होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
५ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले समायोजन सहजीकरण कार्यदल तथा कार्यतालिका तयार पारेको छ । गत बैशाखमा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) एकिकरण भएर बनेको जसपाले समायोजन प्रक्रिया टुंग्याउन कार्यदल गठन गरेको हो । समायोजन सहजीकरणका लागि बनेको कार्यदलमा प्रदेश १ मा परशुराम खापुङ, परशुराम बस्नेत, केशव झा र मनिष […]
५ कात्तिक, काठमाडौं । व्यावसायी वसन्त चौधरी नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएका छन् । नर्भिक अस्पतालका अध्यक्ष चौधरीले आफ्नो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताएका छन् । कोरोनाको केही लक्षण देखिएको र चिकित्सकको सल्लाह अनुसार घरमै आइसोलेसनमा बसेको चौधरीले जानकारी दिए । पछिल्लो केही दिन यता आफ्नो सम्पर्कमा आएकाहरूलाई परीक्षण गर्न र सावधान […]
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिक सत्रमा कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुरूप पठनपाठन गराउन निर्देशन दिएको छ । केही निजी विद्यालयले पुरानो संकाय प्रणालीमा भर्ना लिएर पठनपाठन थालेपछि शिक्षा मन्त्रालयले सूचना जारी गरेर स्थानीय तहलाई अनुगमन गर्नसमेत आग्रह गरेको छ । पाठ्यक्रम विकास केन्द्रले नयाँ र निजी विद्यालयले पुरानै पाठ्यक्रमका आधारमा शैक्षिक गतिविधि […]
धनगढीः अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र जवान रामबहादुर बिकले तस्करको समूहले हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले बताइसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका भनाईमा, ‘मटर तस्करीमा प्रहरीबाट अवरोध हुने तस्करहरुलाई पहिले नै आशंका थियो । उनीहरुले योजनाबद्ध ढंगले घटना घटाएको देखिन्छ । वारीबाट […]
भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने संस्थाले भारतीय प्रहरीको समन्वयमा ती बालकलाई उद्धार गरी नेपाल फर्काइएको हो । उद्धार गरिएका ती बालक नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका छन् । वैदेशिक रोजगारीका लागि भन्दै भारत पु-याइएका ती बालकलाई उद्धार गरेर मङ्गलबार […]
५ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना पीडितको निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको बताएका छन् । यसले महामारी झन् विकराल बन्ने उनको धारणा छ । बुधबार बिहान ट्वीट गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले पैसा अभाव भएको भए दानपात्र राख्न तर सबै संक्रमितको उपचार निःशुल्क […]
५ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै यही कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा […]
धनगढी, कात्तिक ५ गते । गोविन्द विक प्रहरी सेवामा प्रवेश गरेको धेरै भएको थिएन । २०७४ मा प्रहरी सहायक निरीक्षकमा नाम निकाल्ने २८ वर्षीय उहाँ दलित समुदायकै पहिलो व्यक्ति हुनुहुन्थ्यो । विकको सफलताले परिवार मात्रै खुसी थिएन । सिङ्गो दलित समुदाय नै गर्वले गद्गद् थियो । राम्रो काम गरेर राष्ट्र सेवाको छोटो अवधिमै जनताको मन जित्नुभएको थियो, उहाँले । त्यही कारण […]
काठमाडौँ, कात्तिक ५ गते । स्वदेश र गन्तव्य दुवैमा एकातिर कोरोनाको त्रास अर्को मुखैमा आएको दशैँको रौनक । यस्तो परिस्थितिमा पनि विदेश जाने लर्को बढ्दै छ ।लामो समयसम्म घरमा बेरोजगार बस्दा जीवन धान्नै धौधौ हुन थालेपछि धेरै नेपाली युवा दशैँको मुखैमा वैदेशिक रोजगारीमा जाँदै छन् । कोरोनाको डर र दशैँ मान्ने रहर हुँदाहुँदै पनि धेरै […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय २ जना कोरोनाका संक्रिय संक्रमित रहेको पाईएको छ ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लामा उक्त संख्यामा संक्रिय संक्रमित रहेको जनाएको छ । निर्देशनालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार कैलालीमा सबैभन्दा धेरै सक्रिय संक्रमित छन् । कैलालीमा ६ सय ३६ जना संक्रिय संक्रमित रहेको छन् । यस्तै डोटीमा १ […]
धनगढीः कैलालीका ३१ सहित सुदूरपश्चिमका थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ४ सय ८४ जनाको परीक्षण गरिएकोमा ४८ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १९ जना, जानकी गाउँपालिकाका ४ जना, त्यसैगरी टीकापुर नगरपालिका र गोदावरी नगरपालिकाका ३/३ जना, भजनी नगरपालिका […]
लुम्बिनी प्रदेश सरकारले लक्षण देखिएका र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थाका कोरोना संक्रमित बिरामीको उपचार नि:शुल्क नै गर्ने बताएको छ।मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका चारवटा कोरोना अस्पतालबाट संक्रमितहरुको उपचार नि:शुल्क गर्ने जानकारी दिए।‘लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि नि:शुल्क उपचारको व्यवस्था यथावत रहेको छ,’ फेसबुकमा मुख्यमन्त्री पोखरेलले लेखेका छन्। यसअघि स्वास्थ्य तथा जनसंख्या […]
काठमाडौं, ४ कार्तिक । दशैं भत्ताको विषयलाई लिएर सरकार र सांसदहरूको आलोचना हुन थालेपछि स्थानिय तहका जनप्रतिनिधिहरूले पनि आफुले पाउने भत्ता कोरोना कोषमा जम्मा गर्न थालेका छन् । ईटहरी उप महानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले आफुहरूले १ महिनाको तलब कोरोना कोषमा जम्मा गरेको बताउनु भएको छ त्यस्तै बारबर्दियाका मेयर दुर्गा बहादुर थारूले पनि दशैं भत्ता कोरोना […]
कैलाली – कैलालीमा प्रहरी हत्या प्रकरणमा संलग्न सात अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ […]
काठमाडौँ- सरकारले चौतर्फी चर्को आलोचना भएपछि प्रधानमन्त्री र मन्त्रीहरूले पाउने दशैँ भत्ताको रकम ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ जम्मा गर्ने निर्णय गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरूले पाउने दशैँ भत्ता […]
काठमाडौं ४ कात्तिक। संघीय सरकारले नोवेल कोरोना भाइरस (कोभिड-१९) लागेका बिरामी मृत्यु शैय्यामा पुगे पनि निःशुल्क उपचार नगर्ने निर्णय गरेका बेला प्रदेश सरकारहरूले भने निःशुल्क उपचार गर्ने बताएका छन् । प्रदेश १ सरकार र लुम्बिनी प्रदेश सरकारले संघीय सरकारलाई चुनौती दिँदै निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लक्षण देखिएका […]
काठमाडौं । नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने भन्ने सरकारको निर्णय जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी भएको भन्दै फिर्ता लिन माग गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै सत्तारुढ दलका नेता नेपालले सरकारको निर्णयले आफूलाई गम्भीर बनाएको उल्लेख गरेका छन् । मुलुक कोभिड–१९ को महामारीबाट आक्रान्त भइरहेको र विरामीहरुको संख्या दिनदिनै […]
४ कात्तिक, काठमाडौं । यो वर्ष विजया दशमीको टीका लगाउने शुभ साइत बिहान १० बजेर १९ मिनेटको लागि जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १० गते बिहान १० बजेर १९ मिनेटका लागि यस वर्ष टीकाको शुभ साइतलाई उत्तम मानेको गृह मन्त्रालयले जनाएको छ । यद्यपि उत्तम साइतपछि पूर्णिमाको दिनसम्म टीका लगाउन सकिने उल्लेख […]
काठमाडौं । दशैको विदाको दिन पनि बैंकहरुले केही घण्टा आफ्ना काउन्टर खोलेर सेवा दिने गरेपनि यसपटक दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द हुने भएका छन् । कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरु बन्द हुने छन् । नेपाल बैंकर्स संघले आज सूचना जारी गर्दै दसैं बिदामा ५ दिन सबै बैंकका शाखा बन्द […]
धनगढीः मोहना नदीमा मृत भेटिएका प्रहरी जवान रामबहादुर साउदको पनि विभत्स हत्या भएको खुलेको छ । साउदको घाटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउदको धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको जानकारी दिए । यस्तै प्रहरी सहायक निरिक्षकको हराएको […]