होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
७ कात्तिक, काठमाडौं । आज बडा दशैंको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ । ‘नवपत्रिका’ पनि भनिने फूलपाती नौंवटी देवीको प्रतीकका […]
६ कात्तिक, काठमाडौं । अमेरिकामा अबको दुई महिनामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउन सक्ने नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले बताएका छन् । बुधबार उनले कोरोनाको खोप रोग पत्ता लागेको एक वर्षभित्रै खोप पत्ता लाग्न लागेको भन्दै यो महत्वपूर्ण हुने बताए । एक समारोहमा बोल्दै कोलिन्सले भने, ‘हामी खोप पाउने दिशामा अघि बढिरहेका […]
६ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विपत्तिमा जनताको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको बताएका छन् । दसैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी कष्टकर बन्दै गएको बताएका छन् । संकटको घडीमा अभिभावकको क्षमता र हैसियत प्रष्ट हुन्छ […]
६ कात्तिक, काठमाडौं । सरकारले आर्थिक व्ययभार धान्न नसकेको भन्दै नोवेल कोरोना भाइरस (कोभिड–१९) लागेका निश्चित समूह बाहेकको निःशुल्क उपचार नगर्ने घोषणा गरेको छ । सरकार यो विषयमा संविधान, जनस्वास्थ्य ऐन २०७५ र सर्वोच्च अदालतको आदेशकै विरुद्ध जान तयार भएको देखिन्छ । कोभिडको महामारीका बेला संसारका विभिन्न पुँजीवादी देशहरुमा राज्यले नागरिकहरुका लागि खर्च गरेका छन् […]
राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड –१९ सङ्क्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गरिने उल्लेख छ । यो […]
६ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँगको भेटलाई आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत भएको बताएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकारले ओली र गोयलबीच भेट भएको पुष्टि गरेलगत्तै नेता रावलले ट्विटमार्फत यसको […]
६ कात्तिक, डोटी । कोभिड–१९ को महामारीको संक्रमण पत्ता लगाउन गरिने आरटी–पीसीआर परीक्षणको संख्या सुदूरपश्चिम प्रदेशमा एक लाख नाघेको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म एक लाख एक हजार दुई सय ६ जनाको स्वाब परीक्षण भएको छ । बुधवारसम्म एक लाख तीन हजार पाँच सय ४९ जनाको स्वाब संकलन गरिएकोमा दुई हजार […]
६ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको परिवारलाई जनही २ लाख दिने निर्णय गरेको हो । तत्काल परिवारका सदस्यहरुलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने […]
६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार बक्तव्य नै जारी गरेर रअ प्रमुखसँग भेट भएको स्वीकार गरेका हुन् । ‘उहाँ (रअ प्रमुख) भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास […]
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला हत्या प्रकरणलाई छिट्टै टुंगोमा पु(याउने बताउँदै आइरहेका बेला प्रहरीले सो घटनाका पुराना अनुसन्धान फाइल तथा मिसिल फेरि पल्टाउन थालेको हो । यसैगरी, पुराना फाइलको अध्ययनसँगै प्रहरीले पहिले अनुसन्धानमा […]
६ कात्तिक, धनगढी । कैलालीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कैलालीको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का रङप्रसाद न्यौपानेको मृत्यु भएको छ । सुप प्र ०१००८ प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका न्यौपानेलाई उपचारका […]
६ कात्तिक, काठमाडौं । दशैंको टीकाको दिन नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढेको छ । महान चाड दशैं मनाउन घर फर्किनेहरुको भीडभाड उपत्यकाका मुख्य नाकाहरुमा देखिन्छ । आउजाउ गर्दा कोरोना संक्रमणको जोखिम कायमै रहे पनि गाउँ फर्किनेहरुको ताँती देखिँदा घरमै सबै परिवारका सदस्य भेला भएर दशैं मनाउने चाहना धेरैमा रहेको बुझ्न सकिन्छ । यद्यपि दशैंको […]
६ कात्तिक, काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको स्वकीय सचिवालयले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग प्रचण्डको भेट नभएको बताएको छ । विहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका युवा संघका नेता रामप्रसाद सापकोटा दीपशिखाले अनलाइनखबरसँग भने, ‘अध्यक्षले भारतीय गुप्तचर प्रमुखलाई भेट्नु न परैजाओस्, उनी काठमाडौं आएकै हुन् कि […]
कैलालीमा तस्करी रोक्न खोज्दा प्रहरीका असइ गोविन्द विक र जवान रामबहादुर साउद मारिएको घटनाले केही आशंका उब्जाएको छ। प्रहरीले केराउ ९मटर०का मुख्य तस्करलाई पक्राउ गरेको छैन। पक्राउपछि सार्वजनिक गरिएका सात जना अधिकांश भरिया मात्रै पाइएको छ। जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रतीक विष्ट शनिबार राति १० देखि ११ बजेको बीचमा असइ विक र जवान साउदको हत्या […]
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण गत वैशाख महिनाको स्थगित कक्षा १२ को परीक्षा आउँदो मङ्सिर ९ गतेबाट सञ्चालन गरिने भएको छ । सरकारले स्थगित परीक्षा सञ्चालन गर्न सक्ने अधिकार दिएसँगै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा कार्यतालिका सार्वजनिक गरेको हो । मङ्सिर ९ गतेबाट सुरु भएको परीक्षा १६ गतेसम्म सञ्चालन हुनेछ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि […]
चाडबाडका बेला खाद्यान्नलगायतका अत्यावश्यकीय वस्तुको कालोबजारी हुनु या अचाक्ली मूल्य बढ्नु नेपाली बजारको नकारात्मक विशेषता नै हो । झारा टार्नै सही, सरकारले पर्वलक्षित अनुगमन नगर्ने पनि होइन । यसपालि पनि केही सरकारी टोलीहरू बजार अनुगमनमा निस्किएका थिए, तैपनि महँगी अकासिन रोकिएन । यसबाट के बुझिन्छ भने, बर्सेनि अनियन्त्रित मूल्य वृद्धि हुनुमा कि नेपाली बजारमा केही प्रणालीगत […]
६ कात्तिक, काठमाडौं । आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मावलम्बीहरूले कात्यायनीदेवीको पूजा गरेर मनाउँदैछन् । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन गरिएको छ । यज्ञयज्ञादि, दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । देवकार्य सिद्ध गर्नका लागि माता […]
५ कात्तिक, काठमाडौं । भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरी बुधबार उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच रानीपोखरीको उद्घाटन गरेकी हुन् । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले शिलान्यास गरेकी थिइन् । अहिले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्दिर पुरानै स्वरुपमा तयार भएका छन् […]
कञ्चनपुर, पुनर्वास: कञ्चनपुरको पुनर्वास नगरपालिका–६ की ५० वर्षीया कलावती बिकको आश्रुधारा रोकिएका छैनन् । उनको घरमा पुग्दा उनी छाती पिट्दै छिनछिनमा मुर्छित हुन्थिन् । छोरा गुमाएको पीडामा डुबेकी उनले दैवलाई सराप्न पुगथिन्, ‘हे दैव ! के बिगारेको थियो मेरो गोविन्दले । मेरो मुटुको टुक्रा थियो, चुडालेर लगिस् । उ भन्दा पहिले मलाई किन लगिनस् ?’ […]