होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
११ मंसिर, काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले विहीबार काठमाडौं उत्रेपछि विमानस्थलमा पत्रकारहरुलाई नेपाली भाषामै प्रतिक्रिया दिए । नेपाली भाषा बोल्न सक्ने भारतीय विदेश सचिवका रुपमा उनको चर्चा पहिल्यैदेखि थियो । तर, विहीबार उनले यसको प्रमाण प्रस्तुत गरे । आफू पहिले पनि नेपाल आएको तर विदेश सचिवका रुपमा पहिलोचोटि आएको श्रृंगलाले बताए । नेपाल […]
११ मंसिर, काठमाडौं । यो वर्षको हिउँदयाम सरदरभन्दा सुक्खा हुने र जाडो पनि कम हुने आँकलन मौसमविदहरुले गरेका छन् । जाडो अवधि (डिसेम्बर, जनवरी र फेब्रुअरी महिना)मा सरदरभन्दा कम पानी पर्ने र जाडो पनि कम हुने आँकलन गरिएको हो । जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेलले अनलाइनखबरसँग भनिन्, ‘समग्रमा भन्नुपर्दा सरदरभन्दा […]
काठमाडौँ — मुलुकमा भाषाको संख्या बढेको एक अध्ययनले देखाएको छ । भाषा आयोगको अध्ययनले नेपालमा थप ८ वटा भाषा पत्ता लागेको हो । थपिएका भाषामा राना थारु, नार फु, चुम (स्यार), पोइके, सेराके (सेके), मारेक–याक्खा, नावा शेर्पा छन् । जनगणना २०६८ को तथ्यांकअनुसार मुलुकमा १ सय २३ भाषा छन् । ‘नेपालमा बोलिने केही थप भाषाहरूको […]
पोखरा : मनाङबाट प्रत्यक्ष निर्वाचित गण्डकी प्रदेश सभाका सदस्य दीपक मनाङे भनेर चिनिने राजीव गुरुङकी श्रीमती दिक्छेन लामा डाँका चोरी मुद्दामा पक्राउ परेकी छिन्। हेटौंडामा समातिएकी उनलाई प्रहरीले कास्की जिल्ला प्रहरीको हिरासतमा राखेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले दिक्छेनलाई कास्की जिल्ला अदालतबाट बुधबार ७ दिनको म्याद लिई थुनामा राखेको जानकारी दिए। उनले […]
११ मंसिर, काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका उनले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ उनले आजै राष्ट्रपति […]
नागरिक रैबार धनगढी ११ मंसिर । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले सेती लोकमार्ग अन्तरगत दक्षिणी खण्डमा निर्माण हुने सडक क्षेत्रमा पर्ने ९ हजार ६ सय ८६ रुख काट्नका लागि सरकारले अनुमति दिएको छ । मन्त्रालयले बुधबार डिभिजन वन कार्यालय कैलालीलाई परिपत्र गर्दै वन विभाग र सडक विभागबीच सो विषयमा भएको सम्झौता पत्र समेत डिभिजन […]
काठमाडौँ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष मुकुन्द रोकासहितको परिवार चढेको गाडी त्रिशुली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । प्युठानबाट बिरामी छोरी बोकेर काठमाडौँ आउँदै गरेको पिकअप भ्यान बिहीबार बिहान साढे ५ बजे त्रिशुली नदीमा खस्दा रोकाका श्रीमती र चालकको मृत्यु भएको हो […]
एजेन्सी । विश्वमा यस्ता कैयौ देशहरु छन, जो आफनो अनौठो–अनौठो कानुनलाई लिएर सधै चर्चामा आइरहन्छन् । यस्तै देशहरु मध्येको देश हो ईरान, जहाँ यस्तै–यस्तै अनौठा –अनौठा कानुन छ, जसको बारेमा जानेर मानिसहरु अचम्ममा पर्दछन् । यहाँ मानिसहरुलाई कैयौ प्रकारका प्रतिबन्धहरु लगाइएको छ, जसको बारेमा सायदै पनि तपाई जान्नुहुन्छ होला । – यो देशमा महिलाहरु स्टेडियममा […]
९ मङ्सिर, गलकोट । जिल्लाको ताराखोला गाउँपालिकामा पाँच श्ययाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ । अस्पताल सञ्चालनमा आएसँगै गाउँपालिकामा पहिलोपटक चिकित्सक पुगेका छन् । नेपाल सरकारले प्रत्येक पालिकामा अस्थायी कोरोना अस्पताल बनाउने नीतिअनुसार बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा पाँच शय्याको कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । ताराखोला गाउँपालिकाले हालै निर्माण सम्पन्न […]
११ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा ७२१ महिला र १०६९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । उनीहरुमध्ये १३६२ जनाको मृत्यु भएको छ […]
जुम्ला । जुम्लाका आठ वटै स्थानीय तहले सामुदायिक विद्यालय खोलेका छन् । नयाँ शैक्षिक सत्रसँगै हिउँदे पठनपाठनका लागि सामुदायिक विद्यालय खुलेका हुन् । कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध रहेका सामुदायिकविद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई जिम्मा दिइएपछि पठनपाठनका लागि खुला गरिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । उनले भने, “गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएकाले […]
सरकारले कोभिड विरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरि तयारी भएको बताएको छ । विश्व प्रति—जैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने वित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताएका हुन् । स्वास्थ्यमन्त्री ढकालले भ्याक्सिनको व्यवस्थापन र […]
युवाजति रोजगारीका लागि भारत तथा अन्य देश जाँदा डडेल्धुराका धेरै गाउँ सुनसान छन् । दसैँ-तिहारबाहेक अन्य समयमा गाउँघरमा वृृद्धवृृद्धा, महिला र बालबालिका मात्रै देखिन्छन् । एसईई दिएर यहाँका धेरै युवा रोजगारीको खोजीमा भारत जान्छन् । उनीहरू दसैँ-तिहारको समयमा मात्रै घर फर्किने गर्छन् । जिल्लाको अजयमेरु गाउँपालिका-३ गुनपालका भानबहादुर मल्ल पनि लामो समय भारतमा बिताएर अहिले […]
काठमाडौँ– प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले फिर्ता लिन आग्रह गरिएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालयमा पेश गरेको प्रतिवेदन कार्यकर्तामा वितरण थालिएको छ । प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले सचिवालयमा पेश गरिएको प्रतिवेदन फिर्ता लिन भनिएपनि कार्यकर्तामा वितरण गर्न थालिएको बताए । प्रचण्ड समूहले तयार पारेको प्रतिवेदन पुस्तक बनाएर कार्यकर्तामाझ वितरण […]
प्रदेश १ मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पूर्वगाविस अध्यक्ष र सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ । मोरङको पथरीस्थित तात्कालीन गाउँ विकास समितिका पूर्वअध्यक्ष तिलक बान्तवा राईको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मोरङको बूढीगंगास्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा ६६ वर्षीय राईको मंगलबार बिहान मृत्यु भएको हो । अस्पतालको आइसोलेसन प्रमुख […]
९ मंसीर, जनकपुरधाम । महोत्तरीको बर्दिबासमा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् । मंगलबार बिहान ७ बजेदेखि सुरु भएको प्रदर्शनका कारण यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहारदेखि हवाई फायरसम्म गरेको […]
धनगढी : बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । मंगलबार दिउँसो १ बजेतिर झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको ना१ज २१९६ नम्बरको जीप बुढ्ढा नजिकै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।जीपमा चालकसहित १२ जना यात्रु सवार रहेको बताइएको छ । घाइतेहरुलाई जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ […]
पाँचथर । कार्यक्रम तय गरिए पनि खराब मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः पाँचथर र इलाम उत्रिन नसकेपछि उनको स्वागत गर्न व्यग्र प्रतीक्षामा रहेका स्थानीयवासी खिन्न भएका छन् । उनीहरूले भारतसंँगको सीमाक्षेत्रमा आफूहरूले पाएका दुःखबारे प्रधानमन्त्रीलाई अवगत गराउन चाहेका थिए । तीनतीन पटक प्रयास गर्दा पनि प्रधानमन्त्री चढ्नुभएको हेलिकोप्टर कार्यक्रमस्थल पुग्न सकेन । इलामको […]
धनगढीः सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् ।उनले सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना मुक्त भएको जानकारी दिएका हुन् । मन्त्री सुवेदीलाई गत मंसिर १ गते कोरोना पुष्टि भएको थियो । आइतबार स्वाब दिएकोमा सोमबार उनीमा संक्रमण पुष्टि भएकाे उनको सचिवालयले जानकारी दिएको थियो ।उनले दिप प्रज्वलन गर्ने र स्वास्थ्य […]
धनगढीः बैतडीको झुलाघाट सीमा नाका ५ दिनका लागि खुल्ला गरिएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीका अनुसार सोमबारदेखि ५ दिनका लागि सीमा नाका खोलिएको हो । नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नेपाल–भारत सीमा नाका खोलिएको हो । भारतीय पेन्सनधारी नेपाली नागरिकको समस्यालाई ध्यानमा राखेर नाका खोलिएको उनले बताए […]