होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ५०० पुर्जाविहीनलाई लालपुर्जा वितरण
समाचार

५०० पुर्जाविहीनलाई लालपुर्जा वितरण

  • नागरिक रैबार
५०० पुर्जाविहीनलाई लालपुर्जा वितरण

बुटवल उपमहानगरपालिकाले नगरका विभिन्न वडामा गरी झण्डै ५०० लालपुर्जा वितरण गरेको छ । बुटवलका वडा नंं १४, १५, १६, १७ र १८ का विभिन्न टोलमा पुर्जाविहीन करिब ५०० घरपरिवारलाई उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो ।

नगरपालिकाले नगरका वडा नं १५ मा ४८ परिवार, वडा नं १६ मा ६३ परिवार, वडा नं १७ मा ९० तथा वडा नं १८ मा १४७ परिवारलाई पुर्जा वितरण गरेको छ । यस्तै वडा नं १४ मा ६० र वडा नंं १८ मा ९० वटा लालपुर्जा तयार भई वितरणको तयारीमा छन् । बुटवल–१८ को मोतिपुर पोखराबारीमा नगरप्रमुख शिवराज सुवेदीले २२ जनालाई लालपुर्जा वितरण गरे । उक्त वडामा यसअघि १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिसकिएको छ भने थप करिब ९० वटा पुर्जा तयार भइरहेका छन् ।

त्यस अवसरमा नगरप्रमुख सुवेदीले मोतीपुर र सेमलार क्षेत्रलाई नयाँ बुटवलको नमूना बस्तीका रूपमा विकास गर्ने गरी योजना बनिरहेको बताए । प्राविधिक टोलीको अध्ययनपछि खेतीयोग्य, आवासयोग्य र खुला क्षेत्रका लागि जग्गा यकिन गर्दै आधुनिक बस्तीका रूपमा विकास गरिने प्रमुख सुवेदीको भनाइ छ ।

विज्ञापन

उपमहानगरमा गाउँ ब्लक जग्गामा रहेका करिब ५०० परिवारलाई लालपुर्जा वितरण गरिएको हो । बुटवलमा अव्यवस्थित बसोवासीको लगत सङ्कलन र नापजाँचको कामसमेत चलिरहेको छ । अहिले लालपुर्जा वितरण गरिएका क्षेत्र नापी भएर पनि पुर्जाविहीन हुनुपरेका समुदायका लागि हो । भूमि बैंक, श्रम बैंक र कृषि उत्पादकत्व वृद्धिका लागि प्राविधिकसहितको विशेष कार्यदलसमेत बनाएर नमूना काम गरिरहेको छ ।

कार्यक्रममा नापी कार्यालय रुपन्देहीका २ नम्बर टोली प्रमुख यमप्रसाद पाण्डेले वर्षौँदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्रदान गर्न जनप्रतिनिधिको समन्वयकारी र नेतृत्वदायी भूमिकाले सहज भएको बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार