होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्मृतीमा गोबिन्द : उडायो सपना सबै हुरीले…
समाचार

स्मृतीमा गोबिन्द : उडायो सपना सबै हुरीले…

  • नागरिक रैबार
स्मृतीमा गोबिन्द : उडायो सपना सबै हुरीले…

कञ्चनपुर, पुनर्वास: कञ्चनपुरको पुनर्वास नगरपालिका–६ की ५० वर्षीया कलावती बिकको आश्रुधारा रोकिएका छैनन् । उनको घरमा पुग्दा उनी छाती पिट्दै छिनछिनमा मुर्छित हुन्थिन् । छोरा गुमाएको पीडामा डुबेकी उनले दैवलाई सराप्न पुगथिन्, ‘हे दैव ! के बिगारेको थियो मेरो गोविन्दले । मेरो मुटुको टुक्रा थियो, चुडालेर लगिस् । उ भन्दा पहिले मलाई किन लगिनस् ?’

बन्नै लागेको अधुरो घरको एक कुनामा भावविह्ल भएकी पूजा बिक (२१)को दुरावस्था पनि देख्न नसकिने थियो । जवानी छँदै पती वियोगले विक्षिप्त बनेकी उनको मुखबाट आवाज निस्किन बन्द भैसकेको थियो । केवल आश्रुधारा बगिरहेको थियो । पत्नी पूजाले जीवनको सूर्य नै सदाका लागि अस्ताएको अनुभुति गरिरहेकी छिन् ।

धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टका इन्चार्ज सहायक प्रहरी निरिक्षक गोविन्द बिक (२७) डिउटीकै क्रममा कार्तिक १ गते राति तस्करहरुबाट मारिएपछि उनको बृद्धा आमा कलावती, पत्नी पूजा शोकको पोखरीमा डुबेका छन् । गोविन्दका परिवार र आफन्तजन मात्रै होइन, पुनर्वासवासी मात्रै होइन्, सिंगो प्रहरी संगठन यतिबेला कर्तव्य निष्ठा राष्ट्र सेवक गुमाएको पीडाले शोकमग्न छ ।

विज्ञापन

कार्तिक २ गते विहान मोहना नदीमा हत्या गरी फालेको अवस्थामा भेटिएका गोबिन्द कार्तिक ३ गते (सोमबार) कञ्चनपुरको दोदा नदीमा विलाए । असई बिक शनिबार साँझ मात्र धनगढी शिवनगरस्थित डेरामा श्रीमती र छोरीसँग भेट गरेर फर्केका थिए । दोस्रो दिन बिहान खाना खाने गरी आउँछु भन्दै डिउटीमा फर्किएका गोविन्दको वेपत्ता भएको अपत्यारिलो खबरले पत्नी पूजा जीवनमा बज्रपात भयो ।

६ वर्षीया छोरी आरोही र ३ वर्षीया छोरी आरुषी पनि बाबाको न्यानो सहारा सदाको लागि गुमेपछि टुहुरा भए । छोरीहरुको जीवनको छँहारी गुमेको छ । लाग्छ, मृतक गोविन्द परिवारको यो कारुणिक दृष्यमा हर्षका सञ्चार हुने केवल दैवलाई थाहा होला ।

विपन्न परिवारका एक्लो कमाइका स्रोत गोबिन्दको निधनले उनको बन्नै लागेको नयाँ घरले तुरुन्तै छत नपाउने भएको छ । बिरामी भाई र बेरोजगार दाई पनि गोविन्दको दुःखद अवशानले टुहुरो झै भएका छन् ।

सबैका आँखा रसाएका छन् । स्कूले साथी, गुरु वर्ग पनि मर्माहत भएका छन् । उनको संघर्ष र लगनशिलताको स्मरण गर्दै स्कूल पढ्दाताका गोविन्दका शिक्षक समेत रहेका बागेश्वरी मावि पुनर्वासका पूर्व प्रधानाध्यापक दोजराज घिमिरे गोबिन्द आफ्नो कक्षाका जेहेन्दार र अनुशासित विद्यार्थी भएको बताउँछन् ।

उनको लगनशिलताको उपज नेपाल प्रहरीको सहायक निरिक्षक पदमा ४ वर्ष अघि मात्र सेवा सुरु गरेका थिए । पढाईमा अब्बल गोविन्द स्नातक सकेर प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिंहले गोविन्द असल र सहासी प्रहरी अधिकृत रहेको बताउँछन् । उनको हत्याले प्रहरी संगठनलाई अपूरणनीय क्षति पुगेको बताउँछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार