होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ । सरकारले संविधान दिवस मनाउनका लागि आवश्यक तयारी गरिसकेको छ । तर प्रदेश २ सरकारको नेतृत्व गर्दै आएको जसपा नेपालमा भने असोज ३ गतेलाई कसरी मनाउने हो भन्नेमा अन्योलता देखिएको छ । नेपालको संविधान २०७२ प्रति असन्तुष्टि जनाउँदै आएका तत्कालीन मधेसवादी दलहरुसहित विभिन्न राजनीतिक शक्ति मिलेर […]
मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नम्बर १, २, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिमप्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, […]
उत्तरी छिमेकी चीनले अनुमति नदिँदा एक वर्षदेखि उपल्लो डोल्पामा चामल ढुवानी हुन नसक्दा सदरमुकाम दुनैमा चामल भए पनि उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको छ । उपल्लो डोल्पामा चामल ढुवानी गर्न चीनको नाका प्रयोग गर्नुपर्छ तर एक वर्षदेखि चीनले नाका प्रयोगका लागि अनुमति नदिँदा ढुवानी गर्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पा प्रमुख कमलराज […]
१ असोज, कैलाली । जिल्ला अस्पताल बैतडीमा पनि कोरोना परीक्षण सुरु भएको छ । यसअघि बैतडी र दार्चुला क्षेत्रको स्वाब परीक्षणका लागि डडेल्धुरा पुराउनु पर्ने बाध्यता रहेको थियो । बिहीबारबाट जिल्लामै स्वाब परीक्षण सुरु भएको जिल्ला अस्पतालका प्रयोगशाला इन्चार्ज श्यामराज जोशीले बताए । बैतडीमा जडान भएको पीसीआर मेसिनले दार्चुलाका नागरिकहरूलाई समेत सहजता हुने उनले बताए […]
१ असोज, काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् । लगत्तै उनले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । सपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै […]
काठमाडौं । नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । खनाल निवास डल्लुमा राजदूत क्वात्राले बरिष्ठन नेता खनालसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका क्रममा पूर्वप्रधानमन्त्री खनाल र राजदूत क्वात्राबीच दुई देश बीचको आपसी हितको विषयमा कुराकानी भएको खनालका स्बकिय सचिब कृष्ण भट्टराईले […]
काठमाडौं । नेपाल टेलिकमले असोज ३ गतेको संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा विभन्नि अफरहरु सार्वजनिक गरेको छ । टेलिकमले बुधबार अनलिमिटेड युट्युब अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध उपलब्ध गराउने भएको हो । यही असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै रु. ५५ प्रति प्याकमा खरिद गरी खरिद गरिएको […]
१ असोज, सप्तरी । १३ बर्ष पहिले रोजगारीका लागि पञ्जाब गएका श्रीमान फर्किएन् । उनले एक छोरा र दुई छोरी एक्लै हुर्काइन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुरकी रधियादेवी मण्डलले छोरा श्याम, छोरीहरु संगीता र सवितालाई बाबुको अभाव हुन दिइनन् ।घरमा गर्जो टार्न गाह्रो भएपछि दुई वर्ष पहिले रधियादेवीका २२ वर्षीय छोरा श्याम मलेसिया गए । […]
१ असोज, गुल्मी । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुईवटा संकटलाई सामान गरेर जिन्दगीको गाडी गुडाउनु पर्ने बेला आएको बताएका छन् । नेपाल पत्रकार महासंघ गुल्मीले तम्घासमा गरेको पत्रकार भेटघाटमा मन्त्री ज्ञवालीले स्वास्थ्य संकट र आर्थिक संकटको सामना गर्दै जिन्दगीको गाडीलाई गुडाउनु पर्ने बेला आएको बताएका हुन् । व्यवसाय चलाउनु पर्ने भयो, बजार खोल्नु पर्ने भयो भनेर […]
१ असोज, काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारील मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् । अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहर बजारमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरु कोभिड–१९ (कोरोनाभाइरस) का कारण निकै ठूलो संकटमा परेकाले सरकारले उनीहरुका लागि ‘विशेष राहत’ प्याकेज घोषणा गर्नुपर्ने बताएका छन् । अध्यक्ष प्रचण्डले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत कुरा गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने बताएका छन् […]
नागरिक रैबार/बाजुरा १ असोज। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले सुदूरपश्चिम प्रदेशलाई फलफुल तथा तरकारीमा आत्मनिर्भर बनाउन लागि परेको बताएका छन् । बाजुराबाट हवाइजहाज मार्फत धनगढी बजारमा पुगेको स्याउ विक्रि केन्द्रको उद्धघाटन् गर्दै मन्त्री शाहले स्याउको लागि प्रदेश सरकारले कोल्ड स्टोर निर्माण गर्ने, सुदुरपश्चिम लाई फलफुल, तथा तरकारीमा आत्मनिर्भर बनाउन प्रदेश […]
बाजुरामा फलेको स्याउँ यसबर्ष पनि धनगढी पुगाइएको छ। कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले बाजुरामा फलेको स्याउँ धनगढी पुगाइएको जानकारी दिए। उनका अनुसार “जसले एकपटक खायो, उसले स्वाद थाहा पायो” भन्ने नाराका साथ बाजुराको स्याउँ धनगढी पुगाइएको हो। धनगढीको ट्राफिक चौराह नजिक हिमाली होटललाई बिक्री स्थान तोकिएको छ। दुई सय १२ पेटी स्याउँ […]
काठमाडौं, १ असोज । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले गर्दा शुक्रबारसम्म देशभर वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन अन्त्य हुने पूर्वको क्रियाकलाप भएकाले सो अवधिमा राति तथा बिहानीपख बढी वर्षा हुने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँले अब नेपालमा एक साता मात्र मनसुनको समय रहेको जानकारी […]
काठमाडौँ, १ असोज । विश्वभर कोरोना भाइरस (कोभिड– १९) द्वारा संक्रमति पुष्टि हुनेको संख्या ३ करोड नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कुल ३ करोड २५ हजार ४७३ मानिस संक्रमित भएको वर्ल्डोिमिटर्सको तथ्यांकले देखाएको छ । हालसम्म कोरोना संक्रमणका कारण विश्वरभर ज्यान गुमाउनेको संख्या पनि साढे ९ लाखा पुगेको छ । बिहीबार बिहानसम्म […]
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा १२ बजे बस्ने बैठकमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने बताइएको छ। सरकारले संविधान दिवसका दिन विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभिन्न खाले सम्मान दिने घोषणा गर्ने भएकाले त्यसको सिफारिसका लागि बैठक बस्न लागेको श्रोतले बतायो। उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वको विभुषण सिफारिस समितिको […]
काठमाडौँ- सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा आज शोक बिदा दिने निर्णय गरेको हो । सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनको […]
कालिकोट कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको हो । कालिकोट जिल्लाभर १०० जनामा कोरोना सङ्क्रमण देखिएकामा सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले बताए । कालिकोटमा हालसम्म ५ हजार […]
काठमाडौं, १ असोज । आज आश्विन संक्रान्तिका दिन विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइदै छ ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजाआराधना गरेमा धेरै समय […]
काठमाडौँ- प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामहको श्राद्ध […]