होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी– चार महिनाको अवधिमा सुदूरपश्चिमका २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीका नौँ, अछामका ५, बझाङका तीन, बाजुराका दुई, बैतडी र डडेल्धुराका एक/एक जना संक्रमितको मृत्यु भएको हो। त्यसमध्ये तीन जनाले भने आत्महत्या गरेका हुन्। दुई जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो भने एक जनाले कोरोना लागेपछि आत्महत्या गरेका हुन्। सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसको […]
काठमाडौं, १२ असोज । पछिल्लो समय डोजरले सडक खनेका पहाडी क्षेत्रहरूमा पहिरोको प्रकोप बढी देखिएको पूर्वाधारविद्हरुले बताएका छन् । प्राकृतिक रुपमा हुने घटनालाई अहिले मानविय क्रियाकलापले थप सघाउ पु¥याएको विज्ञहरूले बताएका हुन् । जसका कारण नेपालमा वर्षेनी बाढी पहिरो जस्ता प्रकोपका घटना हुने गरेको उनीहरूको दावी छ । अवैज्ञानिक विकास नीतिका कारण हरेक वर्ष बाढी पहिरो […]
सबै सङ्क्रमित उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा फरक–फरक समयमा कोरोना भाइरसबाट सङ्क्रमित २१ व्यक्ति उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको हो । दश स्थानीय तह रहेको जिल्लामा हालसम्म एक हजार ५७५ जनाको पिसीआर परीक्षण गर्दा २१ जनालाई कोरोना पोजिटिभ देखिएको थियो । […]
बैतडी, १२ असाेज । कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चाैंडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख जानकी ऐर(बम)को अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो । बैठकले सोही दिनदेखि स्वास्थ्य सेवाबाहेकका अन्य सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द रहने […]
एसियाली राजमार्गसँग नेपाली राजमार्ग जोडिएका छन् । एसियाली मुलुकबीच सडक सञ्जाल जोडेर निर्वाध रूपमा आवतजावत तथा व्यापार गर्न पाउने अवधारणाअन्तर्गत यस्तो पहुँच जोडिएको हो । नेपाल र भारत जोड्ने सीमामा रहेको मेची नदीमा चार लेनको पुल निर्माण भएसँगै ‘ए क्लास’ को एसियाली राजमार्गसँग नेपालको पहुँच जोडिएको हो । एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा निर्माण भएको […]
काठमाडौँ – नेपालमा कोरोना संक्रमणबाट निको हुने दर सार्क मुलुककै कम पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ७३.४ प्रतिशत छ । हालसम्म कोरोना संक्रमणबाट ५३ हजार ८ सय ९८ जना निको भएका छन् । सार्क मुलुकमध्ये पाकिस्तान र श्रीलंकामा निको हुने दर सबैभन्दा बढी छ । पाकिस्तानमा ९५.४ प्रतिशत, श्रीलंकामा […]
काठमाडाैँ, १२ असाेज । विश्वभर कोरोना भाइरस (कोभिड— १९) का कारण ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ । यो समाचार लेखिरहँदा विश्भर १० लाख २ हजार ३८३ मानिसले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेको वर्ल्डोमिटर्सले जनाएको छ । तथ्यांक अनुसार सोमबार बिहानसम्ममा विश्वभर कुल ३ करोड ३३ लाख ३ हजार २०९ मानिस संक्रमति भइसकेका छन् […]
काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आवाज उठाएका छन् । भट्टराईले आइतबार साँझ ट्वीट गर्दै बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने धारणा अघि सारेका हुन् । नेता भट्टराईले बलात्कारका घटना हुन नदिन कानूनी सुधारको आवश्यकता रहेको भन्दै मृत्युदण्डको बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग राखेका हुन् । बझाङकी बालिका सम्झना विकको […]
नयाँदिल्ली – भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ६० लाख ७३ हजार ३४८ पुगेको छ ।भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार ७०० जना नयाँ संक्रमित थपिएका विवरणहरु सार्वजनिक भएका छन् । साथै पछिल्लो २४ घण्टामा एक हजार ४० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भारतमा योसँगै कूल मृत्यु हुनेको संख्या ९५ हजार ५०० पुगेको […]
काठमाडौं – सत्तारूढ दल नेकपामा भागबण्डा मिलाउनका लागि तीन वटा मन्त्रालय टुक्रयाइने भएको छ ।तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति जुटेको स्रोतले जनाएको छ । संविधानमा २५ भन्दा बढी सदस्यीय मन्त्रिपरिषद् बनाउन नपाउने व्यवस्थाले राज्यमन्त्री नराख्ने गरी मन्त्रालय टुक्रयाएर आन्तरिक भागबन्डा मिलाउने प्रयास दुई […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा ६ हजार बढि कोरोना संक्रमित संक्रमण मुक्त भएका छन्। प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आईतबार एक सय ३६ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या ६ हजार नाघेको हो। आईतबार कैलालीका ८८ जना, बझाङका ३३ जना, कञ्चनपुरका चार र दार्चुलाका तीन जना संक्रमित डिस्चार्ज भएका छन्। उनीहरु मध्ये कैलालीका ८४ जना भने विभिन्न मितीमा […]
गत २४ घण्टामा नेपालमा १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ सय २३ को पीसीआर गर्दा आज १ हजार ५ सय ७३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ । जसमध्ये अहिले देशभर १९ हजार ९ सय १९ सक्रिय संक्रमित […]
एसिड आक्रमण विरुद्ध मन्त्रिपरिषद्ले दुई वटा अध्यादेश जारी गरेकोमा महिला, कानून र विकास मञ्चले स्वागत गरेको छ। एसिड आक्रमण विरुद्ध कानून निर्माणको माग गर्दै मञ्चले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको थियो। रिट निवेदनमाथि फैसला गर्दै सर्वोच्चले कानून बनाउन आदेश जारी गरेको हो। नयाँ कानूनले आफ्नो दायरालाई फराकिलो बनाएर अग्निजन्य हिंसालाई पनि समेट्नुपर्ने मञ्चका कार्यकारी […]
भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । भाजपाका संस्थापक सदस्यसमेत रहेका जसवन्त सिंह ८२ वर्षका थिए । राजस्थानको बाडमेरका जसवन्त सिंहले विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय सेनाका मेजर पनि थिए ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेको उनको मृत्युमा गहिरो शोक व्यक्त […]
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ८५ पुगेको छ । शनिबार विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सक्रिय संक्रमितमध्ये अछाममा १३०, बैतडीमा ८०, बझाङ्गमा ११३, डडेल्धुरामा ११, दार्चुलामा ३५, डोटीमा १३८, कैलालीमा ५३१, र कञ्चनपुरमा ४७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । […]
दार्चुला–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सीमाको सुरक्षा सुरक्षाकर्मी राखेर मात्रै नहुने बताएका छन् ।व्यासको छांगरुमा स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको उद्घाटन तथा सशस्त्र प्रहरीको लागि निर्माण हुने भवन निर्माणको शिलन्यास गर्दै मन्त्री थापाले भने, ‘सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन । सीमा क्षेत्रका नागरिकले मात्रै गर्न सक्छन । नागरिकको सुरक्षा र […]
काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका गरी २ करोड ३० लाख ४६ हजार २ सय ९० पुगेको छ । यो समाचार तयार पार्दासम्म ९ लाख ९८ हजार २ सय ७६ जना […]
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।बैठक मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए। सामान्यतयाः मन्त्रिपरिषद बैठक सोमबार बस्छ । तर आज प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएका छन् । ती मन्त्रीले भने, ‘आइतबार बैठक बोलाउनुपर्ने त्यस्तो विशेषत केही थिएन। त्यसमा पनि राति नै खबर आएको छ । प्रधानमन्त्रीले केही […]
धनगढी : सुदूरपश्चिमका थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका–३ बर्दादेविका ३४ वर्षीय पुरुषको शनिबार मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ। डोटी अस्पताल प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा उनको रिर्पोट पोजिटिभ आएको थियो। उनी भारतबाट आएर गाउँपालिकाले बनाएको आइसोलेशनमा बसेका थिए। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आज जिल्ला अस्पताल लगिएको थियो। योसंगै सुदूरपश्चिम […]
धनगढीः बझाङमा बलात्कारपछि हत्या गरिएकी बालिकालाई न्याय माग्दै प्रर्दशन गरिएको छ।बलात्कारपछि हत्या गरिएकी जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर २ की १२ वर्षीया बालिका सम्झना कामीको न्यायको माग गर्दै शनिबार चैनपुर बजारमा -याली सहित प्रर्दशन गरिएको हो। विभिन्न प्ले कार्ड सहित चैनपुर बजार परिक्रमा गरेका प्रर्दशनकारीहरुले लोकतान्त्रिक चोकमा कोण सभा गरेका थिए। सभामा बोलेका अधिकांशले सम्झनाको बलात्कारपछि […]