होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
८ माघ, काठमाडौं । काठमाडौंको सेतो मत्स्येन्द्रनाथलाई बिहीबार महास्नान गराइँदै छ । काठमाडौंको केलटोलस्थित जन बहाः कनकचैत्य महाविहारमा बिहीबार अपराह्न स्नान गराउने तयारी रहेको तलेजुका पुजारी उद्धव कर्माचार्यले जानकारी दिए । हिन्दूहरुले हरिहरका रूपमा र बौद्धहरूले आर्यावलोकितेश्वरका रूपमा पूजा गर्ने सेतो मत्स्येन्द्रनाथलाई हरेक वर्षको पौष शुक्ल अष्टमीको दिन महास्नान गराउने चलन छ । सामान्यतया […]
हुम्ला गाउँपालिका–२ थालीमा अज्ञात रोगका कारण दैनिक १५ देखि २० कुखुरा मर्ने गरेका छन् । विगत तीन दिनदेखि अज्ञात रोगका कारण यहाँका दैनिक करीब २० वटा स्थानीय जातका (लोकल) कुखुरा मर्ने गरेको स्थानीयवासी बताउँछन् । पाँच दिन अगाडि मात्रै बाजुराको कोल्टीबाट सर्केगाड गाउँपालिका–२ उनपानी र रिप गाउँका दुई जना व्यापारीले बिक्रीका लागि १६ वटा कुखुरा […]
काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको निरन्तर सुनुवाइको पाँचौं दिन बिहीबार पनि संवैधानिक इजलासमा बहस जारी छ । निवेदकका कानुन व्यवसायी अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको प्रतिनिधिमूलक संस्था विघटन गर्ने निर्णय फिर्ता लिनुपर्ने बताएका छन् । विगतमा राष्ट्रप्रमुखले संविधानविपरीत चालेका कदमहरू फिर्ता लिएका उदाहरण प्रस्तुत गर्दै उनले राष्ट्रपति भण्डारीले पनि प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता […]
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आजदेखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई कक्षा सञ्चालन गरिएका छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण अनलाईनका माध्यमबाट कक्षा सञ्चालन हुँदै आएकोमा अबदेखि शिक्षक तथा विद्यार्थी प्रत्यक्ष रुपमा उपस्थित भई कक्षा सञ्चालन गरिएको हो । विश्वविद्यालयको माघ ५ गतेको वैठकले प्रत्यक्ष रुपमा कक्षामा उपस्थित भई कक्षा सञ्चालन गर्ने निर्णयानुसार सञ्चालन गरिएको मानवीकी तथा […]
काठमाण्डाै – भारतबाट कोरोनाविरुद्धको खोपको १० लाख डोज आज काठमाण्डौ आइपुगेको छ । केहीबेरअघि एयर इन्डियाको विमानबाट खोप काठमाण्डाै ल्याइएको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोरोनाविरुद्धको खोप हस्तान्तरण गर्नु हुनेछ । यसअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतले छिमेकी देशलाई कोरोनाविरुद्धको खोप वितरणमा सहयोग गर्ने बताउनु भएको थियो । अक्सफोर्ड र […]
काठमाडौँ । नेकपा विप्लव समूहका मोरङ जिल्ला ईन्चार्ज हातहतियारसहित पक्राउ परेका छन् । बुधबार दिउँसो २ बजे मोरङ बुढीगंगा गाउँपालिका-४ बाट संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेका ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिक पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईका अनुसार बिक मोरङ जिल्लाका उद्योगी व्यवसायीहरुलाई धम्क्याउँदै चन्दा असुल […]
काठमाडौं । कामचलाऊ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेका छन् । चुनाव गर्ने मात्र होइन, दुईतिहाई बहुमत ल्याउने, ५० लाख समानुपातिक मत प्राप्त गर्ने र प्रत्यक्षतर्फ एक्लै १६५ सीट जित्ने दाबीसमेत ओलीले गरेका छन् । प्रचण्ड– माधव समूहका नेताहरुमा चुनाव जित्ने आँट नभएको ओलीको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेलाई कार्यकाल सफलताको शुभकामनासहित बधाई दिएका छन् । बाइडेनले बुधबार ४६ औं राष्ट्रपति पदको सपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत उनलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै बधाई दिएका हुन् । प्रधानमन्त्री ओलीले दुई देशबीच पारम्पारिक रुपमा न्यानो र मैत्रीपूर्ण सम्बन्धलाई अझ् सुदृढ पार्दै सँगसँगै काम गर्न […]
नेपालमा सङ्क्रमण देखिएको एक वर्षपछि कोभिड–१९ विरुद्धको खोप नेपालीले पाउने भएका छन् ।भारत सरकारको सहयोगमा नेपालमा कोभिड–१९ विरुद्धको कोभाशिल्ड खोप १० लाख मात्रा बिहीबारदेखि आउन थालेको हो । नेपालमा कोभिड–१९ को सङ्क्रमण पहिलो पटक चीनको वुहान शहरबाट आएका एक विद्यार्थीलाई गत वर्ष माघ ९ गते देखिएको थियो । त्यसपछि चैत १० गते फ्रान्सबाट कतार हुँदै […]
७ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजालसमा बुधबार ९ जना कानुन व्यवासायीले बहस गरे । रिट निवेदकका तर्फबाट बहस गरेका उनीहरु सबैले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै त्यसलाई बदर गर्न माग गरे । अधिवक्ता देवबहादुर महरले प्रधानमन्त्री केपी शर्मा ओलीले पद जोगाउनका लागि संसद विघटनको सिफारिस गरेको जिकिर गरे । कोरोना […]
नेताहरु बोल्छन्, पत्रकारहरुले सुन्छन् । नेताहरुले सुनाउँछन्, पत्रकारहरुले सुनिदिन्छन् । नेताले बोलेका र सुनाएका कुराबाट मुलुकको राष्ट्रिय राजनीतिका गतिविधिहरु, त्यसका दशा र दिशाहरुबारे जानकारीहरु प्राप्त हुने गर्छन् । नेताले बोलेका, सुनाएका कुराहरु पत्रकारका लागि खबर, समाचार र विश्लेषणका विषयवस्तुहरु बन्ने गर्छन् र ती प्रचार प्रसार हुन्छन् । आम प्रचलन यही हो l तर, कहिलेकाहीँ यस्तो […]
काठमाडौं । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शासन गर्ने वैधानिकता सकिएको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित प्रतिनिधिसभा विघटन र संवैधानिक अन्योल विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शासन गर्ने वैधानिकता र वैधता सकिएको बताएका हुन् । नेकपाले निर्वाचनबाट प्राप्त जनादेश गुमाएको उनको भनाई छ । जनादेश […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (दाहाल–नेपाल) पक्षका नेता भीम रावलले यो मुलुक कसैको कम्पनी नभएको बताएका छन् । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा बुधबार आयोजित कार्यक्रममा बोल्दै नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओली नक्कली राष्ट्रवादको मुकुन्डो भिरेर जनतालाई भ्रममा पार्न व्यस्त रहेको आरोप लगाए । सुदूरपश्चिम प्रदेशको बोलन्या थलीबाट आफ्ना धारणा राख्दै रावलले हरेक समयमा […]
काठमाडौं: प्रहरीले आफ्ने नवजात शिशुलाई फाल्ने एक आमालाई पक्राउ गरेको छ। बुधबार काठमाडौंको महाराजगञ्जस्थित पवित्रनगरस्थित झाडीमा शिशु फाल्ने २० वर्षीया महिलालाई पक्राउ गरेको हो। महाराजगञ्ज क्षेत्रमा डेरागरी बस्ने ती अविवाहित महिला र शिशुको अहिले कान्तिबाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
धनगढी: नेकपा(प्रचण्ड–नेपाल) समूह सुदूरपश्चिमका इन्जार्च भीम रावलले अब देशको प्रधानमन्त्री केपी शर्मा ओली नरहेको बताएका छन्। बुधबार धनगढीमा बोलन्या थलीको कार्यालयमा आयोजित कार्यक्रमा उनले प्रधानमन्त्री ओली आफैले प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री पदमा बस्नु संविधान विपरित भएको टिप्पणी गरेका हुन। ‘नेपालको संविधान अनुसार प्रधानमन्त्रीको मृत्यु भएमा, राजीनामा दिएमा, अविश्वासको प्रस्ताव पारित भएमा र प्रतिनिधि सभाको […]
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ । शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त एपमा बुधबार मध्यान्ह तीन लाख ११ हजार १५३ जना प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म २७ प्रतिशतको […]
७ माघ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संसद विघटनका विषयमा दलहरुले गरिरहेका गतिविधिबाट अदालत प्रभावित नहुने बताएका छन् । संसद विघटनविरुद्धको मुद्दामा बुधबारको सुनुवाइमा रिट निवेदकले उठाएको प्रश्नमा प्रधानन्यायाधीश जबराले बाहिरको कुराले आफूहरु प्रभावित नहुने बताएका हुन् । रिट निवेदक कन्चन कृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा संसद पुनर्स्थापना हुँदैन भनिरहेको बताए । […]
एजेन्सी । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको […]
७ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकासलाई सहजीकरण गर्न जनताको अदालतमा जाने बताएका छन् । पेरिसडाँडामा आयोजित आदिवासी जनजाति महासंघ नेपालको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संविधानको मूल मर्म विपरीत संसद विघटन भएकाले जनअदालतमा जाने बताए । ‘जनताको अदालतमा गएर संवैधानिक निकायहरुलाई सहजीकरण गर्नुपर्ने अवस्थामा आइपुगेका छौं । यो दुर्भाग्यपूर्ण […]
विराटनगर — प्रदेश १ को प्रदेशसभाको बुधबार सुरु भएको हिउँदे तथा सातौं अधिवेशन २ मिनेट बसेर अनिश्चितकालका लागि स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारीले बैठक आह्वानका लागि पठाएको पत्र सुनाएलगत्तै प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । दिउँसो २ बजे ११ मिनेटमा सुरु भएको बैठक सभामुख भण्डारीले पत्र सुनाएर […]