिरहेको छ। सडकमा खाल्डा परेर यात्रा गर्नै नसकिने अवस्था भइसकेको छ। राजमार्गको बागथलादेखि चैनपुरसम्मको ४५ किलोमिटरमा विभिन्न ठाँउमा खाल्डै खाल्डा परेका […]
२३ भदौ, काठमाडौं । किसानले समयमा मल नपाएको विषयमा छलफल गर्नसंसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाललाई बोलाएको छ । समिति सभापति पूर्णाकुमारी सुवेदीले बुधबारको बैठकमा कृषिमन्त्रीलाई बोलाएको बताइन् । पटक–पटक ताकेता गरेर समयमै मल बिउ उपलब्ध गराउन निर्देशन दिए पनि समस्या देखिएकाले मन्त्रीलाई छलफलमा बोलाएको उनले बताइन् […]
२३ भदौ, काठमाडौं । चारमहिने लकडाउनका बेला सरकारले जनताबाट कर उठाउन पाएन । लकडाउनकै वीचमा कर उठाउन खोज्दा सर्वोच्च अदालतमा मुद्दा पर्यो । र, अदालतले लकडाउन खुलेको एक महिनापछि मात्रै कर लिन पाउने आदेश दियो । सरकारले साउन ७ गते लकडाउन अन्त्य भएको घोषणा गर्यो । लकडाउनको अवधिमा पनि सरकारले सूचना निकालेर फाट्टफुट्ट कर उठाइरहेकै […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले कोभिड १९ का कारण सिर्जित मनेसामाजिक समस्याको सम्बोधन गर्ने गरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशन दिएका छन् । मंगलबार बालुवाटारमा मनोचिकित्सकहरूसँग परामर्शका क्रममा निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्न मनोचिकित्सकहरूको विशेष योगदान हुने उनले जोड […]
२३ भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका अनुसार अहिले करिब ९० लाख विद्यार्थी नियमित पठनपाठनबाट बञ्चित छन् । यसमा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी संख्या समावेश छैन । शिक्षा मन्त्रीकै शब्दमा– पठनपाठन सुचारु हुन नसक्दा विद्यार्थीहरूमा अन्योल छाएको छ भने आफ्ना बालबच्चाको शिक्षाप्रति अभिभावकहरूको चिन्ता बढ्दै गएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) […]
काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) को महामारीले गर्दा काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी छ । सरकारले निषेधाज्ञाको बेला स्वास्थ्यकर्मी र पत्रकारलाई हिँड्डुल गर्न कतै रोकतोक गरेको छैन । पत्रकारहरु कार्यालयकै परिचयपत्रले सजिलै हिँड्डुल गर्न पाउँछन् । पत्रकारलाई कार्यालयको परिचयपत्रकै आधारमा हिँडडुल गर्न, आवश्यक मानवीय साधनको व्यवस्थापन र अन्य समन्वयात्मक कार्यमा आफ्नो सवारी साधन प्रयोग गरेर जान पाउने […]
धनगढी–कोरोना भाइरसको प्रभावका कारण सुदूरपश्चिम प्रदेशमा होटल व्यवसाय संकटमा परेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि एक सय २० दिनसम्म गरिएको लकडाउन र त्यसपछि जारी भएको निषेधाज्ञाका कारण सुदूरपश्चिममा होटल व्यवसाय धरासायी हुँदै गएको हो। प्रदेशका झण्डै सात हजार बढि होटेलहरुमा रोजगारी पाएका ४५ हजार व्यक्तिको रोजगारी समेत गुमेको छ। प्रदेशमा सञ्चालनमा रहेका सात […]
आपत्तकालिन योजना अन्तरगत हजारौँ चिनियाँ नागरिकलाई कोभिड–१९ विरुद्धका दुई प्रयोगात्मक खोप दिइएकोमा हालसम्म कसैलाई पनि संक्रमण नदेखिएको राज्यको स्वामित्वमा रहेको खोप निर्माता कम्पनीका एक शीर्ष अधिकारीले जानकारी दिएका छन् । चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी) का कमिसन फर डिसिप्लीनरी इन्सपेक्सनका सेक्रेटरी झोउ सोङले कम्पनीले निर्माण गरेका कोभिड–१९ विरुद्धको दुई सम्भावित खोपले मानिसहरुलाई तीन वर्षसम्म भाइरसबाट […]