होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१९ कात्तिक, कैलाली । अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउद हत्याप्रकरणमा थप एकजना पक्राउ परेका छन् ।कात्तिक १ गते राति तस्करी नियन्त्रण गर्ने क्रममा धनगढी १० मा २ प्रहरी मारिएका थिए । घटना भएको १९ दिनपछि प्रहरीले थपएक जनालाई पक्राउ गरेको छ । हत्या काण्डामा संलग्न रहेको […]
काठमाडौं : भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन्। भारतीय वायु सेनाको विमानमार्फत बुधबार उनी काठमाडौं आइपुगेका हुन्। नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी ग्रहण गर्न उनी काठमाडौं आएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछिन्। नेपाल र भारतका प्रधानसेनापतिहरू एकअर्का मुलुकको मानार्थ […]
आज बुधबार त्रिभुवन विश्वविद्यालय बन्द हुने भएको छ।त्रिवि केन्द्रीय कार्यालयलगायत देशभरका आंगिक क्याम्पस तथा कार्यालयहरूमा आज बिदा दिइएको हो। त्रिविका पूर्वशिक्षाध्यक्ष प्राध्यापक डाक्टर राममान श्रेष्ठको निधनमा त्रिविले शोक बिदा दिएको हो। श्रेष्ठको असोज ३० गते निधन भएको थियो। त्रिवि रजिष्ट्रारको कार्यालय अन्तर्गत सामान्य प्रशासन महाशाखाले सूचना निकालेर आज एक दिन त्रिवि र देशैभरका आंगिक क्याम्पस […]
१९ कात्तिक, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुको आर्थिक र सामाजिक सशक्तीकरणका लागि छोरी जन्मेदेखि हरेक महिना १ सय रुपैयाँका दरले बैंक खातामा रकम जम्मा गरिदिने भएको छ । कार्यपालिकाको ९५ औं बैठकले ‘स्मार्ट छोरी, बिहेबारी बीस वर्षपारी’ कार्यविधि पारित गरेसँगै अब यो लागु हुने भएको छ । कार्यक्रममा समावेश हुनका लागि अभिभावकले बैंकमा खाता […]
१९ कात्तिक, काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका लागि मंगलबार सकिएको निर्वाचनको नतिजा आउन थालेको छ । प्रारम्भिक मत गणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका छन् । अहिलेसम्म अमेरिकाका ५० मध्ये २० राज्यको नतिजा आइसकेको छ । जसमा बाइडनले ९४ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पको पक्षमा ८० इक्लेक्टोरल भोट […]
राजविराज — सप्तरीका चार स्थानीय तहले चालु वर्षको गाउँसभा नगर्दा चाडपर्वका बेला पनि कर्मचारीले तलबभत्ता पाएका छैनन् । बजेट विनियोजन रोकिएर नयाँ खाता सञ्चालन गर्न र अख्तियारीसमेत दिन नसक्दा कर्मचारीको बिजोग भएको हो । गत असारमै हुनुपर्ने गाउँसभा विभिन्न किचलोका कारण पर सरिरहँदा विकास निर्माण र नयाँ योजना ठप्प छन् । छिन्नमस्ता, विष्णुपुर, बलान बिहुल र राजगढ गाउँपालिकामा […]
‘तिनीहरूलाई राम्रैसँग सम्झाएर पठाएको छु, शायद अब भारतले हामीलाई दुःख दिँदैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी ‘र का प्रमुख सामन्तकुमार गोयललाई मध्यराति सरकारी आवास बालुवाटारमा भेटेर बिदा गरेपछि आफ्ना निकटस्थहरूलाई त्यसको उपलब्धीबारे यसरी आश्वस्त तुल्याएका हुन् । कात्तिक ५, अर्थात् अक्टोबर २१ तारिखमा गोयल काठमाडौँ ओर्लनासाथ आराम गर्न होटल पुगे । दिनभरि […]
१९ कात्तिक, सिन्धुपाल्चोक । हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन् । विसं २०४० सालपछि स्याउ फल्न छाडेको र स्याउमा रोग लागेपछि स्याउका रूख नै काटिएको थियो । अहिले हेलम्बुलाई फेरि स्याउको गाउँ बनाउन स्थानीय युवाहरू […]
१९ कात्तिक, काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउँदै छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न उनी चार सदस्यीय टोलीका साथ काठमाडौं आउन लागेका हुन् । उनी अपराह्न भारतीय सेनाको विशेष विमानमार्फत् काठमाडौं आउने छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान […]
१९ कात्तिक, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएको हो । गएको दशैंमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा एक्कासी […]
धनगढीः कैलालीका १७ सहित सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेल्धुरा अस्पताल प्रयोगशाला, जिल्ला अस्पताल बझाङ प्रयोगशाला, जिल्ला अस्पताल बैतडी र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ४ सय ७७ जनाको परीक्षण गरिएकोमा थप ४० जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नरेन्द्र […]
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २४७ जना महिला र १ हजार ८६७ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ७८ हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा […]
१८ कात्तिक, तम्घास । गुल्मीका १२ स्थानीय तहका आठ हजार विपन्न घरका छानामा टिन (जस्ता) लगाइएको छ । स्थानीय तहको सहयोग प्राप्त भएपछि यहाँका सर्वसाधारणले खरका छाना विस्थापन गर्न सकेका हुन् । खरका छाना विस्थापित भएसँगै उनीहरु पानी चुहिने समस्याबाट मुक्त भएका छन् । मदाने गाउँपालिका–६ पुर्कोट दहका प्रेमबहादुर विश्वकर्मा विगत दुई वर्षका बर्खायाममा ढुक्कले […]
एजेन्सी । ह्वाइटहाउसमा आफ्नो अधिपत्य कायम राख्न अहिले डोनाल्ड ट्रम्प लडिरहेका छन् । यदि हारेमा, विश्वका सर्वाधिक शक्तिशाली व्यक्ति एकैपटक रसातलमा पुग्न सक्छन्, राष्ट्रपति भएकै कारण उनलाई प्राप्त संरक्षण गायब हुनसक्छ । राष्ट्रपतिको हैसियतमा ट्रम्प संरक्षित छन्, तर यदि निर्वाचनमा पुनर्निर्वाचित हुन नसके उनले व्यक्तिगत रुपमा धेरै मुद्दाहरु झेल्नुपर्ने हुनसक्छ । मंगलबार जो बाइडेनले पर्याप्त […]
१८ कात्तिक, विराटनगर । जनता समाजवादी पार्टीका नेता गजेन्द्रबहादुर लिम्बु (इस्बो) कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पूर्व गोर्खा सैनिकको अधिकारको क्षेत्रमा लामो समययता लड्दै आएका इस्बोको मंगलबार बिहान मृत्यु भएको हो ।२७ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि इस्बोलाई १२ कात्तिकमा न्यूरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । निमोनियाको समस्या देखिएका उनको मंगलबार बिहान […]
१८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र जब पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विचमा विवाद उत्पन्न हुन्छ, गृहमन्त्री राम बहादुर थापा बादलबारे अनेक अड्कलबाजी सुरु हुन्छ । सचिवालय सदस्य बादल अहिले कुन गुटमा छन ? ओली कि प्रचण्ड ? माधव नेपाल गुटमा पो हो कि । […]
१८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाको चेतावनीका बाबजुद हाम्रो टिम नेपाल नामको संस्थाले मंगलबार बिहान पनि खुलामञ्चमा निःशुल्क खाना खुवाएको छ । कोरोना संक्रमणबाट जोगिन भन्दै सरकारले ७ महिना लामो लकडाउन गर्दा रोजगारी गुमाएका र गरिब तथा असहायलाई हाम्रो टिम नेपालले बिहानमा र हन्ड्रेड ग्रुप नामको संस्थाले साँझको खाना निःशुल्क खुवाउँदै आएका छन् । खुलामञ्चमा […]
१८ कात्तिक, काठमाडौं । विश्वको शक्ति राष्ट्र अमेरिकामा मंगलबार राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी उम्मेदवार जो बाइडनको बीचमा प्रतिस्पर्धा हुँदैछ । चार वर्षको कार्यकाल पूरा गरेका ट्रम्प अमेरिकालाई पुनः महान बनाउन आफूलाई जिताउनुपर्ने दाबी गरिरहेका छन् भने विपक्षी उम्मेदवार बाइडन ट्रम्प पछिल्लो चार वर्षमा गरेका कामले उनलाई थप चार […]
जिल्लाको जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको भन्ने पीडित बालिकाको उजुरीका आधारमा निज प्रहरी जवान सिंहविरुद्ध मुद्दा दर्ता […]
१८ कात्तिक, वीरगञ्ज । सरकारी कार्यालयबाट सूचना माग्दा जिल्ला प्रहरी कार्यालय पर्साले ४ घण्टा नियन्त्रणमा राखेको अभियन्ताहरुले गुनासो गरेका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सामा अनियमितता भएको आशंकामा अध्ययनका लागि सूचनाको हक अन्तगर्तत निवेदन दर्ता गराउन गएका २ जनालाई प्रहरीले ४ घण्टा हिरासतमा राखेर छोडेको हो । भिश्वा युवा क्लबका अध्यक्ष उदय कुशवाहा र […]