होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता लुकाएको आशंकामा हुम्ला प्रहरीले गैरकानुनी रूपमा मध्यराति पत्रकारहरूको घर खानतलासी गरेको छ । विप्लवका जिल्ला सेक्रेटरी कुम्भ बुढालाई लुकाएको आशंका गर्दै पत्रकारद्वय नरजन तामाङ र कर्णबहादुर रोकायको घर प्रहरीले खानतलासी गरेको हो । राज्यविरुद्धको अपराध अभियोगमा हुम्ला जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासबाट मंगलबार सफाइ पाएका बुढालाई प्रहरीले पुनः […]
२५ मंसिर, काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिएसँगै गत चैत ७ गतेदेखि बन्द भएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखा विहीबारदेखि खुल्ने भएको छ । नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी विहीबारदेखि चिडियाखाना खुल्न लागेको हो । चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवीप्रसाद पोखरेलका अनुसार यसअघि झैँ हरेक दिन […]
मोरङ- मोरङमा थप तीन कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ ।दुई जनाको उपचारका क्रममा अस्पतालमा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । उनीहरु झापा, मोरङ र सुनसरीका हुन् । विराटनगरको नोबेल शिक्षण अस्पतालमा सुनसरीको रामधुनी–७ का ६३ वर्षीय वृद्ध पुरुषको बिहीबार बिहान मृत्यु भएको छ ।पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि […]
काठमाडौं । यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् । प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ ।
भारतको महाराष्ट्र राज्यले बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय दिने व्यवस्था भएको कानुन भएको छ। त्यहाँको मन्त्रीपरिषद्ले सो व्यवस्थासम्बन्धी कानुनलाई पेस गर्ने मञ्जुरी दिएको छ।यसैगरी उसले एसिड आक्रमण पीडितलाई १० लाखको क्षतिपूर्ति दिने प्रावधान पनि विधयेकको मस्यौदामा समावेश गरेको छ। राज्यका गृहमन्त्री अनिल देशमुखले मन्त्रीपरिषद् बैठकपछि सरकारले बलात्कार, एसिड आक्रमण लगायतका महिलाहिंसामा दोषीलाई मृत्युदण्ड, आजीवन कारवाससँगै अत्याधिक जरिमाना […]
भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता हुने भएको छ । वाग्मती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको संयोजनमा मङ्सिर २७ गतेदेखि प्रतियोगिता शुरु गर्न लागिएको हो । प्रतियोगिताका खेल निर्माणाधीन रङ्गशालाको नमूना मैदानमा हुनेछन् । प्रतियोगितामा सहभागिता जनाउने तीन टोली घोषणा भएको छ । आयोजक वाग्मती […]
कर्णाली : जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका–७ दैलेख निवासी कमल विकको स्थानमा परीक्षा दिने सोही गाउँपालिकामा बस्ने २३ वर्षीय तिलक विक, गुराँस […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा अगामी २ दिन हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबार सुदूरपश्चिमका उच्च हिमाली भू–भागमा हिमपात हुने सम्भावना रहेको जनाएको छ। यस्तै सुदूरपश्चिम सहित देशैभर आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। हिमाली भू–भागमा हुने हिमपात र वर्षाले चिसो बढ्ने भएकाले सचेत रहन मौसवविदले सुझाव दिएका छन्।
धनगढी: अछाममा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा ४५ जनामा कोरोना पुष्टि भएको हो। प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टका अनुसार जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाका २७ जना, मंगलसेन नगरपालिकाका ९ जनामा, चौरपाटी गाउँपालिकाका २ जना, कमलबजार नगरपालिकाका १ जनामा कोरोना पुष्टी भएको छ। यस्तै साँफेबगर नगरपालिकाका २ जना, […]
धनगढीः कैलालीका २४ सहित सुदूरपश्चिमका थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबार २८१ जनाको परीक्षण गर्दा थप ५१ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप ३६ जनामा संक्रमण देखिएको जानकारी दिए। कैलालीकै गोदावरी नगरपालिका र कैलारी गाउँपालिकाका २/२ जना, त्यस्तै टीकापुर नगरपालिकाका १ […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा सरकारले प्रतिबन्ध लगाएयता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ सय बढी नेता कार्यकर्ता पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार २०७५ सालको फागुन १० गतदेखि हालसम्म गरि विप्लवका २ सय ५ जना नेता कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ परेका मध्ये २४ जनालाई अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ […]
काठमाडौँ– डिसेम्बर ९ का दिन आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।दिवसका अवसरमा विश्वभर सरकारी र नागरिक सङ्घसंस्थाको संलग्नतामा भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवद्र्धनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरिँदै आएको छ । संयुक्त राष्ट्रसङ्घको भ्रष्टाचारविरुद्धको महासन्धि सदस्य राष्ट्रहरूद्वारा अनुमोदन गर्न सन् २००३ डिसेम्बर ९ मा खुला गरिएको थियो । त्यसै वर्षदेखि […]
दार्चुला– स्थानीय सरकार गठनपछि दार्चुलाका सबै क्षेत्रमा नागरिकको स्वास्थ्य क्षेत्रमा सहज पहुँच पुगेको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलाका सबै स्थानीय तहका बस्तीमा स्वास्थ्य सेवाको सहज पहुँच पुगेको हो ।विगतमा ४१ गाविस हुँदा गाविसस्तरसम्म मात्रै स्वास्थ्य सेवाको पहुँच पुगेकामा अहिले वडा र दुर्गम क्षेत्रका बस्तीसम्म स्वास्थ्य सेवाको सहज पहुँच पुगेको स्वास्थ्य कार्यालय […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ । महाशाखाले हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी भूभागहरु र प्रदेश न २ मा […]
डडेल्धुराः चिसो बढेसँगै डडेल्धुरामा निमोनिया, रूघाखोकी तथा दमरोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ। चिसो शुरू भएयता अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढ्दै गएको हो। पहिले दैनिक ३०÷४० जना मात्र निमोनिया, रूघाखोकी तथा दमका बिरामी आउने गरेकामा हाल दैनिक ७०÷८० भन्दा बढी बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको डडेल्धुरा अस्पतालले जनाएको छ। चिसो बढेसँगै डडेल्धुरामा मौसमी रुघाखोकीलगायत […]
धनगढीः सुदुपश्चिम प्रदेश सरकारले ल्याएको छाउपडी प्रथाजन्य उन्मुलन नीति २०७६ ल्याएको छ। सो नीतिमा महिला विरुद्धका सबै प्रकारका विभेद अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरिएको छ। शिक्षा तथा जनचेतना अभिबृद्धि गरि छाउपडी प्रथाजन्य पुरातन रुढिबादी अन्धविश्वास, मान्यता, प्रचलन सोच र अभ्यासमा परिवर्तन ल्याई महिला अधिकारको संरक्षण र परिपुर्ति पुरा हुने गरि वातावरण तयार गर्ने उदेश्यले नीति […]
वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्धनबाट सञ्चालित सवारीलाई विस्थापित गरी विद्युतीय बस सञ्चालन गर्न सातवटा मार्ग तयार गरेको छ । मन्त्रालयका अनुसार प्रदेशका मुख्य शहर हेटौँडा, भरतपुर, सिन्धुलीमाढी, विदुर, धुलिखेल, काठमाडौँ उपत्यका र धादिङबेसीमा विद्युतीय सवारीसाधन सञ्चालनका लागि रुट तयार भइसकेको छ । यसका लागि मन्त्रालयले निजी क्षेत्रका व्यवसायीलाई बस सञ्चालन गर्न आग्रह गरिसकेको […]
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय नाघेको छ। सोमबार थप २० जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय १४ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सहित कोरोना संक्रमितको संख्या २ लाख […]
काठमाडौं- पछिल्लो २४ घण्टामा थप १६२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २७ हजार ४३३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २५ हजार […]
२२ मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश प्रहरीलाई भवनलगायतका विभिन्न संरचना बनाउन १० करोड रुपैयाँ दिएको छ । भवन निर्माण, पर्वतीय प्रदेश प्रहरी प्रतिष्ठान र प्रहरी तालिम केन्द्रलगायत विभिन्न संरचना निर्माणका लागि कुल ९ करोड ९३ लाख रुपैयाँ खर्च गर्ने अख्तियारी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । भवन निर्माण र पर्वतीय प्रदेश […]